Date
आइत, साउन २४, २०८३
Sun, August 9, 2026

वीरगंजमा सामाजिक जवाफदेहिता सम्बन्धि संवाद कार्यक्रम

spot_img
spot_img
वीरगंज । लागु औषध न्युनिकरणकाे लागि समाजिक जवाफदेहिता सम्बन्धि संवाद कार्यक्रममा मंगलबारदेखी वीरगंजमा सुरु भएकाे छ । युकेआइडीकाे सहयाेगमा नेपाल प्रहरी र इन्टरनेशनल अलर्टकाे सहकार्यमा वीरगंजकाे हाेटल रानिपाेखरीमा दुई दिने संवाद कार्यक्रम सुरु भएकाे हाे । 
 
कार्यक्रममा खुल्ला सिमानाका कारण हुने अबैध लागु औषध ओसारपसार तथा सेवनलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने बारेमा सरोकारवाला सङ्ग छलफल गरिएको थियो । यसका साथै सेवा प्रदायक र सेवाग्राहीकाे सम्बन्धमा सुधार, गुणस्तरिय सेवा प्रवाहमा वृद्धि लगायतकाे विषयमा पनि छलफल गरिएकाे थियाे ।
 
कार्यक्रममा लागु औषध न्यूनिकरणका संचकहरु प्रहरीले खुला सिमानामा कडाई गरेका छन्, समाजमा आफ्नाे सम्यातालाई मान्याता दिएका छन्, प्रहरीले गिराेहरुकाे पहिचान गरेका छन्, समाजमा लागु औषध चेतनाकाे अभिवृद्धि बढेकाे छ, स्थानिय निकायले युवाहरुकाे लागि स्वराेजगारीकाे व्यवस्था गरेकाे छ, अभिभावकले बालबालिकाकाे समय दिएका छन्, प्रहरीले लागु औषध सम्बन्धि कडाईका साथ कानुन कार्यन्वयन गरेका छन् र स्थानीय आफ्ना सन्तानकाे भविष्य प्रति सचेत छन् काे विषयमा पनि छलफल गर्नुकाे साथ मूल्यांकल गरिएकाे थियाे ।
कार्यक्रमकाे सहजिकरण नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक अताउल रहमान, महमद सफिउल्लाह आलम, प्रहरी सहायक निरीक्षक रन्जन कुमार गुप्ता, सुर्य बहादुर श्रेष्ठ, आदर्श खतिवडा र ईन्टरनेशनल अलर्टकी फेसिलेटर बिनिता बरालले सहजिकरण गरेका थिए ।
 
कार्यक्रमकाे पहिलाे दिन मंगलबार सेवप्रादयक र सेवाग्राहीसंग छुट्टा छुट्टै संवाद गरिएकाे थियाे । 
spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजको मुख्य सडक विस्तार अभियान, अव ६० संरचना हटाउन मात्र बाँकी

वीरगंज । त्रिभुवन राजमार्गअन्तर्गत वीरगंजको मुख्य सडकको दायाँ–बायाँ २५/२५ मिटर क्षेत्र खाली गराउने अभियान अन्तिम चरणमा पुगेको छ । सडक डिभिजन कार्यालय हेटौंडाले थालेको...

नयाँ आर्थिक वर्ष र नयाँ प्रहरी नेतृत्व आए पनि रोकिएन कवाडी करको नाममा अवैध असुली

वीरगंज । नयाँ आर्थिक वर्ष सुरु भएसँगै पर्सा प्रहरीले नयाँ नेतृत्व पाए पनि त्रिभुवन राजमार्गअन्तर्गत ड्राइपोर्ट–परवानीपुर सडकखण्डमा कवाडी करको नाममा हुँदै आएको अवैध असुली...

सर्वस्वहरण भएको लोकतन्त्र स्थापित गर्न मोर्चा बनाएका हौं, सहकार्य लामो जान्छ : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेपालमा लोकतन्त्रको सवलीकरण नभई ‘सर्वस्वहरण’ भएको दाबी गर्दै वास्तविक लोकतन्त्र स्थापना गर्न...