Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

पर्साकाे क्षेत्र नं. ४ मा कांग्रेसकाे प्रदेश सभा क्षेत्रिय अधिवेशन सम्पन्न

spot_img
spot_img

वीरगंज । पर्साकाे प्रदेश सभा निर्वाचन क्षेत्र नं. ४ काे (क) र (ख) मा नेपाली कांग्रेसकाे क्षेत्रिय अधिबेशन शनिबार सम्पन्न भएकाे छ । दुबै प्रदेश सभा निर्वाचन क्षेत्रमा निर्विराेध प्रदेश समितिका पदाधिकारी र प्रदेश प्रदेश प्रतिनिधि चयन भएकाे हाे ।

प्रदेश सभा ४ (क) काे सभापतिमा जीवन कृष्ण सापकाेटा निर्विराेध निर्वाचित भएकाे नेपाली कांग्रेसकाे पर्सा जिल्ला निर्वाचन समितिले जनाएकाे छ । प्रदेश सभा क्षेत्रिय उप सभापति सुभाष कुमार यादव, जटाशंकर यादव, सचिवमा गाेपिलाल श्रेष्ठ, मुकेश महताे थारु, सह सचिवमा रामविहारी प्रसाद थारु र नरेश राउत अहिर पनि निर्विराेध निर्वाचत भएका छन् ।

प्रदेश प्रतिनिधिमा एकबाली साह कानु, अभय प्रसाद यादव, प्रधुमन कुमार गाैतम, कमल बहादुर सिलवाल, देवी प्रसाद दहाल, पन्नालाल प्रसाद विष्ट, सुरेन्द्र महताे नुनिया बसन्ती देवी, प्रदममाया श्रेष्ठ, कृष्ण माया गाेतामे, धन प्रसाद फुयाल, डबल बहादुर मगर, सत्यनारायण साह, रुनादेवी मुसहरिन, विध्यानन्द महताे र शेष नमुना आजम निर्विराेध चयन भएकाे पर्सा क्षेत्र नं. ४ का सचिव श्रीकान्त यादवले वताए । 

यस्तै, पर्सा कै प्रदेश सभा निर्वाचन क्षेत्र नं. ४ (ख) काे सभापतिमा दिपेन्द्र कुमार सिंह निर्विराेध निर्वाचित भएका छन् । प्रदेश सभा निर्वाचन क्षेत्र नं. ४ (ख) काे उप सभापतिमा रसुलाजन मियाँ तेली, मनिभुषण मिश्र, सचिवमा इमरान मियाँ, श्यामकिशाेर गिरी, सह सचिवमा लाल साहेब यादव र महन्थ कुशवाहा पनि निर्विराेध निर्वाचित भएकाे मतदान अधिकृत नन्दु कुमार यादवले जानकारी दिए ।

प्रदेश सभा निर्वाचन क्षेत्र नं. ४ (ख) बाट प्रदेश प्रतिनिधिमा किशाेर कुमार कलवार, सुरेश कुमार कुर्मी, मत्युन्जय कुमार श्रीवास्तव, बन्धु साह, भुपेन्द्र तिवारी, हिरण कुमार कुर्मी, जितेन्द्र कुमार बर्मा, रिना देवी यादव, किरण देवी, भगिया देवी, रामदयाल प्रसाद कानु, रामविश्वास महताे चाई, खुश्बुन खातुन, निता देवी झा, नवलेश राम र रजाक राउत गद्दी निर्विराेध चयन भएकाे उनले वताए ।

धाेबिनी गाउँपालिकाकाे वडा नं. ३ गुलरियामा भएकाे प्रदेश सभा क्षेत्रिय अधिवेशनमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् प्रदेश नं. २ का संयाेजक रमेश रिजाल, क्षेत्र नं. ४ का सभापति रमेश पाण्डे, महासमिति सदस्य बशिष्ठ नारायण कुर्मी, जिल्ला सचिव किशाेरी साह, जिल्ला सदस्य नविन सिंह, क्षेत्रिय सचिव बलिष्टर अहमद लगायतकाे उपस्थित रहेकाे थियाे ।

दुबै प्रदेश निर्वाचन क्षेत्रमा एक हजार ६२ जना क्रियाशिल सदस्य रहेका छन् । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...