Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

वीरगंज नाकाबाट ट्रकमा लागु औषधकाे तस्करी, दुई ट्रकसहित चार जना पक्राउ

spot_img
spot_img

वीरगंज । वीरगंज नाकाबाट ट्रकमा लागु औषधकाे तस्करी भइरहेकाे पाइएकाे छ । दुई वटा ट्रककाे चालक बस्ने सिटमुनि बोरा भित्र लुकाइछिपाई ल्याएको लागु औषधसहित प्रहरीले बुधबार राती ४ जनालाई नियन्त्रणमा लिएकाे छ ।

प्रहरीले वीरगंजकाे ड्राईपोर्टबाट परवानीपुरतर्फ जाँदै गरेका बा.३ ख ८८०८ नम्बरको मिनी ट्रकमाथि शंका लागी रोकी रीतपूर्वक खानतलासी गर्दा उक्त गाडीको चालक बस्ने सिटमुनि बोराभित्र लुकाइछिपाई ल्याएको लागु औषध कोरेक्स ५४ बोत्तल र सोही समयमा ना.५ ख ६८७७ नम्बरको ट्रकलाई रोकी जाँच गर्दा चालक बस्ने सिटमुनि बोराभित्र लुकाइछिपाई ल्याएको लागु औषध कोरेक्स २२३ बोत्तल गरी जम्मा २७७ बोतल फेला परेकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

ट्रक र बरामद लागु औषधसहित प्रहरीले मकवानपुर जिल्लाकाे मनहरी गाउँपालिका वडा नं. ७ का ३५ बर्षिय अनुप बर्ताैला, हेटाैडा उपमहानगरपालिका वडा नं. ७ का ४५ बर्षिय राजु बस्नेत, हेटाैडा उपमहानगरपालिका वडा नं. ६ निवासी ३१ बर्षिय प्रमाेद श्रेष्ठ र झापा जिल्ला मेची नगरपालिका वडा नं. १ का ५० बर्षिय गाेपाल थापालाई प्रहरीले नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले जानकारी दिए ।  

प्राप्त सूचना अनुसार जिल्ला प्रहरी कार्यालयबाट खटिएकाे चेकिङग टोलीले वीरगञ्ज महानगरपालिकाकाे वडा नं. २५ बहुअरी सडकखण्डबाट लागु औषधसहित ट्रक र चार जनालाई नियन्त्रणमा लिई लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको उनले जानकारी गराए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...