Date
बिहि, अशोज ८, २०८३
Thu, September 24, 2026

उत्कृष्ट गायक भाेजपुरी अर्वाड सुनिल पण्डितलाई

spot_img
spot_img

वीरगंज । प्रथम रेडियाे सान्भी म्यूजिक अर्वाड २०७८ अन्तर्गत उत्कृष्ट गायक भाेजपुरी अर्वाड सुनिल पण्डितलाई प्रदान गरिएकाे छ । वीरगंजस्थित भिस्वा हाेटलमा साेमबार सांझ भएकाे अर्वाड वितरण समाराेहमा उत्कृष्ट गायक अर्वाड पण्डितलाई प्रदान गरिएकाे हाे ।

रेडियाे सान्भीकाे आयाेजनमा भएकाे प्रथम रेडियाे म्यूजिक अर्वाड अन्तर्गत नै उत्कृष्ट गायक नेपाली अर्वाड सन्जु अमात्यलाई, उत्कृष्ट गायिका अर्वाड दीपशिखा मिश्रालाई, स्पेशल सान्भी म्युजिक अर्वाड मुनिलाल प्रदेशीलाई, उत्कृष्ट संगितकार अवार्ड विवेक परियारलाई, उत्कृष्ट गीतकार अर्वाड अजमत अलीलाई, उत्कृष्ट नव गायक (नेपाली) अर्वाड अर्वाड अनुप तिवारीलाई, उत्कृष्ट नव गायिका अर्वाड (नेपाली) सुरभी मिश्रालाई, उत्कृष्ट नव गायक (भाेजपुरी) अर्वाड छाेटु राजा, उत्कृत नव गायिका अर्वाड (भाेजपुरी) अंजली गुप्तालाई प्रदान गरिएकाे छ ।

यस्तै, उत्कृष्ट लोकगीत अर्वाड सलिम मियाँ,  उत्कृष्ट संगीत समूह अर्वाड परियार ब्रदर्शलाई, उत्कृत गीत अर्वाड चन्दन प्रजापतीलाई, पिपुल च्वाइस अर्वाड शर्मा चौहानलाई, लाईफ टाईम एचिभमेन्ट वार्ड (नेपाली) गणेश परियारलाई र लाईफ टाईम एचिभमेन्ट वार्ड (भोजपुरी) अनिल बर्मालाई प्रदान गरिएकाे आयाेजक रेडियाे सान्भीका सामाचार प्रमुख दिपक गाैतमले जानकारी दिए ।

साेही कार्यक्रममा रेडियाे सान्भीले कुस्ती तर्फ सुनिल कुमारलाई, उधाेग तर्फ राजेश आग्रवाललाई, शिक्षा तर्फ बृजमोहन तिवारीलाई, कृषि तर्फ मुनिलाल प्रसादलाई, न्याय तर्फ अधिवक्ता शुधिर कर्णलाई र संचार तर्फ ओमप्रकाश खनाललाई सम्मान समेत गरेकाे थियाे ।

पिसि मिडिया नेटवर्कका संचालक सुमित राैनियारकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे उद्घाटन संघिय सरकारकाे कृषी तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवले गरेका थिए ।

कार्यक्रमलाई सम्बाेधन गर्दै मन्त्री यादवले देशको सांस्कृतीको रक्षा, मौलिक हक र लोकतन्त्रको पक्षमा रेडियोको भुमिका महत्त्वपूर्ण रहेकाे वताए । उनले भोजपुरी भाषा, सांगिति र आर्थिक बिकासको लागि कार्यक्रमले महत्त्वपूर्ण योगदान पुग्ने बिश्वास ब्यक्त गरे ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका मन्त्री यादवले गठबन्धनकाे संयुक्त सरकार पत्रकारको समस्यालाई गहन रुपले लिएको वताए । 

कार्यक्रममा बाराका संघिय सांसद रामबाबु यादव, पर्साका निलम्वित सांसद हरिनारायण राैनियार, प्रदेश सांसद करिमा बेगम, मंजुर अन्सारी, वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगी, सखुवा प्रसाैनी गाउँपालिकाका अध्यक्ष प्रदिप जयसवाल, जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँ, बिन्दवासिनी गाउँपालिकाका अध्यक्ष श्रीलाल साह कानु,  पाेखरिया नगरपालिकाकी उप मेयर सलमा खातुन, नेपाली कांग्रेस पर्साका सभापति अजय द्विवेदी, नेतृ सुस्मा तिवारी द्विवेदी, लाेकतान्त्रिक समाजवादी पार्टीका केन्द्रिय सदस्य नेजामुदिन सम्मानी, जनता समाजवादी पर्साका अध्यक्ष रामनरेश यादव, सचिव तबरेज अहमद, प्रदेश सभा सदस्य गाैरीशंकर साह, नेकपा एकिकृत समाजवादीका वीरगंज महानगर अध्यक्ष मनाेज चाैधरी, सचिव बृजलाल पासवान, वीरगंज उद्याेग वाणिज्यका अध्यक्ष सुबाेध गुप्ता, गायक पप्पु मिश्रा, मन्दिप खड्का लगायतकाे सहभागिता रहेकाे थियाे ।  

कार्यक्रमकाे संचालन रेडियाे सान्भीकी स्वेता क्षेत्री र सुर्यनारायण विकले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्राइम कमर्सियल बैंकको वार्षिकोत्सवमा रक्तदान, ७५ जनाले दिए रगत

वीरगंज । प्राइम कमर्सियल बैंक लिमिटेडको २०औँ वार्षिकोत्सवको अवसरमा बैंकको वीरगञ्ज शाखाले रक्तदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा चार महिलासहित ७५ जनाले रक्तदान गरेका...

आजपा उपत्यका विशेष कमिटीको अध्यक्षमा पासाङ तामाङ

काठमाडौं । आम जनता पार्टी (आजपा)को उपत्यका विशेष कमिटी पुनर्गठन भएको छ । पासाङ तामाङको अध्यक्षतामा ८७ सदस्यीय कमिटी गठन भएको हो । कमिटीको उपाध्यक्षमा...

भारी वर्षाको सम्भावना, पर्सावासीलाई सतर्क रहन प्रशासनको आग्रह

वीरगंज । जिल्ला प्रशासन कार्यालय पर्साले आगामी दिनमा भारी वर्षा तथा अति भारी वर्षाको सम्भावना रहेकाले जिल्लावासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। कार्यालयले बुधबार...