Date
सोम, साउन ११, २०८३
Mon, July 27, 2026

 वीरगंज १४ मा निर्मित धर्मशालाको सांसद यादवद्वारा उद्घाटन

spot_img
spot_img

 वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. १४, पिपरा टोलमा निर्माण भएकाे धर्मशालाको उद्घाटन पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य (सांसद) प्रदिप यादवले गरेका छन् ।

एक कार्यक्रमकाे बिच धर्मशाला उद्घाटन गर्दै सांसद यादवले महंगो शूल्क तिरेर बिहे वर्तबन्ध जस्ता काम गर्नुपर्ने समयको अन्त्य भएकाे वताए । उनले अब गरिब जनताहरुले पनि धर्मशालाबाट धुमधामका साथ बिहे बर्तबन्धका कामहरु गर्न सक्ने बताए ।

सांसद यादवले आवश्यक्ता र जनताको मागलाई मध्यनजर गर्दै आगामी दिनमा पनि अन्य विकास निर्माणका कामलाई निरन्तरता दिने प्रतिबद्धता जनाए । वडामा हुने विवाहदेखि अन्य धार्मिक र सांस्कृतिक कार्यकमहरुका लागि धर्मशाली उपयोगी हुने यादवको विश्वास छ ।

धर्मशाला उद्घाटन कार्यक्रममा प्रदेश सभा सदस्य जन्नत अंसारी, वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ का अध्यक्ष भरत प्रसाद कुर्मी, स्थानीय नेता रफिक अंसारी, संसदीय प्रतिनिधि घनश्याम गुप्ता लगायतको उपस्थिति रहेको थियो ।

सांसद यादवकाे संसदिय काेषबाट १८ लाखकाे लागतमा धर्मशाला निर्माण भएकाे जनाइएकाे छ ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नारायणी अस्पताल घटनामा दोषीमाथि कारबाही गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

वीरगंज । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नारायणी अस्पताल, वीरगंजमा उपचारका क्रममा बिरामीको निधनपछि भएको तोडफोड तथा चिकित्सक–स्वास्थ्यकर्मीमाथिको आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ...

छानबिन समितिमा नबस्ने डा. सिंहको घोषणा, मेडिकल काउन्सिलबाट अनुसन्धान गर्न माग

वीरगंज । नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचारका क्रममा बिरामीको मृत्यु भएपछि उत्पन्न विवाद, अस्पतालमा भएको तोडफोड तथा चिकित्सकमाथि भएको आक्रमणको घटनापछि वरिष्ठ चिकित्सक डा....

नारायणी अस्पताल घटनामा दोषीमाथि कडा कारबाही हुन्छ : स्वास्थ्यमन्त्री मेहता

वीरगंज । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले नारायणी अस्पताल, वीरगंजमा उपचारका क्रममा बिरामीको मृत्यु भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति...