Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

नेपाली कांग्रेस परवानीपुर गापाको सभापतिमा यादव निर्वाचित

spot_img
spot_img

परवानीपुर । नेपाली कांग्रेस परवानीपुर गाउँपालिकाको सभापतिमा पुनदेव प्रसाद यादव निर्विराेध निर्वाचित भएका छन् । नेपाली कांग्रेसकाे १४ औं महाधीवेशन अन्तर्गत बिहिबार सम्पन्न गाउँपालिका अधिबेशनमा यादवकाे सभापतित्वमा ३२ सदस्यीय गाउँपालिका समिति समिति निर्विराेध निर्वाचित भएका छन् ।

गाउँपालिकाकाे उप सभापतिमा श्यमबाबु पटेल (लोहा सिंह), लालबाबु साह तेली, सचिवमा रामनाथ महतो, सह सचिवमा विनोद प्रसाद कुशवाहा, दीपक कुमार साह, सदस्यमा प्रधुमन् प्रसाद यादव, गौतम प्रसाद कुर्मी, सुरेन्द्र प्रसाद, मोहनलाल दास, रामचन्द्र हजरा लगायतका सदस्यहरू निर्वाचित भएका छन् ।

निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई मतदान अधिकृत दिनेश प्रसाद जैसवालले निर्वाचित भएको प्रमाण पत्र प्रदान गरेका थिए ।

गाउँपालिकाको वडा नं २ रामपुरमा भएकाे अधिबेसनमा क्षेत्र नं ४ का क्षेत्रीय सभापति सुनिल प्रसाद गुप्ता, पार्टीका नेता विजय गुप्ता, लालबाबु प्रसाद यादव, महाधिवेशन प्रतिनिधि जगदीश साह कानु, वडा नं ५ का वडा सभापति प्रभु पटेल, वडा अध्यक्ष इश्वरी साह, युवा नेता हरिओम पटेल, सदिक देवान, अनिल शाह, इलाका प्रहरी कार्यालय प्रसौनिका इन्चार्ज विन्देश्वर यादव, शसस्त्र प्रहरी जितपुर एरिया इन्चार्ज भीम खनाल, राष्ट्रिय अनुसन्धान बाराका तनु दास, पाच वटै वडाका वडा सभापतिहरु, पार्टीका क्रियाशील सदस्यहरु लगायतहरुको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...

बाढीपीडितका लागि प्याब्सन पर्साद्वारा १५ लाख रुपैयाँ राहत सहयोग

वीरगंज । बाढीपीडित तथा प्राकृतिक विपद्बाट प्रभावित परिवारहरूको सहयोगका लागि निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) पर्साले १५ लाख रुपैयाँ राहत सहयोग गरेको...

जनमत पार्टीको दोस्रो महाधिवेशन असोज १० गते वीरगंजमा हुने

वीरगंज । जनमत पार्टीले आफ्नो दोस्रो महाधिवेशनको विस्तृत समयतालिका सार्वजनिक गरेको छ । पार्टीको दोस्रो महाधिवेशन आगामी २०८३ असोज १० गते शनिबार वीरगंजस्थित टाउनहलमा...