Date
बिहि, जेष्ठ २८, २०८३
Thu, June 11, 2026

वीरगंज नाकाबाट ट्रकमा लागु औषधकाे तस्करी, दुई ट्रकसहित चार जना पक्राउ

spot_img
spot_img

वीरगंज । वीरगंज नाकाबाट ट्रकमा लागु औषधकाे तस्करी भइरहेकाे पाइएकाे छ । दुई वटा ट्रककाे चालक बस्ने सिटमुनि बोरा भित्र लुकाइछिपाई ल्याएको लागु औषधसहित प्रहरीले बुधबार राती ४ जनालाई नियन्त्रणमा लिएकाे छ ।

प्रहरीले वीरगंजकाे ड्राईपोर्टबाट परवानीपुरतर्फ जाँदै गरेका बा.३ ख ८८०८ नम्बरको मिनी ट्रकमाथि शंका लागी रोकी रीतपूर्वक खानतलासी गर्दा उक्त गाडीको चालक बस्ने सिटमुनि बोराभित्र लुकाइछिपाई ल्याएको लागु औषध कोरेक्स ५४ बोत्तल र सोही समयमा ना.५ ख ६८७७ नम्बरको ट्रकलाई रोकी जाँच गर्दा चालक बस्ने सिटमुनि बोराभित्र लुकाइछिपाई ल्याएको लागु औषध कोरेक्स २२३ बोत्तल गरी जम्मा २७७ बोतल फेला परेकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

ट्रक र बरामद लागु औषधसहित प्रहरीले मकवानपुर जिल्लाकाे मनहरी गाउँपालिका वडा नं. ७ का ३५ बर्षिय अनुप बर्ताैला, हेटाैडा उपमहानगरपालिका वडा नं. ७ का ४५ बर्षिय राजु बस्नेत, हेटाैडा उपमहानगरपालिका वडा नं. ६ निवासी ३१ बर्षिय प्रमाेद श्रेष्ठ र झापा जिल्ला मेची नगरपालिका वडा नं. १ का ५० बर्षिय गाेपाल थापालाई प्रहरीले नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले जानकारी दिए ।  

प्राप्त सूचना अनुसार जिल्ला प्रहरी कार्यालयबाट खटिएकाे चेकिङग टोलीले वीरगञ्ज महानगरपालिकाकाे वडा नं. २५ बहुअरी सडकखण्डबाट लागु औषधसहित ट्रक र चार जनालाई नियन्त्रणमा लिई लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको उनले जानकारी गराए ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सिर्सिया नदी प्रदूषणमा उद्योग मन्त्रालयको चासो, मापदण्ड उल्लंघन गर्नेलाई कडा कारबाहीको चेतावनी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले वीरगंजस्थित सिर्सिया नदी करिडोर क्षेत्रमा सञ्चालित उद्योगहरूबाट फोहोर पानी प्रशोधन नगरी वा मापदण्डविपरीत नदी तथा खोलामा सिधै...

पर्सागढीमा किशोरी लक्षित शिक्षा तथा आत्मनिर्भरता कार्यक्रमको संयुक्त अनुगमन

सेढवा । क्याप्टिभेटिङ इन्टरनेशनल फाउन्डेसन (सीआईएफ) को सहयोग तथा आसमान नेपालको आयोजनामा सञ्चालित शिक्षा, स्वास्थ्य तथा आत्मनिर्भरता कार्यक्रम (४) अन्तर्गत पर्साको पर्सागढी नगरपालिकामा संयुक्त...

मधेशमै सबैभन्दा कम बेरुजु हुने पालिका बन्यो परवानीपुर गाउँपालिका

वीरगंज । महालेखापरीक्षकको कार्यालयद्वारा सार्वजनिक गरिएको ६३औँ वार्षिक प्रतिवेदन २०८३ अनुसार पर्साको परवानीपुर गाउँपालिका मधेश प्रदेशकै सबैभन्दा कम बेरुजु हुने स्थानीय तह बनेको छ...