Date
मङ्ल, भदौ १६, २०८३
Tue, September 1, 2026

धोविनीको ४ वटा वडामा कांग्रेसको अधिवेशन सम्पन्न, वडा नं. २ मा स्थगित

spot_img
spot_img

वीरगंज । पर्साको धोबिनी गाउँपालिकाको ४ वटा वडामा बुधबार नेपाली कांग्रेसको वडा अधिवेशन सम्पन्न भएको छ । वडा नं. १, ३, ४, ५ मा अधिवेशन सम्पन्न भएको हो भने वडा नं. २ भिखमपुरको अधिवेशन स्थगित भएको छ ।

१४ औं अधिवेशन अन्तर्गत वडा नं. १ को सभापतिमा गणेश साह रौनियार निर्विरोध निर्वाचित भएका छन् । वडा समितिको उपसभापतिमा जिवत महतो केवठ, रामनारायण राउत कुर्मी, सचिवमा श्यामबाबु साह रौनियार, खुबलाल यादव, उपसचिवमा सुरेन्द्र राउत अहिर, अजय साह तेली निर्विरोध निर्वाचित भएको मतदान अधिकृत शिवचन्द्र प्रसादले जानकारी दिए ।

यस्तै, क्षेत्रिय प्रतिनिधीमा गणेश रौनियार, शिवशंकर राउत कुर्मी, सुरेश प्रसाद कुर्मी, मदन ठाकुर, सुरेन्द्र राउत कुर्मी, गोपाल राउत कुर्मी, जग हजरा दुसाद, बन्धु साह, हरिन्द्र गिरी, प्रदीप पटेल, अमिरका राउत कुर्मी, रामजी राउत कुर्मी, बागड राउत अहिर, लालसा देवी, धुपिया रौनियारीन सर्वसहमतले चुनिएका हुन् ।

यस्तै, वडा नं. ५ को वडा सभापतिमा गया राउत अहिर निर्विरोध निर्वाचित भएका छन् । जुन वडा समितिको उपसभापतिमा सुरज प्रसाद कुर्मी, इन्दु देवी, सचिवमा लक्ष्मी प्रसाद कुर्मी, वकिल मियाँ तेली, सह–सचिवमा शम्भु साह, धर्मेन्द्र प्रसाद कुर्मी निर्विरोध निर्वाचित भएको मतदान अधिकृत पप्पु प्रसाद चौहानले जानकारी दिए ।

यस्तै, वडा नं. ५ बाट क्षेत्रिय प्रतिनिधीहरुमा बलिस्टर अहमद, रामानशंकर प्रसाद कुर्मी, तुजार मियाँ तेली, राजबंशी सहनी, कर्मुल्लाह अंसारी, उमेश प्रसाद कुर्मी, अरमान मियाँ, हैदर मियाँ, जमुना महरा चमार, नजाम खातुन, फतमा खातुन, बचनी अहिरीन, खुश्बु खातुन, रेयाज हुसेन र सुग्रीम राउत कुर्मी सर्वसहमत चुनिएका हुन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

केरालामा ज्यान गुमाएका बिरेन्द्रको शव ल्याउन गाउँपालिका अध्यक्ष यादवले दुई लाख सहयोग गर्ने

वीरगंज । रोजगारीका लागि भारतको केराला पुगेका पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ४ निवासी २९ वर्षीय बिरेन्द्र मुखिया बिनको निधन भएपछि उनको शव नेपाल...

सूचीकरण तथा नवीकरण नगर्ने पत्रिकालाई लोककल्याणकारी विज्ञापनको रकम उपलब्ध नगराइने

काठमाडौँ । विज्ञापन बोर्डमा सूचीकरण तथा नवीकरण नगरी लोककल्याणकारी विज्ञापन प्रकाशन गर्ने पत्रपत्रिकालाई चालु आर्थिक वर्ष २०८३/८४ देखि त्यस्तो विज्ञापनवापतको रकम भुक्तानी नगरिने भएको...

हेलिकप्टरमार्फत बाढी प्रभावितलाई अत्यावश्यक सामानको व्यवस्थासहित उद्धार

रसुवा । सरकारले हेलिकप्टरमार्फत त्रिशूली नदी उत्तर–पश्चिमतर्फका नुवाकोट र रसुवाका बाढी प्रभावित जनतालाई  खाद्यान्न, नुन–तेललगायत अत्यावश्यक सामग्रीको व्यवस्था गरी राहत वितरण तथा उद्धार कार्यलाई...