Date
मङ्ल, भदौ २, २०८३
Tue, August 18, 2026

प्रेस सन्टर पर्साकाे अध्यक्षमा दिपक गाैतम

spot_img
spot_img

वीरगंज । नेकपा माओवादी केन्द्र निकट पत्रकार संगठन प्रेस सेन्टर नेपाल पर्साकाे पांचाै जिल्ला सम्मेलन मंगलबार वीरगंजमा सम्पन्न भएकाे छ । वीरगंजकाे लिंक राेडस्थित हाेटल कुमु प्यालेसमा भएकाे सम्मेलनले दिपक गौतमकाे अध्यक्षतामा नयाँ कार्य समिति सर्वसहमत चयन गरेकाे छ ।

गौतमको अध्यक्षतामा गठित १७ सदस्यीय जिल्ला कमिटीको उपाध्यक्षमा सोनाम गौतम, कृष्णमोहन साह, सचिवमा शिवनाथ यादव, सह सचिवमा राम मण्डल, कोषाध्यक्षमा सुमन खरेल रहेका छन् ।

त्यस्तैगरी सदस्यमा समिना रञ्जितकार, मेघराज राय, अनिल साह, प्रणय साह, सनम श्रेष्ठ, माधव तिमिल्सिना, दिगम्बर थापा, अजित भूजेल, सब्दर हुसैन, रितेन्द्र झा चयन भएका छन् । एक सहसचिव र एक सदस्य पछि चयन गर्ने गरी रिक्त राखिएको सम्मेलनकाे उद्घाटन सत्रका प्रमुख अतिथि तथा बन्द सत्रको अध्यक्षता गरेका प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य गोबिन्द देवकोटाले जानकारी दिए ।

सम्मेलनमा जगरनाथपुर गाउँपालिकाका अध्यक्ष एवम् माओवादी केन्द्रका सल्लाहकार जालिम मियाँ, माओवादी केन्द्रका वीरगञ्ज महानगर ईन्चार्ज बाबुराम कौशिक, वीरगञ्ज महानगर अध्यक्ष रहबर अन्सारी लगायतले नवगठित प्रेस सेन्टर नेपाल पर्साकाे जिल्ला अध्यक्षमा चयन भएका गौतमसहित सम्पूणर् कार्य समितिका पदाधिकारी एंव सदस्यहरुलाई खादा ओढाई अबिरको टिका लगाएर बधाई दिदै सफल कार्यकालकाे शुभकामना व्यक्त गरेका थिए ।

जिल्ला सम्मेलनले तीन जना केन्द्रीय प्रतिनिधि र पाँच जना प्रदेश प्रतिनिधि समेत चयन गरेको छ ।

केन्द्रीय प्रतिनिधिमा जगत राई, सन्तोष पौडेल र नीरज पिठाकोटे मगर रहेका छन् भने प्रदेश प्रतिनिधिमा अशोक श्रीवास्ताव, मूनेश लायो मगर, राम मण्डल, शिवनाथ प्रसाद यादव र संजित कुमार गुप्ता रहेका छन् ।

संगठनलाई चलायमान बनाउदै पत्रकारिताको क्षेत्रको विकृति विसंगतीलाई हटाउँदै अगाडी बढ्ने योजना रहेको अध्यक्ष गौतमले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पत्रकार किशोर श्रेष्ठ सर्वोच्चको आदेशमा रिहा

काठमाडौं । सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न परमादेश जारी गरेको छ । सर्वोच्चले श्रेष्ठलाई हाजिरी जमानीमा छाडेर वा तारिखमा राखेर अनुसन्धान अघि...

पर्सामा अवैध बालुवा उत्खननमा संलग्न १९ ट्याक्टर र ७ पाडोसहित एक जना पक्राउ

वीरगंज । पर्सामा अवैध रूपमा नदीजन्य बालुवा उत्खननमा संलग्न १९ वटा ट्याक्टरसहित १५ जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । साथै भन्सार छली नेपाल...

प्रतीक दैनिकको ४०औँ वार्षिकोत्सवमा पत्रकार गौतमसहित पाँच जना सम्मानित

वीरगंज । वीरगंजबाट प्रकाशित प्रतीक दैनिकको ४०औँ वार्षिकोत्सवको अवसरमा पत्रकार महेशचन्द्र गौतम सुवोध स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । गौतमलाई ५१ हजार रुपैयाँ...