Date
बुध, भदौ २४, २०८३
Wed, September 9, 2026

पर्साका एसपी पाण्डेकाे सरुवा, बस्नेत आउँदै

spot_img
spot_img

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरिक्षक बेल बहादुर पाण्डेकाे सरुवा भएकाे छ । उनकाे ठाउँमा महानगरिय प्रहरी परिसर काठमाडाैंमा कार्यरत रहेका प्रहरी उपरिक्षक रमेश कुमार बस्नेत आउने भएका छन् ।

पाण्डेलाई प्रहरी प्रधान कार्यालय कार्य विभाग सुरक्षा सेवा व्यवस्थापन महाशाखा नक्साल, काठमाडाैं पठाइएकाे छ ।

प्रहरी प्रधान कार्यालयले २२ जना प्रहरी उपरीक्षक(एसपी)को सरुवा गरेको छ । सरुवामा सात जिल्लाका प्रहरी प्रमुखको सरुवा भएको छ ।

सरुवाअनुसार पर्सामा रमेश कुमार बस्नेत, मकवानपुरमा सुरेन्द्र गुरुङ, नुवाकोटमा रामप्रसाद शाह, तनहुँमा राजेन्द्रबाबु रेग्मी, स्याङजामा राजीब बस्नेत, धादिङमा राकेश सिंह र सप्तरीमा अविनारायण काफ्लेलाई पठाइएको छ । उनीहरुमध्ये धेरै जिल्लामा अवधि नै नपुगी सरुवा गरिएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...