Date
बुध, भदौ १७, २०८३
Wed, September 2, 2026

कालिकामाईकाे मुडलीमा जसपाकाे भेला सम्पन्न

spot_img
spot_img

वीरगंज । पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर १ मुडलीमा जनता समाजवादी पार्टी (जसपा) को भेला सम्पन्न भएको छ । सो अवसरमा विभिन्न पार्टी परित्याग गरि एक सय जनाले जसपामा प्रवेश गरेकाे वताइएकाे छ ।

कार्यक्रममा मुडलीबाट पारस प्रसाद चौरसियाको नेतृत्वमा २५ जना, टिन्डोबियाबाट अच्छेलाल पटेलको नेतृत्वमा २५ जना, अच्छेलाल साह कानुको नेतृत्वमा ४५ जना, खलिल गद्दीको नेतृत्वमा १० जनाले पार्टी प्रवेश गरेको जसपा पर्साका सचिव तबरेज अहमदले जानकारी दिए ।

रामाधर साह तेलीको अध्यक्षतामा भएको कार्यक्रममा नवप्रवेशीहरुलाई प्रदेश सभा सदस्य सिँहासन साह कलवार, जसपा पर्साका अध्यक्ष रामनरेश प्रसाद यादव, पोखरिया नगरपालिकाकी उपप्रमुख सलमा खातुन, मधेस प्रदेश समिति सदस्यद्वय मदन प्रसाद चौहान, गौरीशंकर साह, जसपाका गाउँपालिका अध्यक्ष दिनेश साह कलवार, वडाध्यक्ष संजय पटेल, स्थानिय नेता राधाकिशुन चौरासीया, याेगेन्द्र चाैरसिया लगायतकाकाे सहभागिता रहेकाे थियाे ।

कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरुले मधेस केन्द्रित पार्टीको रुपमा परिचित जसपामा राष्ट्रव्यापी रुपमा आकर्षण बढेको दाबी गरे । मधेसमा स्थापित भएपनि हरेक भुगोल र हरेक समुदायका साझा समस्या र आवाजहरुलाई प्रतिनीधित्व गर्ने पार्टीको रुपमा जसपा स्थापित भएको वक्ताहरुको धारणा थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बिश्रामपुरका ११ वर्षीय बालकको अपहरणपछि हत्या, १७ वर्षीय किशोर पक्राउ

बारा । बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ३ मुसहर्वाका ११ वर्षीय राजेश कुमार साहको अपहरणपछि हत्या गरिएको घटनामा एक १७ वर्षीय किशोर पक्राउ परेका...

तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त भएका छन् । नेपाल तरुण दल पर्साका अध्यक्ष बाल्मिकी यादवले साहलाई कोषाध्यक्ष पदमा नियुक्त गरेका...

अदालतको आदेश विपरित वीरगंजस्थित टेलिकम भवन भत्काइएको भन्दै टेलिकमको आपत्ति

वीरगंज । नेपाल टेलिकमले वीरगंजस्थित दूरसञ्चार कार्यालयको भवन सडक डिभिजन कार्यालय हेटौंडाले एकपक्षीय रूपमा पुनः भत्काएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ । दूरसञ्चारको स्थापना कालदेखि...