Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

हरवा चरवा अधिकार मंच बारा गठन

spot_img
spot_img

वीरगंज । हरवा चरवा अधिकार मंच बाराको जिल्ला भेला शुक्रबार सप्पन्न भएको छ । बाराको सदरमुकाम कलैयामा सम्पन्न भेलाले माहाबिर माझिको अध्यक्षतामा १५ सदस्यीय हरवा चरवा अधिकार मंच बारा गठन गरेको छ ।

जसको उपाध्यक्षमा लक्ष्मी बिक, सचीवमा झगरु पासवान, सह-सचीवमा दलि माझी, कोषाध्यक्षमा धनमती राम र सदस्यमा राजेश पासवान, हासिम अन्सारी, हिरामती गिरि, करिशमा माझी, बन्धु राम, राकेश राम, भुलनी माझी, शन्त माझी, ललिता पासवान, दामोदर पासवान रहेका छन् ।

माहाबिर माझिको अध्यक्षतामा भएकाे भेलाकाे उद्घाटन प्रदेश सभा सदस्य एवं नेकपा एकिकृत समाजवादी प्रदेश २ का संसदीय दलका सचेतक सुन्दर बिकले गरेका थिए ।

भेलालाई सम्बाेधन गर्दै उनले अत्यन्तै पिछडिएका हरवा चरवाहरुको जीवन स्तर उकास्नका निम्ति तिनीहरुको आवश्यक मुद्दा सम्बोधन गर्न पहल गर्ने प्रतिबद्धता जाहेर गरे ।

भेलामा द फ्रिडम फनडका प्रामर्शदाता एवं कनुनी सल्लाहकार बलराम भट्टराई, हरवा चरवा अधिकार मंचका केन्द्रीय सचिव महमद काशिम अनसारी, सिरहाका अध्यक्ष श्याम सुन्दर सदा, दलित मुक्ती संगठन पर्साका अध्यक्ष सुशील हजरा, रास्ट्रिय दलित नेटवर्कका टिम लिडर हुकुम सार्की लगायतले आफ्नाे धारणसहितकाे मन्तव्य ब्यक्त गरेका थिए ।

कार्यक्रम बारे जानकारी रुपनरायन पासवानले गराएका थिए भने कार्यक्रमकाे संचालन दशरथ रामले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मित्तल–अग्रवाल विवादको नयाँ मोड : दिएको चेकमै उजुरी, अग्रवालले उठाए प्रश्न

वीरगंज । झुटा तथा किर्ते कागजात पेस गरी नेपाली नागरिकता लिएको आरोपमा विवादमा तानिएका शंकर मित्तल पछिल्लो समय पुनः विवादमा परेका छन् । उनीविरुद्ध...

एलएस हस्पिटलमा रक्तदान, १३ महिलासहित ४८ जनाले दिए रगत

वीरगंज । बाराको परवानीपुर गाउँपालिका–५, नौतनस्थित एलएस हस्पिटल एन्ड मेडिकल कलेज परिसरमा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बिरामीको उपचारका क्रममा हुने रगत अभाव...

ब्रह्मकुमारीद्वारा डुम्बरवानामा बृहत् निःशुल्क आयुर्वेदिक तथा दन्त स्वास्थ्य शिविर सम्पन्न

बारा । ब्रह्मकुमारी राजयोग सेवा केन्द्र, डुम्बरवानाको आयोजनामा शनिबार बृहत् निःशुल्क आयुर्वेदिक स्वास्थ्य तथा दन्त क्लिनिक शिविर सम्पन्न भएको छ । ब्रह्मकुमारी ममता दिदीको अध्यक्षतामा...