Date
बुध, भदौ २४, २०८३
Wed, September 9, 2026

घरेलु मदिरा लोड गरेकाे ट्रकसहित चालक पक्राउ

spot_img
spot_img
वीरगंज । पर्सा प्रहरीले घरेलु मदिरा लोड गरेकाे ट्रकसहित एक जनालाई पक्राउ गरेकाे छ । बा.प्र.०३-००१ क ०२९९ नम्बरको मिनी मालवाहक ट्रक र मकवानपुर भिमफेदी गाउँपालिका वडा नम्बर १ बस्ने वर्ष ३० को ट्रक चालक सुर्य बहादुर पाख्रिनलाई प्रहरीले पक्राउ गरेकाे हाे ।
 
बिहिबार दिउसाे १ बजे वीरगंज महानगरपालिकाकाे वडा नं.२१ परवानीपुर चोकमा मकवानपुरबाट तयारी घरेलु मदिरा लोड गरी वीरगञ्जतर्फ ल्याउँदै गरेको सूचना अनुसार जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले उक्त ट्रक रोकी जाँच गर्दा ट्रकभित्र तयारी घरेलु मदिरा अं.३५० लिटर फेला परेको प्रहरीले जनाएकाे छ ।
 
फेला परेकाे घरेलु मदिरासहित ट्रक र चालक पाख्रिनलाई घरेलु मदिरा सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि बिहिबार नै आन्तरिक राजश्व कार्यालय वीरगञ्जमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले जानकारी दिए ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...