Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

पर्सामा कांग्रेसकाे पालिका अधिवेशन स्थगित, क्षेत्रिय अधिवेशन मंसिर ११ र १३ गते हुने

spot_img
spot_img

वीरग‌ंज । पर्सामा नेपाली कांग्रेसकाे गाउँ र नगरपालिका अधिबेशन स्थगित गरी प्रदेश सभा क्षेत्रिय अधिवेशन र प्रतिनिधि सभा क्षेत्रिय अधिवेशनकाे समय ताेकिएकाे छ ।

नेपाली कांग्रेसकाे पर्सा जिल्ला निर्वाचन समितिले एक सूचना जारी गर्दै प्रदेश सभा क्षेत्रिय अधिवेशन मंसिर ११ गते र प्रतिनिधि सभा क्षेत्रिय अधिवेशन मंसिर १३ गते हुने जनाएकाे छ । जिल्ला निर्वाचन अधिकृत अधिवक्ता नरेन्द्र कुमार के‍सीद्वारा हस्ताक्षरित सूचनामा केन्द्रिय समितिकाे निर्देशानुसार गाउँ/नगरपालिका अधिवेशन पछि हुने गरी हाल राेकिएकाे उल्लेख गरिएकाे छ ।

पर्सा जिल्लामा नेताहरुकाे सहमतीबाट नै प्रदेश सभा क्षेत्रिय अधिवेशन र प्रतिनिधि सभा क्षेत्रिय अधिवेशनकाे समय ताेकिएकाे निर्वाचन अधिकृत केसीकाे भनाई छ । 

प्रदेश अधिवेशन मंसिर १६ र १७ गते हुने समय ताेकिएकाेले त्यस अधि गाउँ र नगर अधिवेशन भ्याउन नसक्ने जिल्ला निर्वाचन समिति पर्साकाे ठहर छ । 

यसले नेपाली कांग्रेसको जिल्ला अधिवेशन पनि केन्द्रीय महाधिवेशनपछि मात्रै हुने सम्भावना बढेकाे छ । यस्तै, पर्सामा रहेकाे १४ वटा पालिकाको अधिवेशन पनि महाधिवेशनपछि मात्रै हुने छ । 

यसअघि कांग्रेसको १२ र १३ औं महाधिवेशनमा पनि पर्सा जिल्लाको जिल्ला अधिवेशन, केन्द्रीय महाधिवेशनपछि नै भएको थियो। अहिले १४ औं महाधिवेशनमा पनि पर्सामा नेताहरुको असक्षमता र गुटबाजीका कारण कांग्रेसको पालिका र जिल्ला अधिवेशन केन्द्रीय महाधिवेशन पछि हुने भएको हो। 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...