Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

नेपाली कांग्रेस परवानीपुर गापाको सभापतिमा यादव निर्वाचित

spot_img
spot_img

परवानीपुर । नेपाली कांग्रेस परवानीपुर गाउँपालिकाको सभापतिमा पुनदेव प्रसाद यादव निर्विराेध निर्वाचित भएका छन् । नेपाली कांग्रेसकाे १४ औं महाधीवेशन अन्तर्गत बिहिबार सम्पन्न गाउँपालिका अधिबेशनमा यादवकाे सभापतित्वमा ३२ सदस्यीय गाउँपालिका समिति समिति निर्विराेध निर्वाचित भएका छन् ।

गाउँपालिकाकाे उप सभापतिमा श्यमबाबु पटेल (लोहा सिंह), लालबाबु साह तेली, सचिवमा रामनाथ महतो, सह सचिवमा विनोद प्रसाद कुशवाहा, दीपक कुमार साह, सदस्यमा प्रधुमन् प्रसाद यादव, गौतम प्रसाद कुर्मी, सुरेन्द्र प्रसाद, मोहनलाल दास, रामचन्द्र हजरा लगायतका सदस्यहरू निर्वाचित भएका छन् ।

निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई मतदान अधिकृत दिनेश प्रसाद जैसवालले निर्वाचित भएको प्रमाण पत्र प्रदान गरेका थिए ।

गाउँपालिकाको वडा नं २ रामपुरमा भएकाे अधिबेसनमा क्षेत्र नं ४ का क्षेत्रीय सभापति सुनिल प्रसाद गुप्ता, पार्टीका नेता विजय गुप्ता, लालबाबु प्रसाद यादव, महाधिवेशन प्रतिनिधि जगदीश साह कानु, वडा नं ५ का वडा सभापति प्रभु पटेल, वडा अध्यक्ष इश्वरी साह, युवा नेता हरिओम पटेल, सदिक देवान, अनिल शाह, इलाका प्रहरी कार्यालय प्रसौनिका इन्चार्ज विन्देश्वर यादव, शसस्त्र प्रहरी जितपुर एरिया इन्चार्ज भीम खनाल, राष्ट्रिय अनुसन्धान बाराका तनु दास, पाच वटै वडाका वडा सभापतिहरु, पार्टीका क्रियाशील सदस्यहरु लगायतहरुको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...