Date
आइत, कार्तिक ९, २०८३
Sun, October 25, 2026

 वीरगंज १४ मा निर्मित धर्मशालाको सांसद यादवद्वारा उद्घाटन

spot_img
spot_img

 वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. १४, पिपरा टोलमा निर्माण भएकाे धर्मशालाको उद्घाटन पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य (सांसद) प्रदिप यादवले गरेका छन् ।

एक कार्यक्रमकाे बिच धर्मशाला उद्घाटन गर्दै सांसद यादवले महंगो शूल्क तिरेर बिहे वर्तबन्ध जस्ता काम गर्नुपर्ने समयको अन्त्य भएकाे वताए । उनले अब गरिब जनताहरुले पनि धर्मशालाबाट धुमधामका साथ बिहे बर्तबन्धका कामहरु गर्न सक्ने बताए ।

सांसद यादवले आवश्यक्ता र जनताको मागलाई मध्यनजर गर्दै आगामी दिनमा पनि अन्य विकास निर्माणका कामलाई निरन्तरता दिने प्रतिबद्धता जनाए । वडामा हुने विवाहदेखि अन्य धार्मिक र सांस्कृतिक कार्यकमहरुका लागि धर्मशाली उपयोगी हुने यादवको विश्वास छ ।

धर्मशाला उद्घाटन कार्यक्रममा प्रदेश सभा सदस्य जन्नत अंसारी, वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ का अध्यक्ष भरत प्रसाद कुर्मी, स्थानीय नेता रफिक अंसारी, संसदीय प्रतिनिधि घनश्याम गुप्ता लगायतको उपस्थिति रहेको थियो ।

सांसद यादवकाे संसदिय काेषबाट १८ लाखकाे लागतमा धर्मशाला निर्माण भएकाे जनाइएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...