Date
आइत, जेष्ठ २४, २०८३
Sun, June 7, 2026

पर्सा क्षेत्र नं. ४ काे एउटा वडा बाहेक सबै वडामा कांग्रेसकाे अधिवेशन सम्पन्न

spot_img
spot_img

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नं. ४ काे एक वडा बाहेक सबै वडामा नेपाली कांग्रेसकाे वडा अधिवेशन सम्पन्न भएकाे छ । क्षेत्र अन्तर्गत रहेका ८ पालिकाकाे ३२ वडा मध्ये ३१ वडामा अधिवेशन सम्पन्न भएकाे क्षेत्रिय सचिव श्रीकान्त यादवले जानकारी दिए ।

नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् प्रदेश २ का संयाेजक रमेश रिजालकाे निर्वाचन क्षेत्र रहेकाे क्षेत्र अन्तर्गतका ३ वटा वडा बाहेक सबै वडामा निर्विराेध सर्वसहमत वडा समिति र क्षेत्रिय प्रनितिधिहरु चुनिएका हुन् ।

क्षेत्रिय सचिव यादवका अनुसार कालिकामाई गाउँपालिकाकाे वडा नं. ४, ५, धाेबिनी गाउँपालिकाकाे वडा नं. २ मा चुनावबाट र अन्य पालिकाकाे सबै वडामा निर्विराेध अधिवेशन सम्पन्न भएकाे हाे ।

शुक्रबार धाेबिनी गाउँपालिकाकाे वडा नं. २ मा भएकाे चुनावमा रामशीष प्रसाद कुर्मी नेतृत्वकाे प्यानल विजयी भएकाे छ । वडा सभापतिमा रामशीष प्रसाद कुर्मी विजयी हुनुकाे साथै उनकाे प्यानलका उम्मेदवार वडा उप सभापतिमा चन्द्रिका प्रसाद कुर्मी, कमलेश बैठा, सचिवमा सुरेन्द्र बैठा धाेवी, मन्ना कुमार कुर्मी, सह सचिवमा रविक कुमार पटेल, राजेशवर महताे चाई विजयी भएकाे मतदान अधिकृत शुभलाल साहले जानकारी दिए ।

क्षेत्रिय प्रतिनिधिहरुमा नन्दकिशाेर प्रसाद कानु, उमेश प्रसाद धाेबी, रामवेलास प्रसाद पटेल, हिरण कुमार कुर्मी, रामविनाेद प्रसाद कुर्मी, आदेश राउत कुर्मी, अशाेक कुमार तेली, रामबाबु प्रसाद पटेल, राजकिशाेर प्रसाद कुर्मी, संताेष कुमार पटेल, अर्बुन नेशा, ललिता देवी कुर्मी, फुलमती गाेढिन, नवलेश राम, जमदार मियाँ तेली विजयी भएका हुन् ।

धाेविनी गाउँपालिकाकाे वाकी ४ वटा वडामा निर्विराेध वडा समिति र क्षेत्रिय प्रतिनिधिहरु चयन भएकाे क्षेत्रिय सचिव बलिष्टर अहमदले वताए । धाेविनी गाउँपालिकाकाे वडा नं. १ काे सभापतिमा गणेश साह राैनियार, वडा नं. ३ काे सभापतिमा बासदेव तिवारी, वडा नं. ४ काे सभापतिमा इशरायल मियाँ र वडा नं. ५ काे सभापतिमा गया प्रसाद यादव निर्विराेध निर्वाचित भएका हुन् ।

यस अघि जगरनाथपुर गाउँपालिकाकाे सबै वडामा निर्विराेध वडा समिति र क्षेत्रिय प्रतिनिधिहरु चयन भएका छन् । जगरनाथपुर गाउँपालिका वडा नं. १ काे सभापतिमा दिनेश बहादुर क्षेत्री, वडा नं. २ काे सभापतिमा महमद समिम गद्दी, वडा नं. ३ काे सभापतिमा बृजभुषण प्रसाद यादव, वडा नं. ४ काे सभापतिमा राजकृषि प्रसाद चाैहान, वडा नं. ५ काे सभापतिमा सुनिल कुमार वाग्ले र वडा नं. ६ काे सभापतिमा लक्षुमन राउत कुर्मी निर्विराेध निर्वाचित भएका हुन् ।

