Date
बुध, भदौ २४, २०८३
Wed, September 9, 2026

नेपाली कांग्रेस पर्साकाे क्षेत्रिय सभापतिमा गुप्ता, सहाबुदिन र चाैहान विजयी

spot_img
spot_img

वीरगंज । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत पर्साको ४ वटै प्रतिनिधि सभा क्षेत्रमा क्षेत्रिय अधिवेशन सम्पन्न भएकाे छ । क्षेत्र नं. १, २ र ३ मा निर्वाचनबाट र क्षेत्र नं. ४ मा निर्विराेध अधिवेशन सम्पन्न भएकाे हाे ।

पर्सा क्षेत्र नम्बर १ काे सभापतिमा अरविन्द कुमार गुप्ता निर्वाचित भएका छन् । क्षेत्रिय सचिवमा विनय कुमार गुप्ता र हरिप्रसाद यादवसहित २३ सदस्यीय क्षेत्रीय कमिटी निर्वाचित भएको छ भने २४ जना महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन्।

महाधिवेशन प्रतिनिधिमा अजयकुमार द्विवेदी, अनिल रूङ्गटा, इम्तियाज आलम, राजकुमार गुप्ता, लक्ष्मीनाथ नेपाल, प्रकाश कुमार उपाध्याय, ईश्वरभक्त श्रेष्ठ, राजकृष्ण अमात्य, रामनारायण कुर्मी र राधेश्याम चौरसिया, फिरोज खाँ, प्रकाश प्रधान, मुकेश गुप्ता, कन्हैया प्रसाद, देवनाथ उपाध्याय, मिन्टुदेवी सिंह, अनामिका देवीलगायत निर्वाचित भएको क्षेत्र नम्बर १ का निर्वाचन अधिकृत प्रदीप कुमार जैसवालले जानकारी दिए ।

यस्तै, क्षेत्र नम्बर २ काे सभापतिमा महम्मद सहाबुद्दिन विजयी भएका छन् । वैकुण्ठ श्रीवास्तवलाई पराजित गर्दै सभापतिमा महम्मद सहाबुद्दिन विजयी भएका हुन्। उनको नेतृत्वमा २१ सदस्यीय क्षेत्रीय कमिटी निर्वाचित भएको छ भने १७ सदस्यीय महाधिवेशन प्रतिनिधि मण्डल निर्वाचित भएको क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत तिर्थराज यादवले जानकारी दिए ।

महाधिवेशन प्रतिनिधिमा प्रदेश सभा सदस्य राजेश्वर प्रसाद साह, पर्सागढी नगरपालिकाका मेयर लाेकनारायण यादव, बहुदरमाई नगरपालिकाका मेयर नितेन्द्र साह, जिल्ला सचिव श्याम पटेल, नेता रामरूप प्रसाद कुर्मी, राकेश सिंह, अनिल प्रसाद शर्मा, दीनाप्रसाद गुप्ता, प्रेमचन्द दुबे लगायत निर्वाचित भएका छन् ।

नेपाली कांग्रेस पर्साका पूर्व सभापति राजेन्द्र बहादुर अमात्य महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् ।

यस्तै, क्षेत्र नम्बर ३ काे सभापतिमा श्रीकिशुन चौहान निर्वाचित भएका छन् । भगवति चौधरीलाई पराजित गर्दै श्रीकिशुन चौहान विजयी भएको निर्वाचन अधिकृत छोटेलाल प्रसादले जानकारी दिए ।

क्षेत्र नम्बर ३ बाट महाधिवेशन प्रतिनिधिमा सुरेन्द्र चौधरी, ज्ञानेन्द्र मिश्र, ललन द्विवेदी, अशोक कुमार गुप्ता, दिनेश कुमार चौधरी, जनार्दनसिंह क्षेत्री, शैलेन्द्र यादव, विद्याकान्त पाण्डे, मुकेश प्रसाद कुर्मी, उमेश कुमार चौधरी, रामजनम चौधरीलगायत निर्वाचित भएका छन्।

यसअघि पर्सा क्षेत्र नम्बर ४ काे सभापतिमा श्रीकान्त यादव निर्विरोध निर्वाचित भएका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

क्यासिनोमा दुई गाउँपालिका अध्यक्ष ? यादव पक्राउ, चौधरी भने सम्पर्कविहीन

वीरगंज । वीरगंज महानगरपालिका–१४ गण्डकस्थित Golden Finger Gaming Zone Pvt. Ltd. (क्यासिनो) मा प्रहरीले छापा हानेको दिन सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवसँगै जिराभवानी गाउँपालिकाका...

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...