Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

अभियानकाे दाेस्राे दिन धाेबिनी र जगरनाथपुरमा सडक नाटक

spot_img
spot_img

वीरगंज । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत शुक्रबार दाेस्राे दिन पर्साकाे धाेबिनी र जगरनाथपुर गाउँपालिकामा वाल विवाह र लैङ्गिकतामा अधारित हिंसा सम्बन्धी सडक नाटक प्रस्तुत गरिएकाे छ ।

भिएसओ नेपाल र दिव्य युवा क्लबको साझेदारीमा संचालित किशोरी शसक्तिकरणको लागि शिक्षा कार्यक्रम अन्तर्गत संचालित लैङ्गिक हिंसा विरुद्धको १६ दिवसीय अन्तर्राष्ट्रिय अभियानकाे दाेस्राे दिन सडक प्रस्तुत गरिएकाे परियोजना संयोजक गणेश ठकुरीले जानकारी दिए ।

“घरैवाट शुरु गरौं, महिला हिंसा अन्त्य गरौं” भन्ने मुल नाराको साथ महिला हिंसा विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा वाल विवाह र लैङ्गिकतामा अधारित हिंसा सम्बन्धी सडक नाटक सम्पन्न भएकाे हाे । समुदायमा वालविवाह र लैङ्गिक हिंसालाई न्युनिकरणका लागी यस्ता कार्यक्रमले सहयोग पुग्ने परियाेजना संयाेजक ठकुरीले वताए । 

धोविनी गाउँपालिका वडा नं. ४ लंगडीमा र जगरनाथपुर गाउँपालिकाकाे वडा नं. ४ जगरनाथपुर गरी दुई स्थानमा भएकाे सडक नाटकमा किशोरी शसक्तिकरणको लागि शिक्षा कार्यक्रम अन्तर्गतका ठुली दिदी र सानी बहिनीहरुले अभिनय गरेका थिए ।

सडक नाटकमा गाउँपालिकाका प्रतिनिधि, बुद्धस्जिवी, नागरिक समाज, शिक्षक, विभिन्न संजालका सदस्यहरु, अभिभावकहरु, किशोरीहरुका साथै सर्ब साधरणहरुको बाक्लो उपस्थिति रहेको थियो ।  

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भन्सारबाट सस्तोमा सामान दिलाइदिने भन्दै ठगी गर्ने प्रविण साह पक्राउ

वीरगंज । वीरगंज भन्सारबाट लिलाम हुने सवारीसाधन तथा घरायसी सामान सस्तो मूल्यमा दिलाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले एक जना बिचौलियालाई पक्राउ...

कांग्रेसको सहमहामन्त्रीमा अजय चौरसिया विजयी

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साका नेता अजयकुमार चौरसिया मधेसीतर्फको सहमहामन्त्री पदमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी महेन्द्र यादवलाई २३४ मतले पराजित...

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, फेरि काजीको बिहेको चर्चा

वीरगंज । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर सार्वजनिक भएसँगै प्रेम र विवाहमा पटक–पटक असफल...