Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

पर्सामा कांग्रेसकाे पालिका अधिवेशन स्थगित, क्षेत्रिय अधिवेशन मंसिर ११ र १३ गते हुने

spot_img
spot_img

वीरग‌ंज । पर्सामा नेपाली कांग्रेसकाे गाउँ र नगरपालिका अधिबेशन स्थगित गरी प्रदेश सभा क्षेत्रिय अधिवेशन र प्रतिनिधि सभा क्षेत्रिय अधिवेशनकाे समय ताेकिएकाे छ ।

नेपाली कांग्रेसकाे पर्सा जिल्ला निर्वाचन समितिले एक सूचना जारी गर्दै प्रदेश सभा क्षेत्रिय अधिवेशन मंसिर ११ गते र प्रतिनिधि सभा क्षेत्रिय अधिवेशन मंसिर १३ गते हुने जनाएकाे छ । जिल्ला निर्वाचन अधिकृत अधिवक्ता नरेन्द्र कुमार के‍सीद्वारा हस्ताक्षरित सूचनामा केन्द्रिय समितिकाे निर्देशानुसार गाउँ/नगरपालिका अधिवेशन पछि हुने गरी हाल राेकिएकाे उल्लेख गरिएकाे छ ।

पर्सा जिल्लामा नेताहरुकाे सहमतीबाट नै प्रदेश सभा क्षेत्रिय अधिवेशन र प्रतिनिधि सभा क्षेत्रिय अधिवेशनकाे समय ताेकिएकाे निर्वाचन अधिकृत केसीकाे भनाई छ । 

प्रदेश अधिवेशन मंसिर १६ र १७ गते हुने समय ताेकिएकाेले त्यस अधि गाउँ र नगर अधिवेशन भ्याउन नसक्ने जिल्ला निर्वाचन समिति पर्साकाे ठहर छ । 

यसले नेपाली कांग्रेसको जिल्ला अधिवेशन पनि केन्द्रीय महाधिवेशनपछि मात्रै हुने सम्भावना बढेकाे छ । यस्तै, पर्सामा रहेकाे १४ वटा पालिकाको अधिवेशन पनि महाधिवेशनपछि मात्रै हुने छ । 

यसअघि कांग्रेसको १२ र १३ औं महाधिवेशनमा पनि पर्सा जिल्लाको जिल्ला अधिवेशन, केन्द्रीय महाधिवेशनपछि नै भएको थियो। अहिले १४ औं महाधिवेशनमा पनि पर्सामा नेताहरुको असक्षमता र गुटबाजीका कारण कांग्रेसको पालिका र जिल्ला अधिवेशन केन्द्रीय महाधिवेशन पछि हुने भएको हो। 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...

बाढीपीडितका लागि प्याब्सन पर्साद्वारा १५ लाख रुपैयाँ राहत सहयोग

वीरगंज । बाढीपीडित तथा प्राकृतिक विपद्बाट प्रभावित परिवारहरूको सहयोगका लागि निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) पर्साले १५ लाख रुपैयाँ राहत सहयोग गरेको...

जनमत पार्टीको दोस्रो महाधिवेशन असोज १० गते वीरगंजमा हुने

वीरगंज । जनमत पार्टीले आफ्नो दोस्रो महाधिवेशनको विस्तृत समयतालिका सार्वजनिक गरेको छ । पार्टीको दोस्रो महाधिवेशन आगामी २०८३ असोज १० गते शनिबार वीरगंजस्थित टाउनहलमा...