Date
आइत, अशोज १८, २०८३
Sun, October 4, 2026

परिवार दल बाराको दोस्रो जिल्ला अधिबेशन सम्पन्न

spot_img
spot_img

वीरगंज । नेपाल परिवार दलको दोस्रो जिल्ला अधिबेशन बुधबार सम्पन्न भएको छ । बाराको कलैयामा भएकाे अधिवेशनकाे उद्घाटन कार्यक्रमका प्रमुख अतिथी पार्टीका केन्द्रिय सदस्य तथा पर्सा जिल्ला अध्यक्ष पल्टन प्रसाद कुर्मीले गरेका थिए ।

कार्यक्रमलाई सम्बाेधन गर्दै अध्यक्ष कुर्मीले नेता कार्यकर्ताहरुलाई चुनावको तयारीमा जुटन आग्रह गरे । उनले यस अधिवेशनले पार्टीलाई अझ मजबूत बनाउने विश्वास व्यक्त गरे ।

बुधबार सम्पन्न अधिवेशनबाट पार्टीका बारा जिल्ला अध्यक्षमा रामचन्द्र चौधरीलाई दोस्रो पल्ट अध्यक्षमा सर्वसहमतिबाट चयन गरिएको छ । चाैधरीको अध्यक्षमा ५१ सदस्यीय जिल्ला कमिटी गठन गरिएको हो ।

कार्यक्रममा जनमत पार्टीका केन्द्रिय सदस्य रामबाबु साह लगायतले शभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा स्वागत मन्तव्य पार्टीका नेता सञ्जय गिरीले गरेका थिए भने कार्यक्रमकाे सञ्चालन उपेन्द्र पासवानले गरेका थिए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मितेरी पुलबाट ११ किलोभन्दा बढी चरेस बरामद, वीरगञ्जका एक पक्राउ

वीरगञ्ज । वीरगञ्ज–रक्सौल जोड्ने ऐतिहासिक मितेरी पुलबाट ११ किलोभन्दा बढी अवैध लागूऔषध चरेससहित एक नेपाली नागरिक पक्राउ परेका छन्। भारततर्फ ठूलो परिमाणमा लागूऔषध ओसारपसार भइरहेको...

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित गरिने बताउनुभएको छ । आज सामाजिक सञ्जालमार्फत उहाँले हरेक नागरिकको आवासको अधिकार सुनिश्चित...

दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु

जनकपुरधाम । मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामै विभिन्न विपद्का ४५९ घटना भएका छन् । ती घटनामा परी ९२ जनाको मृत्यु...