Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

पर्साकाे क्षेत्र नं. ४ मा कांग्रेसकाे प्रदेश सभा क्षेत्रिय अधिवेशन सम्पन्न

spot_img
spot_img

वीरगंज । पर्साकाे प्रदेश सभा निर्वाचन क्षेत्र नं. ४ काे (क) र (ख) मा नेपाली कांग्रेसकाे क्षेत्रिय अधिबेशन शनिबार सम्पन्न भएकाे छ । दुबै प्रदेश सभा निर्वाचन क्षेत्रमा निर्विराेध प्रदेश समितिका पदाधिकारी र प्रदेश प्रदेश प्रतिनिधि चयन भएकाे हाे ।

प्रदेश सभा ४ (क) काे सभापतिमा जीवन कृष्ण सापकाेटा निर्विराेध निर्वाचित भएकाे नेपाली कांग्रेसकाे पर्सा जिल्ला निर्वाचन समितिले जनाएकाे छ । प्रदेश सभा क्षेत्रिय उप सभापति सुभाष कुमार यादव, जटाशंकर यादव, सचिवमा गाेपिलाल श्रेष्ठ, मुकेश महताे थारु, सह सचिवमा रामविहारी प्रसाद थारु र नरेश राउत अहिर पनि निर्विराेध निर्वाचत भएका छन् ।

प्रदेश प्रतिनिधिमा एकबाली साह कानु, अभय प्रसाद यादव, प्रधुमन कुमार गाैतम, कमल बहादुर सिलवाल, देवी प्रसाद दहाल, पन्नालाल प्रसाद विष्ट, सुरेन्द्र महताे नुनिया बसन्ती देवी, प्रदममाया श्रेष्ठ, कृष्ण माया गाेतामे, धन प्रसाद फुयाल, डबल बहादुर मगर, सत्यनारायण साह, रुनादेवी मुसहरिन, विध्यानन्द महताे र शेष नमुना आजम निर्विराेध चयन भएकाे पर्सा क्षेत्र नं. ४ का सचिव श्रीकान्त यादवले वताए । 

यस्तै, पर्सा कै प्रदेश सभा निर्वाचन क्षेत्र नं. ४ (ख) काे सभापतिमा दिपेन्द्र कुमार सिंह निर्विराेध निर्वाचित भएका छन् । प्रदेश सभा निर्वाचन क्षेत्र नं. ४ (ख) काे उप सभापतिमा रसुलाजन मियाँ तेली, मनिभुषण मिश्र, सचिवमा इमरान मियाँ, श्यामकिशाेर गिरी, सह सचिवमा लाल साहेब यादव र महन्थ कुशवाहा पनि निर्विराेध निर्वाचित भएकाे मतदान अधिकृत नन्दु कुमार यादवले जानकारी दिए ।

प्रदेश सभा निर्वाचन क्षेत्र नं. ४ (ख) बाट प्रदेश प्रतिनिधिमा किशाेर कुमार कलवार, सुरेश कुमार कुर्मी, मत्युन्जय कुमार श्रीवास्तव, बन्धु साह, भुपेन्द्र तिवारी, हिरण कुमार कुर्मी, जितेन्द्र कुमार बर्मा, रिना देवी यादव, किरण देवी, भगिया देवी, रामदयाल प्रसाद कानु, रामविश्वास महताे चाई, खुश्बुन खातुन, निता देवी झा, नवलेश राम र रजाक राउत गद्दी निर्विराेध चयन भएकाे उनले वताए ।

धाेबिनी गाउँपालिकाकाे वडा नं. ३ गुलरियामा भएकाे प्रदेश सभा क्षेत्रिय अधिवेशनमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् प्रदेश नं. २ का संयाेजक रमेश रिजाल, क्षेत्र नं. ४ का सभापति रमेश पाण्डे, महासमिति सदस्य बशिष्ठ नारायण कुर्मी, जिल्ला सचिव किशाेरी साह, जिल्ला सदस्य नविन सिंह, क्षेत्रिय सचिव बलिष्टर अहमद लगायतकाे उपस्थित रहेकाे थियाे ।

दुबै प्रदेश निर्वाचन क्षेत्रमा एक हजार ६२ जना क्रियाशिल सदस्य रहेका छन् । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...

बाढीपीडितका लागि प्याब्सन पर्साद्वारा १५ लाख रुपैयाँ राहत सहयोग

वीरगंज । बाढीपीडित तथा प्राकृतिक विपद्बाट प्रभावित परिवारहरूको सहयोगका लागि निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) पर्साले १५ लाख रुपैयाँ राहत सहयोग गरेको...

जनमत पार्टीको दोस्रो महाधिवेशन असोज १० गते वीरगंजमा हुने

वीरगंज । जनमत पार्टीले आफ्नो दोस्रो महाधिवेशनको विस्तृत समयतालिका सार्वजनिक गरेको छ । पार्टीको दोस्रो महाधिवेशन आगामी २०८३ असोज १० गते शनिबार वीरगंजस्थित टाउनहलमा...