Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

नेपाली कांग्रेस प्रदेश नं. २ काे अधिवेशन सुरु

spot_img
spot_img

वीरगंज । नेपाली कांग्रेस प्रदेश नं. २ काे प्रदेश अधिवेशन बिहिबारदेखी सुरु भएकाे छ । जनकपुरधामकाे त्रृगछियामा सुरु भएकाे अधिवेशनकाे उद्घाटन भर्जुअल माध्यमबाट प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गरेका थिए ।

भर्चुअल माध्यमले नै अधिवेशन उद्घाट समाराेहलाई सम्बाेधन गर्दै प्रधानमन्त्री देउवाले निकट भविष्यमा हुने तीनै तहको निर्वाचनमा केन्द्रित हुन नेता, कार्यकर्ताहरुलाई निर्देशन दिए । उनले केही महिनाभित्रै स्थानीय तहको र एक वर्षभित्र संघ र प्रदेशको निर्वाचन हुने भन्दै पार्टीको अधिवेशनलगत्तै चुनावतर्फ केन्द्रित हुन निर्देशन समेत दिए ।

उनले पार्टीभित्रको चुनाव हुने हार, जित स्वाभाविक प्रक्रिया र लोकतान्त्रिक अभ्यास भएको भन्दै आगामी दिनमा जनताको विश्वास जित्नेगरी चुनावमा केन्द्रित हुन आग्रह गरे । 

प्रधानमन्त्री देउवाले प्रदेश अधिवेशनमा कांग्रेसलाई थप सशक्त र बलियो बनाएर जनताको मन जित्ने रणनीति बनाउने विषयमा पनि छलफल गर्न आग्रह गरे । उनले लोकतन्त्र बलियो भए मात्रै मुलुक समृद्ध हुने भन्दै विकास र समृद्धिको नेतृत्व नेपाली कांग्रेसले मात्रै गर्नसक्ने दाबी गरे ।

नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् प्रदेश नं. २ का संयाेजक रमेश रिजालकाे सभापतित्वमा भएकाे उद्घाटन समाराेहलाई नेपाली कांग्रेसका उप सभापति विमलेन्द्र निधी, केन्द्रिय सदस्य महेन्द्र यादव, आनन्द ढुंगाना, स्मृति नारायण चाैधरी लगायतकाले सम्बाेधन गरेका थिए ।

नेपाली कांग्रेसकाे १४ औं महाधिवेशन अन्तर्गत सुरु भएकाे प्रदेश अधिवेशनमा भाेली (शुक्रबार)देखी निर्वाचन प्रक्रिया सुरु हुने नेपाली कांग्रेस पर्सा क्षेत्र नं. ४ का सभापति श्रीकान्त यादवले जानकारी दिए । उनका अनुसार शुक्रबार मतदाता नमावली प्रकाशन, शनिबार मनाेनयन दर्ता र त्यसपछि मतदान हुने छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...

बाढीपीडितका लागि प्याब्सन पर्साद्वारा १५ लाख रुपैयाँ राहत सहयोग

वीरगंज । बाढीपीडित तथा प्राकृतिक विपद्बाट प्रभावित परिवारहरूको सहयोगका लागि निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) पर्साले १५ लाख रुपैयाँ राहत सहयोग गरेको...