Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

कालिकामाईकाे सबै वडामा नेपाली कांग्रेसकाे अधिबेशन सम्पन्न

spot_img
spot_img

वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिकाकाे सबै वडामा बुधबार नेपाली कांग्रेसकाे वडा अधिवेशन सम्पन्न भएकाे छ । गाउँपालिका अन्तर्गत रहेकाे ५ वटा वडा मध्ये वडा नं. १, २ र ३ मा सर्वसमत र वडा नं. ४ र ५ मा निर्वाचनबाट वडा समिति चयन गर्दै अधिवेशन सम्पन्न भएकाे हाे । 

वडा नं. ४ प्रशुरामपुरमा वडा समिति चयनकाे लागि भएकाे निर्वाचनमा सिकेन्द्र देवानकाे प्यानल विजयी भएकाे छ । वडा समितिका सभापतिमा उमेश गुप्तालाई हराउँदै सिकेन्द्र देवान विजयी भएका हुन् ।

उनका साथै उन कै प्यानलका उप सभापतिका उम्मेदवार गुलशन खातुन, सफातुन देवानीन, सचिवमा ध्रुप साह गाेढ, अमरदेव राउत बरै, उप सचिवमा शेष दास तत्वा, सुरेन्द्र साह गाेढ, सदस्यहरुमा उपदेश देवान, सत्यनारायण दास तत्वा, संजय साह गाेढ, साविर हुसेन लगायतका विजयी भएकाे मतदान अधिकृत अनिल कुमार गिरीले जानकारी दिए ।

यस्तै, क्षेत्रिय प्रतिनिधिमा गाेपाल साह गाेढ, फरियाद हुसेन, माेरियम खातुन, आविद हुसेन, माेलाजिम मियाँ, विजय कुमार चाैरसिया, करिमन साह तेली, भागमति देवी, शम्भु साह तेली, संजय कुमार साह, छाेटेलाल दास तत्वा, सुनैना देवी, धिरज साह, लक्ष्मण साह र अर्जुन साह निर्वाचित भएका हुन् ।

यस्तै, वडा नं. ५ बिरन्चीबर्वामा भएकाे निर्वाचनमा अम्बिका ठाकुरकाे प्यानल विजयी भएकाे छ । वडा सभापतिका उम्मेदवार दुखी राउत कुर्मीलाई ९ मतले हराउँदै अम्विका ठाकुर विजयी भएका हुन् । खसेकाे ४७ मत मध्ये कुर्मीले १९ मत प्राप्त गरेका थिए भने ठाकुरले २८ मत प्राप्त गरी विजयी घाेषित भएका थिए ।

वडा समितिकाे उप सभापतिमा असर्फी राउत कम्मकर २६ मत प्राप्त गरी र पप्पु तिवारी निर्विराेध विजयी भएका हुन् । समितिकाे सचिवमा हिरा चाैहन लगायत विययी भएका छन् । क्षेत्रिय प्रतिनिधिमा मदन माेहन माली लगायत १५ जना पनि निर्वाचन पक्रियाबाट निर्वाचित भएकाे जनाइएकाे छ ।

वडा नं. ३ हरिहरपुरकाे सभापतिमा रामशिष चाैरसिया निर्विराेध निर्वाचित भएका छन् । हरिहरपुरमा सम्पन्न नेपाली कांग्रेसकाे वडा अधिवेशनमा वडा सभापतिमा चाैरसियासहित सम्पूर्ण पदाधिकारी, सदस्य र क्षेत्रिय प्रतिनिधिहरु निर्विराेध निर्वाचित भएका हुन् ।

वडा समितिकाे उप सभापतिमा रामबहादुर साह गाेढ, दिनेश प्रसाद कुर्मी, सचिवमा हेमन्त कुमार कर्ण, महमद मन्जुर आलम, सह सचिवमा दिनेश चाैरसिया, अनुज चाैरसिया, काेषाध्यमा धुनिया देवी निर्विराेध निर्वाचित भएकाे वताइएकाे छ ।

यस्तै,  क्षेत्रिय प्रतिनिधिमा पंचानन्द मिश्रा, सचितानन्द मिश्रा, डा. रामाशंकर प्रसाद कुर्मी, मुनेशवर साह गाेढ, हरिन्द्र प्रसाद जयसवाल लगायतका निर्विराेध निर्वाचित भएका हुन् ।

यस्तै, कालिकामाई गाउँपालिकाकाे वडा नं. १ र २ मा निर्विराेध वडा समिति र क्षेत्रिय प्रतिनिधि निर्वाचित भएका छन् । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जनमत पार्टीको दोस्रो महाधिवेशन असोज १० गते वीरगंजमा हुने

वीरगंज । जनमत पार्टीले आफ्नो दोस्रो महाधिवेशनको विस्तृत समयतालिका सार्वजनिक गरेको छ । पार्टीको दोस्रो महाधिवेशन आगामी २०८३ असोज १० गते शनिबार वीरगंजस्थित टाउनहलमा...

जेनजी आन्दोलनको एक वर्ष : सरकारले युवाको भावना सम्बोधन गर्न सकेन– अभियन्ता सहनी

वीरगंज । जेनजी आन्दोलन सुरु भएको एक वर्ष पूरा भएको अवसरमा जेनजी अभियन्ता कृष्ण मोहन सहनीले सरकारप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् । सहनीले एक...

जेनजी आन्दोलनको एक वर्षपछि पनि परिवर्तनको अपेक्षा अधुरै : कमन जेनजी अध्यक्ष साह

काठमाडौं । कमन जेनजी नेपालले ऐतिहासिक जेनजी आन्दोलन भएको एक वर्ष बितिसक्दासमेत देशले अपेक्षित राजनीतिक निकास पाउन नसकेको निष्कर्ष निकालेको छ । आन्दोलनपछि समाधान...