Date
बिहि, अशोज २२, २०८३
Thu, October 8, 2026

पटेर्वा सुगाैलीमा बक्तृत्वकला प्रतियोगिता सम्पन्न

spot_img
spot_img

वीरगंज । पर्साकाे पटेर्वा सुगौली गाउँपालिका वडा नं. ४ सुगौलीमा शनिबार बाल अधिकारको सुनिश्चितताका लागि स्थानिय तहको भुमिका बिषयक बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

दिब्य युवा क्लब पर्सा र एक्सनएड नेपालको संयुक्त साझेदारीमा पटेर्वा सुगौली गाउँपालिकाम सञ्चालित स्थानिय अधिकार कार्यक्रम अन्तर्गत अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा पालिका स्तरीय वक्तृत्वकला प्रतियाेगिता सम्पन्न भएकाे हाे ।

प्रतियाेगितामा पटेर्वा सुगाैली गाउँपालिका वडा नं. ५ निचुटाकी काजल पटेल प्रथम, साेही ठाउँकी दिपावली साह दाेस्राे, वडा नं. ३ की निर्जला कुमारी तेस्राे र वडा नं. ४ की संतोषी राम चाैथाे भएका थिए ।

बर्तमान अवस्थामा बालबालिकाहरुको समन्वय सहकार्य स्थानिय सरकार वा पालिकासंग एकदमै न्युन रहेकोले यसलाई सुधार गर्न र पालिकाको ध्यानाकर्ष गराउनका लागि प्रतियाेगिता आयाेजना गरिएकाे आयाेजकले जनाएकाे छ ।

बालबालिकाहरुले आफ्नो बालअधिकारको वारेमा वकालत गर्न समुदाय, समाज, घरपरिवारका साथै स्थानिय सरकारसंग पनि वकालत गर्न, हकहितका लागि आवाज उठाउन त्यतिकै जरुरी देखिन्छ किनभने बालबालिकाहरुको बिकासमा स्थानिय सरकारको ठुलो योगदान रहेको दिव्य युवा क्लबका कार्यकारी निर्देशक रामाकान्त पटेलले वताए ।

दिब्य युवा क्लबका अध्यक्ष देवनाथ ठाकुर अध्यक्षता र पटेर्वा सुगौली गापाका शिक्षा शाखा प्रमुख शम्भु साहकाे प्रमुख आतिथ्यतामा प्रतियाेगितामा श्री.ने.रा.मा.बि.सुगौली दा.पु.का प्रधानाध्यापक मोहन दास थारु, महिला अधिकार मञ्चकी अध्यक्ष मिना देवी चौधरी, दिब्य युवा क्लब पर्साका कार्यकारी निर्देशक रामाकान्त प्रसाद कुर्मी लगायतकाे उपस्थिती रहेकाे थियाे ।

प्रतियाेगितामा पटेर्वा सुगौली गाँउपालिकाका ५ वटै वडामा गठित बाल क्लब, किशोरी समुहहरुको बालबालिकाहरु तथा अभिभावकहरुको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

चाडपर्वलाई लक्षित गर्दै वीरगंज बसपार्कमा यात्रु सहायता कक्ष संचालन

वीरगंज । चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएपछि जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगंज बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा...

कटहरियामा पाँच वर्षीया बालिकामाथि जबर्जस्ती करणीको प्रयास

रौतहट । रौतहटको कटहरियामा पाँच वर्षीया बालिकालाई फकाएर सुनसान स्थानमा लगेर जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा स्कुल बसका सहचालकविरुद्ध मुद्दा दर्ता भएको छ। कटहरिया नगरपालिका–५...

नेपाललाई मेडिकल हब बनाउन निजी मेडिकल कलेज संघको सातबुँदे प्रस्ताव

काठमाडौं । नेपाल निजी मेडिकल तथा डेन्टल कलेज संघ (APMDCN) ले नेपाललाई चिकित्सा शिक्षा तथा मेडिकल टुरिजमको क्षेत्रीय केन्द्रका रूपमा विकास गर्न सरकारसँग तत्काल...