Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

मेयर साहकाे पहलमा दुबईबाट थप ४ जनाकाे उद्दार

spot_img
spot_img

वीरगंज । पर्साकाे बहुदरमाई नगरपालिका वडा नम्बर ६ गम्हरियाबाट दुबई गएर अलपत्र परेका थप ४ जनालाई नगर प्रमुख नितेन्द्र साहकाे पहलमा उद्दार गरिएकाे छ ।  

बैदेशिक रोजगारी लागि दुबई गाएका गम्हरियाका संजय हजरा, बिजय हजरा, बिशाल हजरा र अवधकिशोर राम समस्यामा परेका थिए ।

केही दिन अघि दुबई भ्रमणमा गएका बेला नै समस्यामा परेका उनीहरु मेयर साहकाे सम्पर्कमा आएका थिए । समस्यामा परेका युवाहरु आफुसंगै घर लग्न मेयर साहलाई आग्रह गरेपनि त्याे बेला सम्भव नभएका कारण घर बाेलाउन प्रतिबद्धता जनाउँदै उनी नेपाल फर्केका थिए ।

त्याे बेला पनि मेयर साहले बहुदरमाई कै ७ जना युवाकाे उद्दार गरि घर फर्काएका थिए । साेही समयमा वाकी ४ जनाकाे पासपाेर्ट त्यहाँका एजेन्टकाे नियन्त्रणमा रहेकाले फिर्ता गराउन पहल थालेका थिए ।

त्यसकाे केही समयपछि स्थानिय राहुद यादवकाे सहयाेगमा मेयर साहले ति युवाहरुलाई घर फर्काउन सफल भएका हुन् ।

रौतहटकाे बरहथवाका एजेंट सुरेन्द्र यादवले प्रति व्यक्ति दुई/दुई लाख रकम लिएर टुरिस्ट भिसामा बैदेशिक राेजगारकाे लागि दुबई पठाएपछि उनीहरु त्यहाँ पुगेपछि समस्या परेका थिए । दुबई पुगेपछि एक बंगाली नागरिकले उनीहरुकाे पासर्पाेट आफ्नाे नियन्त्रणमा लिई बन्धक समेत बनाएका थिए ।

एजेंट यादवले ती चार जनालाई ललाई फकाई दुबईमा पुर्‍याएपछि त्यहाँ कम्पनीले १८/१९ घन्टा क्लिनरको काममा लगाई २४ दिन गरेको मजदुरी मध्ये एक रुपैया पनि खानको लागि नदिई बंधक बनाई सोसन गर्दै आएका थिए ।

एजेन्ट सुरेन्द्र यादवले दुबईमा चक्लेट फैक्ट्रीमा काम लगाउछु र दुबईको १३ सयको महिना पाईन्छ भन्दै भिजीट भिसामा पठाई अलपत्र पारेका थिए । 

आइतबार घर फर्केका समस्यामा परेका युवाहरुलाई नगरपालिकाले स्वागत गर्दै अभिभावकाे जिम्मा लगाएकाे छ । 

साे अवसरमा वाेल्दै मेयर साहले बैदेशिक राेजगारीमा जानु भन्दा स्वदेश मै राेजगार गर्नु पर्नेमा जाेड दिए । उनले गाईपालन, बाख्रापालन लगायतकाे कृषि कार्य गरेर जिविकाेपार्जन गर्न सकिने वताए । 

मेयर साहले स्वदेश मै कृषी कार्य गरेर जिविकाेपार्जन गर्न खाेजिने युवाहरुलाई नगरपालिकाले सहयाेग गर्ने समेत आश्वासन दिए ।

स्वागत कार्यक्रममा नेपाली कांग्रेस पर्सा क्षेत्र नं. २ का सभापति गम्भिरा साह तेली, वडाध्यक्ष केदारनाथ तिवारी, जितेन्द्र पटेल, लेखापाल हरि प्रसाद कुर्मी लगायत स्थानियहरुकाे उपस्थिती रहेकाे थियाे । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...