Date
आइत, अशोज १८, २०८३
Sun, October 4, 2026

छिपहरमाईको ४ वटा वडामा अधिवेशन सम्पन्न, वडा नं. १ को स्थगित

spot_img
spot_img

वीरगंज । पर्साको छिपहरमाई गाउँपालिकाको ४ वटा वडामा नेपाली कांग्रेसको वडा अधिवेशन बुधबार सम्पन्न भएको छ । वडा नं. ३ जयमंगलापुरमा सम्पन्न अधिवेशनमा वडा सभापतिमा कृष्णा सिंह निर्बाेरोध निर्वाचित भएका छन् ।

जुन वडा समितिको उप सभापतिमा शेख महमुद, हरिओम साह कानु, सचिवमा मनोहर राउत गद्दी, भुरसेद आलम, सह–सचिवमा जमुना तिवारी, मनोज ठाकुर लोहार, कोषाध्यक्षमा रमेश यादव, सदस्यहरुमा आवेज मियाँ, अरमान मियाँ, जोलहा कर्मी, हेमनाथ राउत लगायतका निर्बारोध निर्वाचित भएका हन् ।

मतदान अधिकृत धर्मेन्द्र चौरसियाको अध्यक्षतामा भएको अधिवेशनले क्षेत्रिय प्रतिनिधीमा नबिन सिंह, बिरेन्द्र राउत कुर्मी, मुस्तुफा अंसारी, शंकर राउत कुर्मी, दिपेन्द्र सिंह, रघुबर महतो, सगिर गद्दी, तबरेज अलि लगायतका १५ जना सर्वसहमत चयन भएका छ्न ।

यस्तै, छिपहरमाई गाउँपालिकाको वडा नं. २ सम्भौताको सभापतिमा इश्राईल देवान, वडा नं. ४ तुलसी बर्वाको सभापतिमा परमेश्वर महतो र वडा नं. ५ भिस्वाको सभापतिमा उदेश पटेल निर्बिरोध निर्वाचित भएको नेपाली कांग्रेसका जिल्ला समिति सदस्य नबिन सिंहले जानकारी दिए ।

छिपहरमाई गाउँपालिकाको वडा नं. १ मिर्जापुरको वडा अधिवेशन सहमति जुट्न नसकेपछि स्थगित भएको छ । अधिवेशनमा विवाद भएपछि मतदान अधिकृतले स्थगित गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मितेरी पुलबाट ११ किलोभन्दा बढी चरेस बरामद, वीरगञ्जका एक पक्राउ

वीरगञ्ज । वीरगञ्ज–रक्सौल जोड्ने ऐतिहासिक मितेरी पुलबाट ११ किलोभन्दा बढी अवैध लागूऔषध चरेससहित एक नेपाली नागरिक पक्राउ परेका छन्। भारततर्फ ठूलो परिमाणमा लागूऔषध ओसारपसार भइरहेको...

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित गरिने बताउनुभएको छ । आज सामाजिक सञ्जालमार्फत उहाँले हरेक नागरिकको आवासको अधिकार सुनिश्चित...

दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु

जनकपुरधाम । मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामै विभिन्न विपद्का ४५९ घटना भएका छन् । ती घटनामा परी ९२ जनाको मृत्यु...