Date
बुध, अशोज ७, २०८३
Wed, September 23, 2026

धाेबिनी गाउँपालिकाद्वारा इप्रका लंगडीलाई कम्प्युटर सहयाेग

spot_img
spot_img

वीरगंज । पर्साकाे धाेबिनी गाउँपालिकाले ईलाका प्रहरी कार्यालय लंगडीलाई एक थान कम्पुटर सहयाेग गरेकाे छ । गाउँपालिकाले ईलाका प्रहरी कार्यालयलाई एक थान डेस्कटप कम्प्युटर, कि–बोर्ड, माउस तथा प्रिन्टर सहयाेग गरेकाे प्रमुख प्रशासकिय अधिकृत राजु साहले जानकारी दिए ।

ईलाका प्रहरी कार्यालय लंगडीमा पछिल्लो समय सेवा ग्राहीलाई सेव दिन समस्या भैइरहेको अवस्थामा गाउँपालिकाबाट सहजिकरण गरी एक थान कम्पुटर सहयाेग गरिएकाे प्रमुख प्रशासकिय अधिकृत साहले वताए ।

ईलाका प्रहरी कार्यालय लंगडीमा हस्तलेखीत मुचुलका बनाउदा समस्य हुँदै गरेको अवस्थामा कार्यपालिका सदस्यहरुको राेहबरमा कम्प्युटर हस्तान्तरण गरिएकाे गाउँपालिकाले जनाएकाे छ ।

गाउँ कार्यपालिकाकाे कार्यालय लंगडी मै इलाका प्रहरी कार्यालय लंगडीका इन्चार्जलाई प्रमुख प्रशासकिय अधिकृत राजु साह, वडा नम्बर ५ का वडा अध्यक्ष मनौवर अहमद, कार्यपालिका सदस्य दिपक सर्राफ लगायतकाले संयुक्त रुपमा कम्प्युटर हस्तान्तरण गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

ब्राउन सुगरसहित छिपहरमाईका आलम र जगरनाथपुरका पटेल पक्राउ

वीरगंज । पर्सामा १५४ ग्राम ब्राउन सुगर र ११ ग्राम ५९ मिलिग्राम अफिमजस्तो देखिने पदार्थसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । लागूऔषध खरिद–बिक्री भइरहेको...

प्रचण्ड–माधवको वीरगंज कार्यक्रम असोज १४ गतेलाई सर्‍यो

वीरगंज । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) पर्साले जिल्ला एकता समायोजन, शपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रमको मिति परिवर्तन गरेको छ । यसअघि २०८३ असोज ११ गते...

वीरगंज १२ काे कांग्रेस सभापतिमा जवाहरलाल

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वीरगंज महानगरपालिका–१२ मुर्लीको वडा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट वडा सभापतिमा जवाहरलाल प्रसाद निर्विरोध चयन हुनुभएको छ ।...