Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

बहुदरमाईको मेलामा दर्शनार्थीहरुको भिड, पर्यटकीय स्थल बनाउनु पर्ने

spot_img
spot_img

वीरगंज । पर्साको बहुदरमाई नगरपालिका वडा न. २ पिपरामा मेला लागेको छ । पुर्णीमाको अवसरमा बिहीबारदेखी सुरु भएको ५ दिने मेला बुधबारसम्म चलने छ ।

प्रत्येक वर्ष झै यसवर्ष पनि लागेको मेला दर्शनार्थीहरुको भिड बढेको छ । मेला स्थल बहुदरमाई मन्दिरलाई पर्यटकीय स्थलको रुपमा विकास गर्न यस वर्ष मेला धुमधामको साथ आयोजना गरिएको बहुदरमाई नगरपालिकाका मेयर नितेन्द्र साहले बताए ।

मेलामा यो वर्ष नाच, गान रमाईलो मेलासहित कुस्ती प्रतियोगिता पनि आयोजना गरिएको छ । मेलामा प्रत्येक दिन विभिन्न संस्कृति, मनोरञ्जनात्मक कार्यक्रमको साथसाथै कुस्ती प्रतियोगिता समेत हुँदै आएको छ । विगत वर्षभन्दा यो वर्ष मेला धुमधामको साथ लागेको स्थानीयहरुले बताएका छन् । मेलामा विगत वर्षभन्दा दर्शनार्थीहरुको संख्या पनि बढेको देखिएको स्थानीयहरुले जनाएका छन् ।

मेलामा हुने संस्कृति कार्यक्रममा स्थानीय तथा राष्ट्रिय कलाकारहरुले प्रस्तुति दिईरहेका छन् भने दिनहु भईरहेको कुस्ती प्रतियोगितामा भारतको दिल्ली, बनारस, पंजाब, हरियाना लगायत नेपालको विभिन्न जिल्लाको नाम चलेका पहलवानहरुको सहभागिता हुँदै आएको छ ।

सोमबार भएको कुस्ती खेलमा भारतका नामी पहलवानलाई नेपालका चर्चित पहलवान देव थापाले पराजित गरेका थिए । संयौं वर्ष पहिलादेखी लाग्दै आएको मेला यो वर्ष भव्य रुपमा लाग्दा नगरपालिकाले विद्यालयहरुमा दुई दिनको विदा समेत दिईएको छ ।
५ वटा स्थानीय विदाबाट कट्टा हुने गरी अभिभावकको सल्लाहमा २ दिन विदा मिलाईएको नगरपालिकाको शिक्षा शाखाले जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

१० दिनपछि सुरुङबाट उद्धार गरिएका सञ्जय साह उपचारपछि घर फर्किए

वीरगंज । बाढीका कारण त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङभित्र १० दिनसम्म फसेर उद्धार गरिएका सञ्जय साह उपचारपछि घर फर्किएका छन्। सुरुङबाट उद्धार गरिएपछि उनलाई उपचारका लागि...

दुई सातादेखि बेपत्ता विवेकको शव सेफ्टी ट्यांकीमा भेटियो, दुई जना पक्राउ

जनकपुरधाम । महोत्तरीमा करिब दुई सातादेखि बेपत्ता रहेका एक युवकको शव घरको शौचालयस्थित सेफ्टी ट्यांकीबाट फेला परेको छ। भंगहा नगरपालिका–६ बिर्जौनी टोलका २५ वर्षीय विवेक...

आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गरिनेछ : मन्त्री पोखरेल

जनकपुरधाम । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गर्नेगरी सरकारले तयारी गरिरहेको बताउनुभएको छ । मधेस प्रदेश सरकारको शिक्षा तथा...