Date
आइत, भदौ १४, २०८३
Sun, August 30, 2026

हरवा चरवा अधिकार मंच द्वरा २४ पालिकालाइ ज्ञापन

spot_img
spot_img

वीरगंज । रास्ट्रिय दलित नेटवोर्कको सहजीकरणमा गठित हरवा चरवा अधिकार मंचले एकै दिन प्रदेश न. २ का ६ जिल्लाका २४ वटा पालिकाहरुमा विभिन्न माग राखी ज्ञापन पत्र बुझएको छ ।

प्रदेश न.२ का पर्सा, बारा, रौतहट, धनुषा, सिरहा र सप्तरीका २४ पालिकाहरुमा हरवा चरवा अधिकार मंचका पालिका समितीहरुले बाध्यकारी बधुवा श्रममा अधारित एउटा शोषणमुलक दास प्रथाको रुपमा रहेको हरवा चरवा प्रथा अन्तय गर्न माग गर्दै ज्ञापन पत्र बुझएको हो ।

उक्त समितिहरुद्वारा बिभिन्न पालिकाहरुमा पेश गरिएको ज्ञापन पत्रमा दास प्रथाको अवशेषको रुपमा रहेको कृषी बधुवा श्रमिकहरु हरवा चरवाहरुको नागरिकता, जन्मदर्ता, समाजिक सुरक्षा भता लगायतका सवालहरुलाइ सहज ढंगले सम्बोधन गर्न माग गरिएको छ । हरवा चरवाहरुको पहिचान,  प्रमाणिकरन र परिचयपत्र बितरण गरियोस साथै हरवा चरवाहरु भुमिहिन भएकोले भुमी माथी उनिहरुको स्वामित्व कायम गरियोस भनी ज्ञापन पत्रमा उल्लेख छ ।

हाल स्थानिय सरकारहरुबाट नै सम्बोधन हुन सक्ने खालका विभिन्न मागहरु जस्तै हरवा चरवाहरुको आय आर्जन प्रबर्द्धन गर्नका लागि जिउकोपर्जन सीप बिकास तालीमहरुमा समेत उनीहरुको पहुच कायम गरियोस भने मागहरू ज्ञापन पत्र मार्फत प्रस्तुत गरिएको रास्ट्रिय दलित नेटवोर्कका जनवकालत अधिकारी रुपनरायन पासवानले बताए ।

सदियो देखि हरवा चरवा प्रथा बाट प्रताडित भइ सामाजिक , आर्थिक , राजनितीक र शैक्षिक दृस्ठिले पिछाडि परेकाहरु लाई राज्यको मुलधारमा ल्याउनु राज्यको प्रमुख दाइत्व भएकोले हम्रा मागहरू अबिलम्ब सम्बोधन हुनु पर्ने हरवा चरवा अधिकार मंच बिरगंजका अध्यक्ष जयप्रकाश माझिले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’ : प्रजिअ गणेश अर्याल

नारायणगढ (चितवन) ।  भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी नदी किनारमा भेटिएका शवको व्यवस्थापनका सन्दर्भमा चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अहिले...

अहिलेको प्राथमिकता उद्धारसँगै शव सङ्कलन गर्नु होः सञ्चारमन्त्री डा तिमिल्सिना

नुवाकोट । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाढी प्रभावित क्षेत्रमा उद्धारसँगै शव सङ्कलन हाल सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा...

भोटेकोशी बाढीः मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा

जनकपुरधाम ।  रसुवाको भोटेकोशीमा गएको बाढीमा हराइरहेकामध्ये मधेस प्रदेशका ३० जना परिवारको सम्पर्कमा आएका छन् । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता एवं वरिष्ठ प्रहरी...