Date
शनि, भदौ २७, २०८३
Sat, September 12, 2026

सिकडले बाँधिएर राखिकाे अवस्थाबाट उद्दार जागेश्वरकाे जिवनमा अदभुत परिवर्तन

spot_img
spot_img

वीरगंज । जीवनदेखि आशा नै मारिसकेका जागेश्वर ठाकुर मानवसेवा आश्रम वीरगंजको कारण यस बर्ष भाई टिका लगाउन पाएका छन् । ४ बर्ष देखि फलामे सङ्ग्लोमा पशु सरह बाँधिएर राखिएको अवस्थाबाट उद्दार उनलाई मानव सेवा आश्रम पर्साकी संयाेजक सानु मानवसेवा नै टिका लगाईदिएका हुन् ।

२०७८ जेष्ठ २१ गतेको दिन बाराकाे मोतिसत गाउँबाट विगत ४ बर्षदेखि फलामे सङ्ग्लोमा पशु सरह बाँधिएर राखिएको अवस्थाबाट मानवसेवा आश्रम बिरगंज शाखाले उनकाे उद्दार गरेको थियो ।

उनलाई आफ्नै परिवारजनले साङ्लोले बाधेर राखेका थिए । १२ वर्ष अघि ठाकुर एक धेरै नाम चलेका मिस्त्री थिए । उनले गरेको काठको काममा उनको सिपको चर्चा बाराकाे धेरै गाउँमा हुने गर्दथ्यो । तर १२ वर्षदेखि उनको मानषिक सन्तुलन बिग्रिएको हुनाले उनी मानिषलाई देख्दा गाली गर्ने मात्रै होइन एक्लै पनि कराई रहन्थे।

आश्रमको नियमित हेरचार र सेयारसुसारले ठाकुर अब आफ्नो काम आफै गर्ने भएका छन । ठाकुर अब कुनै न्या व्यक्ति हेर्दा गाली गर्नुको सट्टा नमस्कार गरेर सम्बोधन समेत गर्छन । 

आश्रममा ल्याइसकेपछि आश्रमको माया, प्रेम र आश्रममा नि.शुल्क रुपमा डा. भारत कुमार गोइतकाे औषधी उपचारपछि उनमा अधभुत परिवर्तन आएकाे छ । अबकाे केहि महिनापछि आश्रमले चाडै उनकाे पारिवारिक पुनर्मिलन समेत गराउने मानव सेवा आश्रम प्रदेश न. २ का संयोजक देवेश गुप्ताले जानकारी दिए ।

अहिले मानवसेवा आश्रम बिरगंज शाखामा बिभिन्न उमेर समुहका पुरुष, महिला र बालबालिका गरेर ६२ जना रहेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वन संरक्षणमा वन कार्यालय र उपभोक्ता समूहबीच सहकार्य आवश्यक : प्रमुख अहमद

वीरगंज । डिभिजन वन कार्यालय पर्साका प्रमुख मञ्जुर अहमदले वन संरक्षण, व्यवस्थापन तथा विकासका लागि वन कार्यालय र उपभोक्ता समूहबीच प्रभावकारी सहकार्य आवश्यक रहेको...

वीरगंजमा मोटरसाइकलको डिक्कीबाट साढे ४ लाख भारतीय रुपैयाँ बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्साको वीरगन्जमा स्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकमा नियमित चेकजाँचका क्रममा...

क्यासिनो प्रकरण : गाउँपालिका अध्यक्ष यादवसहित आठै जनाको ४ दिन म्याद थप

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव र प्रहरी निरीक्षक प्रदीप पौडेलसहित क्यासिनोबाट पक्राउ परेका आठै जनामाथि अनुसन्धान गर्न थप चार दिनको...