Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

सधैँ हिलो र पानी जम्ने सडक ढलान, सांसद यादवद्वारा उद्घाटन

spot_img
spot_img

वीरगंज । पर्सा क्षेत्र नम्बर एकका सांसद प्रदीप यादवले शनिबार वीरगन्ज महानगरपालिकाकाे वडा नम्बर ३० लालपर्सामा ढलान गरिएको सडकको उद्घाटन गरेका छन् ।

सांसद यादवको संसदीय विकास कोषको ३० लाख रुपैयाँबाट लालपर्साको सात सय मिटर सडक ढलान र नाला निर्माण भएकाे वताइएकाे छ । लालपर्साको मूख्य सडकदेखि ब्रहमस्थानसम्मको ७ सय मिटर सडक खण्डमा विगतमा जहिले हिलो र पानी जम्ने समस्या रहँदै आएको थियो ।

लामो समयदेखिको पानी जम्ने समस्याले लालपर्सावासीले सास्ती खेप्दै आएका थिए । वर्षातको समयमा भेडाहा खोलामा बाढी आउँदा उक्त सडकमा लामो समयसम्म पानी जमेर बाटो हिलाम्मे हुने गरेको थियो । पियरी माटोले बाटो पुरिन्थ्यो । सामान्य हिँडडुल गर्न समेत गाह्रो थियो । उक्त सडक खण्ड ढलान भएपछि लालपर्सावासीमा खुसीयाली छाएको छ ।

सांसद यादवले लालपर्सावासीको समस्यालाई सम्बोधन गर्दै आफ्नो संसदीय विकासको रकमबाट सडक ढलान गरिएको वताए ।

उपभाेक्ता समिति मार्फत गरिएको ढलान र नाला निर्माण कार्य इस्टीमेट भन्दा बढी रहेको छ । गाउँको वर्षौदेखिको समस्या समाधान हुने भएपछि स्थानीयले हौँसिएर निर्माण कार्यमा सहयोग गरेका उनले वताए ।

यसअघि लालपर्साको परसोतीपुरमा सांसद यादवले ४० लाख रुपैयाँको लागतमा नमुना सडक निर्माण गराएका थिए । सडक उद्घाटन कार्यक्रममा जसपाका इकाई अध्यक्ष दिनानाथ मण्डल, बरमा यादव, युवा नेता मनोज यादव, गगनदेव यादव, रामप्रवेश यादव, मनोज साह कानु, रामप्रवेश कलवार, सन्जीव ठाकुर लगायत स्थानीयको उपस्थिती रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जेनजी आन्दोलनको एक वर्षपछि पनि परिवर्तनको अपेक्षा अधुरै : कमन जेनजी अध्यक्ष साह

काठमाडौं । कमन जेनजी नेपालले ऐतिहासिक जेनजी आन्दोलन भएको एक वर्ष बितिसक्दासमेत देशले अपेक्षित राजनीतिक निकास पाउन नसकेको निष्कर्ष निकालेको छ । आन्दोलनपछि समाधान...

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...