Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

नेपाली कांग्रेस वीरगंज १० को सभापतिमा कानु निर्विरोध निर्वाचित

spot_img
spot_img

वीरगञ्ज । नेपाली कांग्रेस वीरगंज महानगरपालिकाको वडा नं. १० को सभापतिमा रामनगिना साह कानु निर्विरोध निर्वाचित भएका छन् । बुधबार सम्पन्न नेपाली कांग्रेसको १४ औ वडा अधिवेशनमा कानुलाई सर्वसम्मतबाट वडा सभापतिमा चयन गरिएको हो ।

शिवपार्वती धर्मसालामा आयोजित अधिवेशनमा कांग्रेसका क्रियाशील सदस्यहरुको उपस्थितिमा कानुलाई सर्वसम्मतबाट वडा सभापति चयन गरिएको निर्वाचन अधिकृत प्रदिप कुमार जैसवालले जानकारी दिए ।

वडा समितिको उपसभापतिमा आसमाराम गुप्ता, राकेस कुमार साह, सचिवमा भैरव बहादुर महर्जन, सह–सचिवमा राहुल कुमार गुप्ता र सुभनरायण प्रसाद पटेल रहेका छन भने सदस्यहरुमा सुमेश्वर साह, नितेश चौधरी, आकश गुप्ता, सुनिल कु गुप्ता, सुनिल कलवार लगायतका रहेका छन् ।

नेपाली कांग्रेसका नेता एवम् प्रदेश नं २ का उर्जा तथा खानेपानी मन्त्री ओम प्रकाश शर्माको उपस्तिथिमा भएको वडा अधिवेशनमा कांग्रेसका राकेश सिह, गिरिजा प्रसाद कोइराला फाउन्डेसन पर्साका सचिव मनोहर साह, प्रमानन्द कानु, रुपा श्रेष्ठले लगायतको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...