Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

पर्सागढीका दुई विद्यालयमा साइकल वितरण

spot_img
spot_img

वीरगंज । पर्साको पर्सागढी नगरपालिकाका २ वटा विद्यालयमा ४० वटा साइकल वितरण गरिएको छ । प्रदेश नम्बर २ को मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ कार्यक्रम अन्तर्गत पर्सागढी नगरपालिकाकाे वडा नम्बर ९ स्थित श्री राष्ट्रिय माद्यामिक विद्यालय बढेर्वामा अध्ययनरत २७ जना छात्रालाई साइकल वितरण गरिएको हो ।

त्यसैगरी पर्सागढी नगरपालिका वडा नम्बर १ स्थित कोइलाभार आधारभुत विद्यालय ब्रहमाचारी टाढीमा अध्ययनरत १३ जना छात्रालाई साइकल वितरण गरिएको जसपाका जिल्ला सचिव तबरेज अहमदले जानकारी दिए ।

विद्यालय व्यवस्थापन समितिका अधयक्ष एवम् वडाध्यक्ष रामनारायण प्रसाद गौरोको अध्यक्षतामा भएको साइकल वितरण कार्यक्रममा जसपा पर्साका अध्यक्ष रामनरेश प्रसाद यादव, सचिव तबरेज अहमद, प्रदेश समिति सदस्य प्रकाश बैठा, हृदयनारायण गौरो, नेता बृजमोहन चौधरी, विष्ण्ुानारायण गौरो, ओसियर मिया, जसपा पर्सागढीका नगर अध्यक्ष शेख खुर्सेद लगायतको उपस्थिती रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...