Date
मङ्ल, अशोज ६, २०८३
Tue, September 22, 2026

पटेर्वा सुगौलीमा बालिका मैत्री भलिबल प्रतियोगिता

spot_img
spot_img

वीरगंज । पर्साकाे पटेर्वा सुगौली गाउँपालीकामा माध्यामिक विद्यालय स्तरीय बालिका मैत्री भलिबल प्रतियोगिता आयाेजना गरिएकाे छ ।

शिक्षामा बालिकाहरुको पहुँच बढाउनको लागि दिव्य यूवा क्लव, पर्साले एक्सन एड नेपालको साझेदारीमा स्थानीय अधिकार कार्यक्रम मार्फत विभिन्न क्रियाकलापहरु संचालन गरिरहको छ । यसै क्रममा शिक्षाको साथ साथै बालिकाहरुमा शारिरीक तन्दुरुस्ती पनि हुनुपर्ने तथा अतिरिक्त क्रियाकलापहरुमा पनि उनीहरुको रुची उत्याधिक रहेको हुनाले बालिका मैत्री वातावरण सृजना गर्नको लागि सो भलिबल प्रतियागिता आयोजना गरिएको दिव्य यूवा क्लवका कार्यकारी निर्देशक रामाकान्त प्रसाद कुर्मीले जानकारी दिए ।

दुई चरणमा हुने प्रतियोगिताकाे पहिलो चरण अन्तर्गत श्री नेपाल रािष्ट्रय माध्यामिक विद्यालय निचुटा र श्री नेपाल रािष्ट्रय माध्यामिक विद्यालय, बेलवा बीच खेल भएको थियो । साेमबार भएको पहिलो चरणको खेलमा श्री नेपाल रािष्ट्रय माध्यामिक विद्यालय निचुटाले श्री नेपाल रािष्ट्रय माध्यामिक विद्यालय, बेलवालाई २.१ ले हराएको छ ।

श्री नेपाल रािष्ट्रय माध्यामिक विद्यालय, निचुटाकी दिपीका शर्माले म्यान अफ द म्याचको उपाधी हात पारेकी छिन् । मंगलबार दोस्रो चरणमा श्री नेपाल रािष्ट्रय माध्यामिक विद्यालय, रङ्गपुर र श्री नेपाल रािष्ट्रय माध्यामिक विद्यालय, सुगौली बीच प्रतिस्पर्धा हुनेछ र विजयी समुहले श्री नेपाल रािष्ट्रय माध्यामिक विद्यालय, निचुटासंग फाईनल खेल्नेछ ।

आयेजना गरिएको भलिबल प्रतियोगिताले बालिकाहरुमा सकारात्मक सन्देश प्रवाह गर्नेछ र छोरीहरुलाई घरको काममा मात्रै अल्झाउन खोज्ने हाम्रो सामाजिक मुल्य मान्यतालाई पनि यसले परिवर्तन गर्न सहयोग गर्नेछ तथा छोरीहरुलाई शिक्षाको अवशर प्राप्त हुनेछ र यसले हाम्रो समुदायमा हुने गरेको बाल विवाहलाई पनि अन्त्य गर्न सहयोग हुने पटेर्वा सुगाैली गाउँपालीकाकी उप प्रमुख ममता महतोले वताइन । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

शुक्रबारदेखि तीन दिन भारी वर्षाको सम्भावना, बाढी–पहिरो र डुबानको जोखिम

काठमाडौं । आगामी शुक्रबारदेखि आइतबारसम्म देशका धेरै ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले विशेष मौसम बुलेटिन जारी गर्दै केही स्थानमा...

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दै...

त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु

वीरगंज । त्रिपुरेश्वरमा सोमबार बसमा भएको आगलागीमा परी गम्भीर घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा २५ वर्षीय चालक दावा लामा रहेका...