Date
बुध, भदौ १७, २०८३
Wed, September 2, 2026

बहुदरमाई ५ मा जसपाकाे वडा कमिटी गठन

spot_img
spot_img

वीरगंज । पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ५ मा जनता समाजवादी पार्टी (जसपा) नेपालको वडा ईकाई कमिटी गठन गरिएको छ ।

रामकिसुन प्रसादको अध्यक्षतामा गठित २५ सदस्यीय समितिको उपाध्यक्षमा अरविन्द पाण्डे, सचिवमा विजय प्रसाद यादव, उपसचिवमा ललन सहनी, कोषाध्यक्षमा अमिरीलाल महतो र सदस्यहरुमा निशेष साह, मुकेश कुश्वाहा, बिपिन कुशवाहा, प्रमोद यादव, छठिमा देवी, सरस्वती देवी राम लगायत रहेका छन् ।

कमिटी विस्तार कार्यक्रमलाई सम्बोधन गर्दै जसपाका केन्द्रिय सदस्य एवम् पर्सा क्षेत्र नम्बर ३ का निलम्वित सांसद हरिनारायण रौनियारले संगठनलाई मजबुत बनाउनुको विकल्प नरहेको बताए । उनले निर्वाचन मुखमा रहेको अवस्थामा अब संगठन विस्तार र सुदृढीकरणलाई तिब्रता दिनुपर्नेमा जाेड दिए ।

कार्यक्रममा प्रदेश सभा सदस्य मञ्जुर अन्सारी, केन्द्रिय परिषद् सदस्य बिपिन यादव, जसपा पर्साका अधयक्ष रामनरेश प्रसाद यादव, जिल्ला सदस्य सिँहासन साह तेली लगायतको उपस्थिती रहेको जसपा पर्साका सचिब तबरेज अहमदले जानकारी दिए ।

यस्तै, जवाहर प्रसाद कोइरीको संयोजकत्वमा ७ सदस्यीय सल्लाहकार समिति समेत गठन गरिएको सचिव अहमदले जानकारी गराए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बिश्रामपुरका ११ वर्षीय बालकको अपहरणपछि हत्या, १७ वर्षीय किशोर पक्राउ

बारा । बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ३ मुसहर्वाका ११ वर्षीय राजेश कुमार साहको अपहरणपछि हत्या गरिएको घटनामा एक १७ वर्षीय किशोर पक्राउ परेका...

तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त भएका छन् । नेपाल तरुण दल पर्साका अध्यक्ष बाल्मिकी यादवले साहलाई कोषाध्यक्ष पदमा नियुक्त गरेका...

अदालतको आदेश विपरित वीरगंजस्थित टेलिकम भवन भत्काइएको भन्दै टेलिकमको आपत्ति

वीरगंज । नेपाल टेलिकमले वीरगंजस्थित दूरसञ्चार कार्यालयको भवन सडक डिभिजन कार्यालय हेटौंडाले एकपक्षीय रूपमा पुनः भत्काएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ । दूरसञ्चारको स्थापना कालदेखि...