Date
मङ्ल, अशोज ६, २०८३
Tue, September 22, 2026

एमबिबिएस प्रबेश परिक्षमा सफल छात्रालाई गाउँपालिकाकाे प्राेत्साहन अनुदान

spot_img
spot_img

वीरगंज । पर्साकाे धाेबिनी गाउँपालिकाले एमबिबिएस अध्ययनकाे लागि पूर्ण छात्रवृती पाएकी एक छात्रालाई आर्थिक सहयाेग गरेकाे छ । धाेबिनी गाउँपालिकाकाे वडा नं. ५ धाेबिनीका इजहार अन्सारीकी छाेरी सबिना खातुनलाई गाउँपालिकाले प्राेत्साहन स्वरुप एक लाख सहयाेग गरेकाे हाे ।

गाउँपालिकाले आइतबार एक कार्यक्रमकाे बिच खातुनलाई सहयाेग रकम एक लाख बराबरकाे चेक हस्तान्तरण गरेकाे छ । गाउँ कार्यपालिकाकाे कार्यालय लंगडीमा भएकाे कार्यक्रममा गाउँपालिका अध्यक्ष सुरेश प्रसाद कुर्मी र उपाध्यक्ष पारसनाथ कुर्मीले संयुक्त रुपमा खातुनलाई चेक हस्तान्तरण गरेका थिए ।

एमबिबिएस अध्ययनका लागि नेपाल सरकारबाट पूर्ण छात्रवृती पाएकी खातुनलाई प्राेत्साहन स्वरुप एक लाख प्रदान गरिएकाे प्रमुख प्रशासकिय अधिकृत राजु साहले वताए । त्यस्ता छात्राहरुलाई प्राेत्साहन गर्न राखिएकाे गाउँपालिकाकाे याेजनाबाट नै साे रकम सहयाेग गरिएकाे उनले जानकारी दिए ।

उनले भने “गाउँपालिकाकाे सानाे सहयाेगले छात्रालाई हाेस्टल खर्च वा अन्य खर्चमा सहुलियत हुने छ । यसबाट अन्य छात्र/छात्राहरुलाई मिहिने साथ अध्ययन गर्न प्राेत्साहन हुने छन् ।”

चेक हस्तान्तरण कार्यक्रममा वडाध्यक्षहरु ललन राउत कुर्मी, नन्दलाल प्रसाद कुर्मी, राजकिशाेर प्रसाद कुर्मी, मजिद मियाँ, मानवर अहमद, कार्यपालिका सदस्यहरु, गाउँपालिकाका कर्मचारीहरु लगायतकाे उपस्थिती रहेकाे थियाे । 

नेपाल सरकारबाट पूर्ण छात्रवृति पाएकी साधारण परिवारकी खातुन नेपालगंज मेडिकल कलेजमा एमबिबिएसमाअध्ययन गर्न लागेकी हुन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु

वीरगंज । त्रिपुरेश्वरमा सोमबार बसमा भएको आगलागीमा परी गम्भीर घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा २५ वर्षीय चालक दावा लामा रहेका...

महिला भलिबलः नेपाल हङ्कङसँग पराजित

काठमाडौँ । जापानमा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबल खेलमा नेपाल हङकङसँग पराजित भएको छ । जापानको ओकाजाकी सेन्ट्रल पार्क जनरल जिम्नेसियममा आज...

उपराष्ट्रपति रामसहायप्रसाद यादव र चिनियाँ राजदूतबीच भेट

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गर्नुभएको छ । भेटमा नेपाल–चीन द्विपक्षीय सम्बन्ध,...