Date
बिहि, अशोज १, २०८३
Thu, September 17, 2026

धाेरे मेला शान्तिपूर्ण रुपमा सम्पन्न

spot_img
spot_img

वीरगंज । पर्साकाे पकहा मैनपुर गाउँपालिका वडा नं. १ धाेरेमा छठकाे पर्नाका दिन बिहिबार लागेकाे मेला शान्तिपूर्ण रुपमा सम्पन्न भएकाे छ । मेलामा आयाेजित बिशाल कुस्ती प्रतियाेगि पनि शान्ति पूर्ण रुपमा सम्पन्न भएकाे हाे ।

प्रत्येक बर्ष झै यस बर्ष पनि छठकाे परनाकाे दिन लागेकाे मेलामा भएकाे कुस्ती प्रतियाेगिताकाे उद्घाटन मेला समितिका अध्यक्ष सुरेश मेहताले गरेका थिए ।  

प्रतियाेगिता भारतकाे गाेरखपुर, बनारस, गाजिपुर तथा नेपालकाे विभिन्न जिल्लाका नाम चल्लेका पहलवानहरु भाग लिएका थिए । साे प्रतियाेगितामा भारत गाेरखपुरका विवेक यादव र नेपालका राजा यादव उत्कृष्ट घाेषित भएका थिए ।

कुस्ती प्रतियाेगितामा पकहा मैनपुर गाउँपालिकाका अध्यक्ष विजय चाैरसिया, जनता समाजवादीका नेता गाैरीशंकर साह, नेकपा (एकीकृत समाजवादी) का नेता मदन हजारा पासवान लगायतकाे विशेष उपस्थित रहेकाे थियाे ।

साेही अवसरमा मेला समितिका अध्यक्ष मेहताले नेपालका चर्चित पहलवान नरेश गिरी र डेबा पहलवानलाई सम्मान समेत गरेका थिए । कुस्ती देख्ने नेपालकाे पर्सा, बारा र भारतकाे सिमावर्ती गाउँ र सहरका हजाराैं दर्शनकाे उपस्थिती रहेकाे थियाे । 

मेलाकाे भिड नियन्त्रण गर्न वाक्लाे संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजको मुख्य सडक केबलरहित बनाइँदै, विद्युत् र टेलिकमसहितका संरचना भूमिगत गरिने

वीरगंज । विस्तारको क्रममा रहेको वीरगंजको मुख्य सडकलाई केबलरहित बनाउँदै विद्युत्, खानेपानी, टेलिकम तथा अन्य आवश्यक सेवाका संरचना भूमिगत गर्न पहल गरिने भएको छ...

वीरगंजमा बेवारिसे भारतिय कारबाट ४ थान पेस्तोल र ६ राउन्ड गोली बरामद

वीरगंज । पर्साको वीरगंज महानगरपालिका–१५ बास्तूबिहार चोकबाट सशस्त्र प्रहरीले बेवारिसे अवस्थामा रहेको कारबाट ४ थान पेस्तोल र ६ थान गोली बरामद गरेको छ । सशस्त्र...

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ । जापानमा जारी २०औँ संस्करणको एसियाली खेलकुदमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज इन्डोनेसियाविरुद्ध खेल्दैछ । नेपाल र इन्डोनेसियाबीचको खेल अपराह्न ४:०० देखि कोमाकीस्थित पार्क...