Date
बुध, साउन ६, २०८३
Wed, July 22, 2026

शरदा शिक्षण संस्थाकाे उद्घाटन

spot_img
spot_img

वीरगंज । पर्साकाे छिपहरमाई गाउँपालिका वडा नं. १ मिर्जापुरमा शरदा शिक्षण संस्थानको स्थापना गरिएको छ । उक्त शिक्षण संस्थानको उद्घाट बिहिबार एक कार्यक्रमका बिच जनता समाजवादी पार्टीका छिपहरमाई गाउँपालिका संयाेजक ईन्द्रासन साह कलवारले गरेका हुन् ।

शिक्षण संस्थाकाे उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथी समेत रहेका संयाेजक कलवारले निशुल्क रुपमा शिक्षा दिने उद्देश्यले स्थापना भएकाे शिक्षण संस्थाबाट गरिब, दलित, विपन्न परिवारका बालबालिका लभान्वित हुने विश्वास व्यक्त गरे ।

गाउँ घरमा घुमिरहेका गरिब, असहाय शिक्षाबाट वञ्चित रहेका सबै बालबालिकाहरुको लागि निशुल्क शिक्षा दिने शारदा शिक्षण सँस्थानको उदेश्य रहेको कार्यक्रमका व्यवस्थापक नुतून उपाध्यायले बताए ।

 गगनदेव यादवकाे अध्यक्षतामा भएकाे उद्घाटन कार्यक्रममा हरिमाधव यादव, रामपुकार यादव, लालबहादुर यादव, हिरालाल यादव, हिमाञ्चल कुशवाहा,वीरेन्द्र यादव, रमेश कुशवाहा, मोतीलाल साह,जय कुशवाहा, बाबुलाल साह, सुशील हजरा, नन्दलाल यादव, अशोक यादव, अर्जुन यादव लगायत शिक्षक, सुरक्षाकर्मी, स्थानिय संचारकर्मीकाे उपस्थीती रहेको थियो ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जीतपुर–सिमरामा इँटा, काठ, कोइला र क्लिङ्करमा कर असुली गैरकानुनी भएको उद्योगीको दाबी

वीरगंज । जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत इँटा, काठ, पिना, कोइला र क्लिङ्करमा कर असुल गरिरहेको भन्दै उद्योगी–व्यवसायीहरूले उक्त करलाई गैरकानुनी भएको दाबी गरेका छन्...

कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष संजय पटेल धराैटीमा रिहा

वीरगंज । पर्साको कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष संजय पटेल धराैटीमा रिहा भएका छन् । अभद्र व्यवहार मुद्दामा पक्राउ परेका वडाध्यक्ष पटेल १० हजार रुपैया...

सिर्सिया नदी प्रदूषणमा सरकारकाे एक्सन : १२ उद्योगलाई १०/१० लाख जरिवाना

वीरगंज । बारा–पर्साको सिर्सिया नदी आसपास सञ्चालित उद्योगहरूले वातावरणीय मापदण्ड उल्लंघन गरेको पुष्टि भएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १२ उद्योगलाई जनही १० लाख...