Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

धोविनीको ४ वटा वडामा कांग्रेसको अधिवेशन सम्पन्न, वडा नं. २ मा स्थगित

spot_img
spot_img

वीरगंज । पर्साको धोबिनी गाउँपालिकाको ४ वटा वडामा बुधबार नेपाली कांग्रेसको वडा अधिवेशन सम्पन्न भएको छ । वडा नं. १, ३, ४, ५ मा अधिवेशन सम्पन्न भएको हो भने वडा नं. २ भिखमपुरको अधिवेशन स्थगित भएको छ ।

१४ औं अधिवेशन अन्तर्गत वडा नं. १ को सभापतिमा गणेश साह रौनियार निर्विरोध निर्वाचित भएका छन् । वडा समितिको उपसभापतिमा जिवत महतो केवठ, रामनारायण राउत कुर्मी, सचिवमा श्यामबाबु साह रौनियार, खुबलाल यादव, उपसचिवमा सुरेन्द्र राउत अहिर, अजय साह तेली निर्विरोध निर्वाचित भएको मतदान अधिकृत शिवचन्द्र प्रसादले जानकारी दिए ।

यस्तै, क्षेत्रिय प्रतिनिधीमा गणेश रौनियार, शिवशंकर राउत कुर्मी, सुरेश प्रसाद कुर्मी, मदन ठाकुर, सुरेन्द्र राउत कुर्मी, गोपाल राउत कुर्मी, जग हजरा दुसाद, बन्धु साह, हरिन्द्र गिरी, प्रदीप पटेल, अमिरका राउत कुर्मी, रामजी राउत कुर्मी, बागड राउत अहिर, लालसा देवी, धुपिया रौनियारीन सर्वसहमतले चुनिएका हुन् ।

यस्तै, वडा नं. ५ को वडा सभापतिमा गया राउत अहिर निर्विरोध निर्वाचित भएका छन् । जुन वडा समितिको उपसभापतिमा सुरज प्रसाद कुर्मी, इन्दु देवी, सचिवमा लक्ष्मी प्रसाद कुर्मी, वकिल मियाँ तेली, सह–सचिवमा शम्भु साह, धर्मेन्द्र प्रसाद कुर्मी निर्विरोध निर्वाचित भएको मतदान अधिकृत पप्पु प्रसाद चौहानले जानकारी दिए ।

यस्तै, वडा नं. ५ बाट क्षेत्रिय प्रतिनिधीहरुमा बलिस्टर अहमद, रामानशंकर प्रसाद कुर्मी, तुजार मियाँ तेली, राजबंशी सहनी, कर्मुल्लाह अंसारी, उमेश प्रसाद कुर्मी, अरमान मियाँ, हैदर मियाँ, जमुना महरा चमार, नजाम खातुन, फतमा खातुन, बचनी अहिरीन, खुश्बु खातुन, रेयाज हुसेन र सुग्रीम राउत कुर्मी सर्वसहमत चुनिएका हुन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...