Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

सांसद यादवद्वारा इटियाहीमा ढलान सडक र नाला उद्घाटन

spot_img
spot_img

वीरगंज । पर्सा क्षेत्र नं. १ का संघीय सांसद प्रदीप यादवले वीरगंजको ईटियाहीमा ढलान गरिएको सडकको उद्घाटन गरेका छन् ।

बर्षाैदेखी अलपत्र रहेको वीरगंज महानगरपालिका–२३ ईटियाहीका दलित बस्तीमा सांसद यादवको संसदीय विकास कोषको १० लाखको लागतमा बनेको ढलान सडक र नालाको शनिबार उद्घाटन गरिएको हो । निर्माण भएको ढलान सडक र नालाको उद्घाट गर्दै सांसद यादवले सडकसंगसंगै हरेक विकास निर्माणको कार्यलाई अगाडी बढाईने बताए ।

कुनै पनि गाउँको आर्थिक, समाजिक रुपान्तरणको लागि सडक र नालाको विकास अनिवार्य रहेको सांसद यादवले बताए । व्यवस्थित सडक र नाला भएसंगै स्थानीलये सडक किनारमा केही लगानी गरी आयमुलक कार्य गर्न सक्ने सांसद यादवले विश्वास व्यक्त गरे ।

व्यवस्थित सडक र पानीको निकासको लागि नाला नहुँदा ईटियाहीका दलित समुदाय बर्षाैदेखी सास्ती खेप्दै अएका थिए, तर सांसद यादवले ढलान सडक र नालाई बनाईदिएपछि बर्षाैदेखीको समस्याबाट छुटकारा भएपछि आफूहरु खुशी भएको बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जनमत पार्टीको दोस्रो महाधिवेशन असोज १० गते वीरगंजमा हुने

वीरगंज । जनमत पार्टीले आफ्नो दोस्रो महाधिवेशनको विस्तृत समयतालिका सार्वजनिक गरेको छ । पार्टीको दोस्रो महाधिवेशन आगामी २०८३ असोज १० गते शनिबार वीरगंजस्थित टाउनहलमा...

जेनजी आन्दोलनको एक वर्ष : सरकारले युवाको भावना सम्बोधन गर्न सकेन– अभियन्ता सहनी

वीरगंज । जेनजी आन्दोलन सुरु भएको एक वर्ष पूरा भएको अवसरमा जेनजी अभियन्ता कृष्ण मोहन सहनीले सरकारप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् । सहनीले एक...

जेनजी आन्दोलनको एक वर्षपछि पनि परिवर्तनको अपेक्षा अधुरै : कमन जेनजी अध्यक्ष साह

काठमाडौं । कमन जेनजी नेपालले ऐतिहासिक जेनजी आन्दोलन भएको एक वर्ष बितिसक्दासमेत देशले अपेक्षित राजनीतिक निकास पाउन नसकेको निष्कर्ष निकालेको छ । आन्दोलनपछि समाधान...