Date
सोम, असार ८, २०८३
Mon, June 22, 2026

मूल जनगणनाकाे लागि गणकहरु घर घरमा पुग्दै, धर्म र भाषामा चासाे

spot_img
spot_img

वीरगंज । पर्सामा राष्ट्रिय जनगणना २०७८ काे लागि ५५६ गणक खटिएका छन् । ’मेरो गणना, मेरो सहभागिता“ नाराका साथ बिहीवारदेखि सुरु भएकाे दाेस्राे चरणकाे मुल जनगणनाकाे लागि पर्सामा गणककाे दरबन्दी ५७० भए पनि ५५६ गणक खटिएका हुन् । 

यस अघि १४२ जना सुपरिवेक्षकहरुले सुचिकरण गरेकाे ९३१४० जनगणना घर संख्याकाे गणकहरुले गणना गर्न घर घरमा पुग्ने जिल्ला जनगणना अधिकारी केशव ज्ञवालीले जानकारी दिए । सपरिवेक्षकहरुकाे सुचिकरण अनुसार पर्सामा जम्मा घर संख्या एक लाख १८ हजार ५ सय १५ रहेकाे छ भने जनगणना परिवार संख्या एक लाख १७ हजार ६ सय २१ रहेकाे छ ।
 
कात्तिक २५ गते बिहिबारदेखि शुरू भएको जनगणना मङ्सिर ९ गतेसम्म चल्ने छ । प्रभावकारीरूपमा जनगणना गर्नका लागि पर्सा जिल्लामा  ६ वटा स्थानिय जनगणना कार्यालय स्थापना गरिएको छ । यसका साथै गणकहरुले गरेकाे कामकाे एक सय ४२ सुपरिवेक्षकहरुले  सुपरिवेक्षण र जिल्ला जनगणना कार्यालय तथा स्थानिय जनगणना कार्यालयबाट अनुगमन भइरहेकाे अधिकारी ज्ञावलीले वताए ।

वीरगञ्ज महानगरमा जिल्ला जनगणना कार्यालय पर्सा र महानगरको लागि परवानीपुरमा अर्को कार्यालय स्थापना गरिएको छ । त्यसैगरी, सखुवाप्रसौनी गाउँपालिकालाई समेत हेर्ने गरी पर्सागढी नगरपालिकामा कार्यालय स्थापना गरिएको छ । 

ठोरी, जगरनाथपुर, पटेर्वासुगौली र जीराभवानी गाउँपालिकाको लागि जीराभवानीको सेढवामा कार्यालय सञ्चालनमा आएको छ । धोबिनी, पकाहामैनपुर, कालिकामाई र छिपहरमाई  गापाको लागि कालिकामाई गाउँपालिकाको मुडलीमा कार्यालय स्थापना गरिएको जिल्ला जनगणना कार्यालय पर्साका सहायक कर्मचारी अमित खड्काले वताए ।

जनगणनाको पहिलो चरणमा सुपरीवेक्षकले घर सङ्ख्या, परिवार सङ्ख्या, कृषि विवरण, आर्थिक गतिविधि, बैंक खाता आदिका बारेमा सामान्य विवरण सङ्कलन गरी घरको सूचीकरण गरिसकेको र सूचीकरणपश्चात् दोस्रो चरणको गणकले जात, धर्म, संस्कृति, शैक्षिक विवरण, आर्थिक गतिविधि, मृत्युसँग सम्बन्धित विवरण सङ्कलन शुरू गरिरहेको जिल्ला जनगणना अधिकारी ज्ञवालीले जनाए ।

जनगणनामा व्यक्तिगत तथा पारिवारिक विवरण संकलनका लागि ८० वटा प्रश्नसहितको प्रश्नावली बनाइएको छ । यी प्रश्नबाट नेपालको ग्रामीण र शहरी भेगमा बसोबास गर्ने जनसंख्या, उनीहरुको रोजगारीको स्थिति, वित्तीय पहुँच, उमेर आम्दानीको स्थिति, शैक्षिक अवस्था, बसाइसराइको दर लगायतका तथ्यांक संकलन गरिन्छ ।

धर्म, जाति र भाषामा चासाे 

राष्ट्रिय जनगणनाकाे लागि गणकहरु घर घरमा पुग्न थालेपछि धर्म, जाति र भाषामा चासाे देखिएकाे छ । पर्सामा विभिन्न भाषाका अगुवाहरु, विभिन्न जाति संगठनहरु र धर्मका अगुवाहरु चासाे देखाएका हुन् ।

 विभिन्न भाषा, जाति र धर्मका अगुवाहरु प्रेस विज्ञप्ती नै जारी गरेर यिस्ताे चासाे देखाएका हुन् । कतिपैले समाजिक संजालमा जनणनामा झेल नहाेस् यथार्थमा विवरण संकलन गरियाेस् भने सतर्क समेत गराएका छन् । 

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बिन्दवासिनीमाई टी–२० नकआउट क्रिकेट प्रतियोगिता सुरु, युवा नेता पटेलद्वारा उद्घाटन

वीरगंज । पर्साको वीरगंज महानगरपालिका–१९ मा शनिबारदेखि श्री बिन्दवासिनी माई टी–२० नकआउट क्रिकेट प्रतियोगिता सुरु भएको छ । श्री बिन्दवासिनी माई युवा क्लब, वीरगंज–१९...

जिराभवानी गाउँपालिकाले ल्यायो ४० करोड ८३ लाखको बजेट, शिक्षा-स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकता

सेढवा । पर्साको जिराभवानी गाउँपालिकाले १७औँ गाउँसभामार्फत आर्थिक वर्ष २०८३/८४ का लागि ४० करोड ८३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँपालिका अध्यक्ष अनोज चौधरीले...

वीरगंजमा लापसे चेकजाँच : ५ चालक नियन्त्रणमा, कारबाहीका लागि प्रहरीको जिम्मा लगाइयो

वीरगंज । वीरगंज महानगरपालिका–१४ स्थित गण्डक क्षेत्रमा सञ्चालन गरिएको लापरवाहीपूर्वक सवारी सञ्चालन (लापसे) सम्बन्धी विशेष चेकजाँच अभियानका क्रममा ५ जना चालकलाई नियन्त्रणमा लिइएको छ...