Date
आइत, अशोज १८, २०८३
Sun, October 4, 2026

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु

spot_img
spot_img

वीरगंज । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान बहिबारदेखी सुरु भएको छ । लैगिंक हिंसा बिरूद्वकाे १६ दिने अन्तर्राष्ट्रिय अभियानकाे पहिलाे दिन वीरगन्ज महानगरपालिकाकाे सहकार्यमा वीरगंजकाे घंटाघरबाट र्‍याली निकालिएकाे दिव्य युवा क्लबले जनाएकाे छ ।

र्‍याली सम्पन्न पश्चात वीरगंजकाे घंटाघरमा दिव्य युवा क्लबद्वारा संचालित किशाेरी सशक्तीकरणकाे लागि शिक्षा कार्यक्रम अन्तर्गतका सानी बहिनीहरूबाट तयार गरियाे बालबिबाह तथा दाईजाे आपराध सम्बन्धि जनचेतनामुलक सडक नाटक प्रदर्शन गरिएकाे थियाे ।

वीरगंज महानगरपालिकाकी उप प्रमुख शान्ति कार्कीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, वीरगंज महानगरपालिका निमित प्रमुख प्रशासकिय अधिकृत अरूण कुमार महताे, दिब्य युवा क्लब, पर्साका कार्यकारी निर्देशक रामाकान्त प्रसाद कुर्मीले लैगिं हिंसा बिरूद्ध आ- आफ्नाे मन्तब्य राखेका थिए ।

र्‍यालीमा सामाजिक संस्था जिल्ला समन्वय समिति पर्सा, भिएसाे नेपाल पर्सा, माइती नेपाल, आफन्त नेपाल, सानाे पाइला, आवर संसार लगायतका गैर सरकारी संस्थाहरुकाे पनि सहभागिता रहेकाे थियाे ।

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानकाे यस वर्षको नारा ‘घरैबाट सुरू गरौँ, महिला हिंसा अन्त्य गरौँ’ भन्ने तय गरिएको छ । यो दिवस हरेक वर्ष नोभेम्बर २५ तारिखदेखि डिसेम्बर १० तारिखसम्म विश्वभर मनाउने गरिन्छ ।

संयुक्त राष्ट्रसङ्घको सन् १९९९ को महासभाले नोभेम्बर २५ तारिखलाई महिला हिंसाविरुद्धको दिवसका रुपमा मनाउने निर्णय गरेपछि अभियानकै रुपमा विश्वभर यो दिवस मनाउन थालिएको हो । नेपालमा भने २०५४ सालदेखि दिवस मनाउन थालिएको हो ।

महिला तथा बालबालिकाको मानव अधिकारको संरक्षण गर्न, उनीहरुको सम्मानपूर्वक बाँच्न पाउने हक अधिकार सुनिश्चित गर्न र परिवर्तित सन्दर्भमा जननिर्वाचित संस्थाहरुमा महिलाहरुको उल्लेख्य सहभागितासहित राजनीतिमा महिलाको सशक्तिकरणलाई तीव्रता गराउन यो अभियान हुने गरेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मितेरी पुलबाट ११ किलोभन्दा बढी चरेस बरामद, वीरगञ्जका एक पक्राउ

वीरगञ्ज । वीरगञ्ज–रक्सौल जोड्ने ऐतिहासिक मितेरी पुलबाट ११ किलोभन्दा बढी अवैध लागूऔषध चरेससहित एक नेपाली नागरिक पक्राउ परेका छन्। भारततर्फ ठूलो परिमाणमा लागूऔषध ओसारपसार भइरहेको...

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित गरिने बताउनुभएको छ । आज सामाजिक सञ्जालमार्फत उहाँले हरेक नागरिकको आवासको अधिकार सुनिश्चित...

दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु

जनकपुरधाम । मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामै विभिन्न विपद्का ४५९ घटना भएका छन् । ती घटनामा परी ९२ जनाको मृत्यु...