Date
बुध, अशोज ७, २०८३
Wed, September 23, 2026

धाेबिनी गापाकाे विद्यालयमा दिवा खाजा सुरु, ५० प्रतिशत अनुदानमा गहुँकाे बीउ वितरण

spot_img
spot_img

वीरगंज ।  पर्साको धोबिनी गाउँपालिकाका सामुदायीक विद्यालयहरुमा रोकिएको दिवा खाजा कार्यक्रम पुनः सुरु भएको छ । चालू आर्थिक वर्ष २०७७/०७८ को साउन महिनादेखि रोकिएको दिवा खाजा मंसिर ७ गतेदेखि पुनः सञ्चालनमा आएको हो ।

धोबीनी गाउँपालिकाले कार्तिक महिनामा दिवा खाजा बराबरको रकम निकासा गरेपछि त्याहाँस्थित १७ वटा सामुदायीक विद्यालयहरुमा दिवा खाजा पुनः सुरु गरेका हुन् ।

गाउँपालिकाकाे वडा नम्बर १ स्थित श्री नेपाल राष्ट्रिय माद्यामिक विद्यालय भिखमपुर पिपरामा पुगेर प्रमुख प्रशासकीय अधिकृत राजु साहले दिवा खाजा कार्यन्वयन भए/नभएको बारेमा अनुगमन गरेका छन् ।

गरिब, जेहेन्दार एवम् दलित परिवारका बालबालिकाहरुको विद्यालयसम्म पहुँच बढाउने अभिप्रायले सरकारले लागु गरेको दिवा खाजा कार्यक्रम प्रभावकारी देखिएको छ । दिवा खाजाकै परिणामस्वरुप विद्यालयमा विद्यार्थीहरुको संख्या पनि बढेको प्रमुख प्रशासकिय अधिकृत साहले बताए । 

विद्यालयमा भर्ना भएपनि विद्यालयभन्दा बाहिर रहेका बालबालिकाहरुलाई पनि पुनः विद्यालय फर्काउन पहल भइरहेको विद्यालयका प्रधानाध्यापक विनय कुमार कुर्मीले वताए । दिवा खाजाको प्रभावकारीता सम्बन्धी गाउँपालिका भित्रका हरेक सामुदायीक विद्यालयहरुमा अनुगमन गर्ने प्रमुख प्रशासकिय अधिकृत साहको भनाई छ ।

अुनगमनकै क्रममा महिनावारी आएकाे बेला छात्राहरु विद्यालय आउन नसक्ने अवस्थालाई मध्यनजर गर्दै विद्यालयलाई ८ हजार पिस सेनेटरी प्याडसमेत हस्तान्तरण गरिएको छ ।

सो अवसरमा विद्यार्थीहरुले शिक्षक अभावका कारण विज्ञान विषयको पठनपाठन प्रभावित भएको गुनासो गरेका थिए । विद्यार्थीहरुको गुनासोलाई सम्बोधन गर्दै प्रमुख प्रशासकिय अधिकृत साहले समस्या समाधानका लागि पहल गरेर शिक्षक परिपुर्ती गर्ने प्रतिबद्धता जनाएका छन् । 

५० प्रतिशत अनुदानमा गहुँकाे बीउ वितरणनेपाल सरकारको ५० प्रतिशत अनुदानमा धोबीनी गाँउपालिकाकाे वडा नं. ५ मा गहुँकाे बीउ वितरण गरिएकाे छ । रु. ७० मा प्रति के.जी. पर्ने उन्नत जात (बिजय) गहुँको बीउ खरिद गरी वडा अन्तर्गतका किसानहरुलाई रु. ३५ प्रति के.जी. मा बितरण गरिएकाे गाउँपालिकाले जनाएकाे छ ।

प्रमुख प्रशासकिय अधिकृत राजु साह र वडा अध्यक्ष मनौवर अहमदकाे उपस्थितीमा कृषी शाखा मार्फत शुक्रबार विहान गँहुकाे बीउ वितरण गरिएकाे गाउँपालिकाका याेजना शाखा प्रमुख पप्पु पटेलले जानकारी दिए ।
 
यस्तै, गाउँपालिका अन्तर्गतका ५ वटै वडाका किसानहरुले बिउ वितरण भइरहेकै ठाउँबाट बिउ पाउनु सक्ने गाउँपालिकाले जनाएकाे छ ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

ब्राउन सुगरसहित छिपहरमाईका आलम र जगरनाथपुरका पटेल पक्राउ

वीरगंज । पर्सामा १५४ ग्राम ब्राउन सुगर र ११ ग्राम ५९ मिलिग्राम अफिमजस्तो देखिने पदार्थसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । लागूऔषध खरिद–बिक्री भइरहेको...

प्रचण्ड–माधवको वीरगंज कार्यक्रम असोज १४ गतेलाई सर्‍यो

वीरगंज । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) पर्साले जिल्ला एकता समायोजन, शपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रमको मिति परिवर्तन गरेको छ । यसअघि २०८३ असोज ११ गते...

वीरगंज १२ काे कांग्रेस सभापतिमा जवाहरलाल

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वीरगंज महानगरपालिका–१२ मुर्लीको वडा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट वडा सभापतिमा जवाहरलाल प्रसाद निर्विरोध चयन हुनुभएको छ ।...