यस्तै, जिराभवानी गाउँपालिकाकाे सबै वडामा पनि निर्विराेध वडा समिति र क्षेत्रिय प्रतिनिधिहरु चयन भएकाे वताइएकाे छ । जिराभवानी गाउँपालिका वडा नं. १ सभापतिमा शेख गैसुदिन, वडा नं. २ काे सभापतिमा सराेज चाैरसिया, वडा नं. ३ काे सभापतिमा राजकपुर महताे थारु, वडा नं. ४ काे सभापतिमा सत्यदेव महताे थारु र वडा नं. ५ काे सभापतिमा जगदिश ठाकेरा निर्विराेध निर्वाचित भएका हुन् ।

यस्तै, ठाेरी गाउँपालिकाकाे सबै वडामा पनि निर्विराेध वडा समिति र क्षेत्रिय प्रतिनिहरु चुनिएका छन् । ठाेरी गाउँपालिकाकाे वडा नं. १ काे सभापतिमा तिलक बहादुर रिमाल, वडा नं. २ काे सभापतिमा देवी प्रसाद पराजुली, वडा नं. ३ काे सभापतिमा  रुद्र खड्का, वडा नं. ४ काे सभापतिमा मिलन अस्ढ र वडा नं. ५ काे सभापतिमा विमल खड्का निर्विराेध निर्वाचित भएका हुन् ।

यस्तै, कालिकामाई गाउँपालिकाकाे ३ वटा वडामा सर्वसहमत र २ वटा वडामा चुनावबाट वडा समिति र क्षेत्रिय प्रतिनिधिहरु चयन भएका छन् । कालिकामाई गाउँपालिकाकाे वडा नं. १ का सभापतिमा निजामुदिन मियाँ, वडा नं. २ काे सभापतिमा लखन राउत बरै, वडा नं. ३ काे सभापतिमा रामशिष प्रसाद चाैरसिया, वडा नं. ४ काे सभापतिमा सिकेन्द्र देवान र वडा नं. ५ काे सभापतिमा अमिरका ठाकुर लाेहार निर्वाचित भएका हुन् ।

यस्तै, छिपहरमाई गाउँपालिकाकाे वडा नं. १ मिर्जापुर बाहेक सबै वडामा निर्विराेध वडा समिति र क्षेत्रिय प्रतिनिधिहरु चयन भएका हुन् । छिपहरमाई गाउँपालिका वडा नं. २ काे सभापतिमा इशरायल मियाँ, वडा नं. ३ काे सभापतिमा कृष्ण कुमार राजपुत, वडा नं. ४ काे सभापतिमा परमेश्वर महताे केंवट र वडा नं. ५ काे सभापतिमा उदेश्य प्रसाद पटेल निर्विराेध निर्वाचित भएका हुन् । 

यस्तै, क्षेत्र नं. ४ मै पर्ने पाेखरिया नगरपालिकाकाे वडा नं. ३ बसन्तपुर र पकहा मैनपुर गाउँपालिकाकाे वडा नंं. ५ सबैठवामा निर्विराेध वडा समिति र क्षेत्रिय प्रतिनिधिहरु चयन भएका छन् । पाेखरिया नगरपालिकाकाे वडा नं. ३ काे सभापतिमा बिक्रमा प्रसाद कलवार र पकहा मैनपुर गाउँपालिकाकाे वडा नं. ५ काे सभापतिमा बलिराम प्रसाद चाैरसिया निर्विराेध निर्वाचित भएका हुन् ।

क्षेत्र अन्तर्गतकाे एक मात्र छिपहरमाई गाउँपालिकाकाे वडा नं. १ मिर्जापुरमा सदस्यता सम्बन्धि विवादका कारण अधिबेश हुन नसकेकाे छैन।   

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

कालिकामाईमा नेत्रज्योति संघद्वारा निःशुल्क आँखा शिविर

वीरगंज । नेपाल नेत्रज्योति संघ पर्साको आयोजनामा पर्साको कालिकामाई गाउँपालिका–४ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय कट्टीबलुवामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न भएको छ...

कोल्भी–८ नयाँबस्तीमा प्रभु हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर, २०० जनाले पाए सेवा

कोल्भी । “घरदैलोमा डाक्टर” कार्यक्रमअन्तर्गत प्रभु हस्पिटल, वीरगञ्जले बाराको कोल्भी नगरपालिका–८ नयाँबस्तीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शिविरमा वरिष्ठ हाडजोर्नी तथा नसा रोग...

जिल्ला अधिवेशन विवाद: वीरगंजमा रास्वपा कार्यकर्ताबीच कुटाकुट, ३ जना घाइते

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साको जिल्ला अधिवेशनअघि प्रतिनिधि छनोटको विषयलाई लिएर पार्टीभित्रको विवाद चर्किँदा कार्यकर्ताबीच हानाहान भएको छ । घटनापछि अधिवेशनको निर्वाचन...