Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

नेपाली कांग्रेस वीरगंज १० को सभापतिमा कानु निर्विरोध निर्वाचित

spot_img
spot_img

वीरगञ्ज । नेपाली कांग्रेस वीरगंज महानगरपालिकाको वडा नं. १० को सभापतिमा रामनगिना साह कानु निर्विरोध निर्वाचित भएका छन् । बुधबार सम्पन्न नेपाली कांग्रेसको १४ औ वडा अधिवेशनमा कानुलाई सर्वसम्मतबाट वडा सभापतिमा चयन गरिएको हो ।

शिवपार्वती धर्मसालामा आयोजित अधिवेशनमा कांग्रेसका क्रियाशील सदस्यहरुको उपस्थितिमा कानुलाई सर्वसम्मतबाट वडा सभापति चयन गरिएको निर्वाचन अधिकृत प्रदिप कुमार जैसवालले जानकारी दिए ।

वडा समितिको उपसभापतिमा आसमाराम गुप्ता, राकेस कुमार साह, सचिवमा भैरव बहादुर महर्जन, सह–सचिवमा राहुल कुमार गुप्ता र सुभनरायण प्रसाद पटेल रहेका छन भने सदस्यहरुमा सुमेश्वर साह, नितेश चौधरी, आकश गुप्ता, सुनिल कु गुप्ता, सुनिल कलवार लगायतका रहेका छन् ।

नेपाली कांग्रेसका नेता एवम् प्रदेश नं २ का उर्जा तथा खानेपानी मन्त्री ओम प्रकाश शर्माको उपस्तिथिमा भएको वडा अधिवेशनमा कांग्रेसका राकेश सिह, गिरिजा प्रसाद कोइराला फाउन्डेसन पर्साका सचिव मनोहर साह, प्रमानन्द कानु, रुपा श्रेष्ठले लगायतको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जनमत पार्टीको दोस्रो महाधिवेशन असोज १० गते वीरगंजमा हुने

वीरगंज । जनमत पार्टीले आफ्नो दोस्रो महाधिवेशनको विस्तृत समयतालिका सार्वजनिक गरेको छ । पार्टीको दोस्रो महाधिवेशन आगामी २०८३ असोज १० गते शनिबार वीरगंजस्थित टाउनहलमा...

जेनजी आन्दोलनको एक वर्ष : सरकारले युवाको भावना सम्बोधन गर्न सकेन– अभियन्ता सहनी

वीरगंज । जेनजी आन्दोलन सुरु भएको एक वर्ष पूरा भएको अवसरमा जेनजी अभियन्ता कृष्ण मोहन सहनीले सरकारप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् । सहनीले एक...

जेनजी आन्दोलनको एक वर्षपछि पनि परिवर्तनको अपेक्षा अधुरै : कमन जेनजी अध्यक्ष साह

काठमाडौं । कमन जेनजी नेपालले ऐतिहासिक जेनजी आन्दोलन भएको एक वर्ष बितिसक्दासमेत देशले अपेक्षित राजनीतिक निकास पाउन नसकेको निष्कर्ष निकालेको छ । आन्दोलनपछि समाधान...