Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

नेपाली कांग्रेस पर्साकाे क्षेत्रिय सभापतिमा गुप्ता, सहाबुदिन र चाैहान विजयी

spot_img
spot_img

वीरगंज । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत पर्साको ४ वटै प्रतिनिधि सभा क्षेत्रमा क्षेत्रिय अधिवेशन सम्पन्न भएकाे छ । क्षेत्र नं. १, २ र ३ मा निर्वाचनबाट र क्षेत्र नं. ४ मा निर्विराेध अधिवेशन सम्पन्न भएकाे हाे ।

पर्सा क्षेत्र नम्बर १ काे सभापतिमा अरविन्द कुमार गुप्ता निर्वाचित भएका छन् । क्षेत्रिय सचिवमा विनय कुमार गुप्ता र हरिप्रसाद यादवसहित २३ सदस्यीय क्षेत्रीय कमिटी निर्वाचित भएको छ भने २४ जना महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन्।

महाधिवेशन प्रतिनिधिमा अजयकुमार द्विवेदी, अनिल रूङ्गटा, इम्तियाज आलम, राजकुमार गुप्ता, लक्ष्मीनाथ नेपाल, प्रकाश कुमार उपाध्याय, ईश्वरभक्त श्रेष्ठ, राजकृष्ण अमात्य, रामनारायण कुर्मी र राधेश्याम चौरसिया, फिरोज खाँ, प्रकाश प्रधान, मुकेश गुप्ता, कन्हैया प्रसाद, देवनाथ उपाध्याय, मिन्टुदेवी सिंह, अनामिका देवीलगायत निर्वाचित भएको क्षेत्र नम्बर १ का निर्वाचन अधिकृत प्रदीप कुमार जैसवालले जानकारी दिए ।

यस्तै, क्षेत्र नम्बर २ काे सभापतिमा महम्मद सहाबुद्दिन विजयी भएका छन् । वैकुण्ठ श्रीवास्तवलाई पराजित गर्दै सभापतिमा महम्मद सहाबुद्दिन विजयी भएका हुन्। उनको नेतृत्वमा २१ सदस्यीय क्षेत्रीय कमिटी निर्वाचित भएको छ भने १७ सदस्यीय महाधिवेशन प्रतिनिधि मण्डल निर्वाचित भएको क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत तिर्थराज यादवले जानकारी दिए ।

महाधिवेशन प्रतिनिधिमा प्रदेश सभा सदस्य राजेश्वर प्रसाद साह, पर्सागढी नगरपालिकाका मेयर लाेकनारायण यादव, बहुदरमाई नगरपालिकाका मेयर नितेन्द्र साह, जिल्ला सचिव श्याम पटेल, नेता रामरूप प्रसाद कुर्मी, राकेश सिंह, अनिल प्रसाद शर्मा, दीनाप्रसाद गुप्ता, प्रेमचन्द दुबे लगायत निर्वाचित भएका छन् ।

नेपाली कांग्रेस पर्साका पूर्व सभापति राजेन्द्र बहादुर अमात्य महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् ।

यस्तै, क्षेत्र नम्बर ३ काे सभापतिमा श्रीकिशुन चौहान निर्वाचित भएका छन् । भगवति चौधरीलाई पराजित गर्दै श्रीकिशुन चौहान विजयी भएको निर्वाचन अधिकृत छोटेलाल प्रसादले जानकारी दिए ।

क्षेत्र नम्बर ३ बाट महाधिवेशन प्रतिनिधिमा सुरेन्द्र चौधरी, ज्ञानेन्द्र मिश्र, ललन द्विवेदी, अशोक कुमार गुप्ता, दिनेश कुमार चौधरी, जनार्दनसिंह क्षेत्री, शैलेन्द्र यादव, विद्याकान्त पाण्डे, मुकेश प्रसाद कुर्मी, उमेश कुमार चौधरी, रामजनम चौधरीलगायत निर्वाचित भएका छन्।

यसअघि पर्सा क्षेत्र नम्बर ४ काे सभापतिमा श्रीकान्त यादव निर्विरोध निर्वाचित भएका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...