Date
मङ्ल, अशोज ६, २०८३
Tue, September 22, 2026

धाेबिनीमा बाइक स्लाे रेस प्रतियाेगिता सम्पन्न

spot_img
spot_img

वीरगंज । पर्साकाे धाेबिनी गाउँपालिका वडा नं. ३ हरिहरपुरमा शुक्रबार बाइक स्लाे रेस प्रतियाेगिता सम्पन्न भएकाे छ । 

दिपावलीकाे अवसरमा भएकाे प्रतियाेगितामा छिपहरमाई गाउँपालिका वडा नं. १ मिर्जापुरका रुपेश कुमार प्रथम र धाेबिनी गाउँपालिका वडा न‌ं. २ आसवारीका समपत कुशवाहा दाेस्राे भएका थिए ।

धाेबिनी गाउँपालिकाका युवाहरुले आयाेजना गरेकाे प्रतियाेगतामा प्रथम हुनेलाई रु एक हजार ५ सय नगदसहित मेडल र दाेस्राे हुनेलाई रु एक हजार नगदसहित मेडलले पुरस्कृत समेत गरिएकाे युवा समाजका शक्ति पटेलले वताए ।

खेल आयाेजक समितिका अध्यक्ष अमित पटेलकाे अध्यक्षतामा भएकाे प्रतियाेगिताकाे उद्घाटन नेकपा एमालेका युवा नेता सदाम हुसेनले गरेका थिए ।

साे प्रतियाेगितामा नेकपा एमालेका स्थानिय नेता सम्सुलक मियाँ, नेपाली कांग्रेसका हरिन्द्र पाटक, स्थानिय अगुवा सुरेन्द्र गिरी, इमतियाज आलम, संजय साह, खेल आयाेजक समितिका सचिव सनिदेव पटेल, काेषाध्यक्ष सलमान खान, सदस्यहरु विशाल पटेल, बलिराम पटेल, अभिषेक पटेल, राजा हुसेन आलम, रियाज आलम लगायतकाे उपस्थिती रहेकाे थियाे भने प्रतियाेगिताकाे संचालन शक्ति पटेलले गरेका थिए ।  

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु

वीरगंज । त्रिपुरेश्वरमा सोमबार बसमा भएको आगलागीमा परी गम्भीर घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा २५ वर्षीय चालक दावा लामा रहेका...

महिला भलिबलः नेपाल हङ्कङसँग पराजित

काठमाडौँ । जापानमा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबल खेलमा नेपाल हङकङसँग पराजित भएको छ । जापानको ओकाजाकी सेन्ट्रल पार्क जनरल जिम्नेसियममा आज...

उपराष्ट्रपति रामसहायप्रसाद यादव र चिनियाँ राजदूतबीच भेट

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गर्नुभएको छ । भेटमा नेपाल–चीन द्विपक्षीय सम्बन्ध,...