Date
आइत, अशोज १८, २०८३
Sun, October 4, 2026

नेपाली कांग्रेस जिराभवानी २ काे सभापतिमा चाैरसिया निर्विराेध निर्वाचित

spot_img
spot_img

वीरगंज । नेपाली कांग्रेस जिराभवानी गाउँपालिका वडा नं. २ को सभापतिमा सरोज चौरसिया निर्विराेध निर्वाचित भएका छन् । १४ औं महाधिवेशन अन्तर्गत  बुधबार सम्पन्न वडा अधिवेशनमा चौरसिया निर्विराेध निर्वाचित भएकाे मतदान अधिकृत रामबाबु प्रसाद कानुले जानकारी दिए ।

यस्तै, सेढवामा भएकाे अधिवेशनमा वडा समितिको उपसभापतिमा ललिता देवी, बालेश्वर यादव, सचिवमा खेमराज प्रसाद महतो, अमृत चौधरी, सह-सचिवमा विरेन्द्र महरा र सत्म्वा चौधरी थारु निर्वाचित भएकाे अधिकृत कानुले जानकारी गराए ।

वडा सभापतिमा विजयी चौरसिया विद्यार्थी राजनीतिको पृष्ठभूमि बोकेका व्यक्ति हुन् । उनले लामो समयसम्म सामाजिक क्षेत्रमा पनि काम गरेका छन् । चौरसिया लामो समयदेखि गाउँपालिकामा बसेर सामाजिक र राजनीतिक कार्यमा सक्रिय छन् ।

यस्तै, अधिबेशनले प्रदेश सभा सदस्य शंकर प्रसाद चाैधरीसहित  १५ जना क्षेत्रिय प्रतिनिधि पनि सर्वसमत चयन गरेकाे छ ।

निर्विराेध निर्वाचित क्षेत्रिय प्रतिनिधिहरुमा दिनेश चाैधरी थारु, सत्यनारायण साह कानु, पन्ना देवी चमार, लिलावती देवी चमार, ज्ञानती देवी यादव, पासपत चाैधरी, रधुनाथ प्रसाद यादव, माेहन चाैधरी, नविरसुल मियाँ, वृजु महताे थारु, रामराज दास थारु, इन्द्रजित पासवान, अनाेज चाैधरी, रामनारायण साह कानु रहेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मितेरी पुलबाट ११ किलोभन्दा बढी चरेस बरामद, वीरगञ्जका एक पक्राउ

वीरगञ्ज । वीरगञ्ज–रक्सौल जोड्ने ऐतिहासिक मितेरी पुलबाट ११ किलोभन्दा बढी अवैध लागूऔषध चरेससहित एक नेपाली नागरिक पक्राउ परेका छन्। भारततर्फ ठूलो परिमाणमा लागूऔषध ओसारपसार भइरहेको...

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित गरिने बताउनुभएको छ । आज सामाजिक सञ्जालमार्फत उहाँले हरेक नागरिकको आवासको अधिकार सुनिश्चित...

दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु

जनकपुरधाम । मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामै विभिन्न विपद्का ४५९ घटना भएका छन् । ती घटनामा परी ९२ जनाको मृत्यु...