Date
शुक्र, भदौ १२, २०८३
Fri, August 28, 2026

आमाको माया छात्रावासमा लागु औषध सम्बन्धि प्रशिक्षण 

spot_img
spot_img
वीरगंज । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आमाकाे मायाँ छात्रावास वीरगंजमा लागु औषध, मादक पर्दाथ तथा सुर्तीजन्य पर्दार्थको नकारात्मक असर सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।
 
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा कुम्हालटोल वीरगंजकाे आयोजनामा आमाको माया छात्रावासमा रहेका विद्यार्थीहरुलाई प्रोजेक्टरकाे माध्यबाट जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरिक्षक दिपेन्द्र श्रेष्ठले प्रशिक्षण दिएका थिए ।
 
प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथि वीरगंज महानगरपालिकाकाे वडा न.५ का अध्यक्ष प्रदिप चौरसियाले लागु औषधबाट हुने हानि नोक्सानी र भबिस्यमा विभिन्न रोग लाग्ने र कानुनी कारवाही समेत हुने हुँदा यसबाट टाडै रहन आग्रह गरेका थिए ।
 
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा कुम्हालटोलका अध्यक्ष रमेश कुमार चौधरीको सभापतित्वमा भएकाे कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक श्रेष्ठ, युवराज केशरी, श्याम केसि, मार्टिन मुक्तान, लालबाबु सिंह, सन्जु दाहाल, ईन्दिरा पोखरेल, प्रहरी चौकि आदर्शनगरका प्रहरी नायब निरीक्षक गौरि शंकर साह, आमाको माया छात्राबासका रुपेश हास्दा, महेस्वर हास्दा लगायतकाे सहभागिता रहेकाे थियाे ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रसुवा–भोटेकोशी बाढी : १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

काठमाडौं । रसुवा, भोटेकोशी तथा त्रिशूली करिडोरमा बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहतका लागि सरकारले १५ हजार ४३१ सुरक्षाकर्मी परिचालन गरेको जनाएको छ...

मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका नेता सुजित पाण्डेको निधन

कलैया । बाराको कलैया उपमहानगरपालिका–१४, लक्ष्मिनिया चोकमा मोटरसाइकल दुर्घटना हुँदा जनमत पार्टीका केन्द्रीय सदस्य सुजित पाण्डेको मृत्यु भएको छ । मृत्यु हुनेमा कलैया उपमहानगरपालिका–१४...

भोटेकोशी बाढीपीडितका लागि लायन्स इन्टरनेशनलद्वारा एक करोड सहयोग गर्ने निर्णय

वीरगंज । रसुवाको भोटेकोशी तथा ल्हेन्दे खोलामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि लायन्स इन्टरनेशनल मल्टिपल डिष्ट्रिक्ट ३२५, नेपालले १ करोड...