Date
आइत, साउन १०, २०८३
Sun, July 26, 2026

श्री विष्णु नारायण धर्मशालाकाे उद्घाटन

spot_img
spot_img

परवानीपुर । बाराको परवानीपुर गाउँपालीका वडा नं ५ बहुअरी टोलमा निर्माण भएकाे श्री विष्णु नारायण धर्मशालाकाे बुधबार  एक कार्यक्रमकाे बिच उद्घाटन गरिएकाे छ ।

कार्यक्रमका प्रमुख अतिथी पूर्व भौतिक पुर्वधार विकास मन्त्री तथा लोकतान्त्रिक समाजवादी पार्टी प्रदेश नं‍. २ का संसदिय दलका नेता जीतेन्द्र सोननले गरेका हुन् । धर्शाला उद्घाटन पछि कार्यक्रमलाई सम्बाेधन गर्दै नेता साेनलले बिकासको मामीलामा सबै राजनीतिक दलहरु एक भएर सकारात्मक रुपले एक ठाउँमा उभे मात्र बिकास सम्भव रहेकाे वताए ।

उनले अहिले समाजमा एकअर्कालाई आदर सत्कार गर्ने सांस्कृती हराउँदै गएको र सांस्कृतीलाई जोगाउन र एकअर्कासंग मिलेर बस्नु पर्ने वताए । अबको समय राजनीतिक दलहरुको लागी परीक्षाको समय भएको वताउँदै उनले सही नेतृत्व छान्न आम जनतालाई आग्रह गरे ।

उनले लोकत्रन्त्रमा जनता नै सर्वपरी भएको हुनाले आफु जनताकाे सेवक भएको र अन्तिम सांससम्म मधेश र मधेशी जनताकाे हक अधिकारको लडाई लडने जिकिर गरे ।

धर्मशाला निमार्णले स्थानीय जनतालाई बिवाह, सामाजीक कार्य गर्नमा धेरै सुविधा भएको र आउने दिनमा बाकी रहेका सडक, नाला, खेलकुद मैदान लगायताका कार्यहरु आफुले पुरा गर्ने उनकाे भनाई थियाे  ।

कार्यक्रमका विशिष्ट अतिथी बारा क्षेत्र नं. ४ का सांसद एवम् पुर्व खेलकुद बिकास मन्त्री एकवाल मियाँले बारा र पर्सा जील्लाभरी मै नमुना धर्मशाला निर्माण भएकाे दाबी गर्दै निर्माण समीतीका सदस्यहरुलाई धन्यवाद दिए ।

उनले बिकास गर्नको लागी आफुहरु कहिले पनी पछाडी नहटेको र लोसपा सधै जनताकाे विकासमा लाग्ने हुनाले आफुरु स्थानीय, प्रदेश र केन्द्रसम्म लडेर विकासको काम गरेर देखाउने बताए ।

नेपाल बार एसोसिएसनका केन्द्रिय उपाध्यक्ष शिवचन्द्र सिंहले धर्मलासा निर्माणले बहुअरी टोलका स्थानीहरुलाई धर्मशाला निर्माणले धार्मिक कार्य, बिवाह लगायतका सामाजीक कार्य गर्न सहज भएकाे वताए । उनले धर्मशालाकाे उचित ब्यवस्थापन गर्न निर्माण समीतीलाई अनुरोध समेत गरे ।

कार्यक्रममा परवानीपुर गाउँपालीका प्रमुख हरिनारायण साहले शुभकामना धर्मशाला र्निमाणमा गाउँपालीकाले लगानी गरेको र आउने दिनमा बाकी रहेका कामहरु समयमा समपन्न गर्ने प्रतिबद्धता जनाए ।

परवानीपुर गाउँ कार्यपालीका सदस्य संजु साहले धर्मशाला निर्माणको उद्घाटनको दिन सबै वडावासीको लागी एतिहासिक दिन भएको बताए । उनले यस कार्यको लागी पूर्व मन्त्री जीतेन्द्र सोनल, सांसद एकबाल मियाँ, गाउँपालीका प्रमुख हरिनारायण साह लगायत निर्माण समितीलाई बिशेष धन्यवाद दिए ।

कार्यक्रममा लोकतान्त्रीक समाजसेवी वाटीका गाउँपालीका अध्यक्ष जगत नारायण मण्डल, समाजसेवी दारा सिंह पटेल, लालबहादुर पटेल, असेश्वर पटेल, भोला मीयाँ, अजय पटेल, शिवसशंकर पटेल, डा. प्रमोद यादव, भरत ठाकुर, राजु देवान, ईलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी निरिक्षक विन्देश्वर यादव लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

कार्यक्रममा स्वच्छ समाज यूवा क्लबका अध्यक्ष भुपेन्दर पटेल, उपाध्यक्ष उमेश साह, कोषाध्यक्ष मुरतुजा आलम, क्लबका सदस्य प्रमोद पटेल, अखिल पटेल, दिपेन्द्र पटेल, लगायत राजनीतिक दल, समाजसेवी , धर्मसाला निर्माण समितीका सदस्य, सुरक्षाकर्मी लगायतहरुको सहभागिता रहेको थियो ।

धर्मशाला निर्माण समीतिका अध्यक्ष तथा लोकतान्त्रीक समाजवादी पार्टीका नेता सुरेश पटेलको अध्यक्षतामा कार्यक्रमको संचालन संचारकर्मी आनन्द पटेलले गरेका थिए । 

१५ बर्षमा ५९ लाखमा धर्मशाला निर्माण

सार्वजनिक जमिनमा बनाईएको धर्मशाला ७४ फिट लम्बाई र ५६ फिट चौडाईको छ । हल र ७ वटा कोठा भएको धर्मशाला विवाह, पार्टी, ब्रतबन्ध लगायत सामाजिक कार्यमा प्रयोग गरिनेछ ।

धर्मशाला बनाउन ५९ लाख रुपैयाँ खर्च भएको निर्माण कार्य समितिका अध्यक्ष सुरेश प्रसाद कुर्मीले जानकारी दिए ।

वि.स.२०६३ सालमा शिलान्यास गरिएको धर्मशाला बनाउन १५ वर्ष लागेको छ । संविधान सभा सदस्य जय प्रकाश यादवको संसदीय क्षेत्र विकास कोषको १ लाख ५० हजार रुपैयाँबाट निर्माण शुरु गरिएको थियो ।

पछि जिल्ला विकास समिति बाराबाट ६ लाख ५० हजार बजेट दिएको थियो । स्थानीय बासिन्दाले पनि १ लाख रुपैयाँ खर्च गरे । स्थानीय तहको निर्वाचनपछि परवानीपुर गाउँपलिकाले २० लाख र प्रदेश सरकारले ३० लाख रुपैयाँ दिएको थियो ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजको होटलबाट लागूऔषधसहित दुई जना पक्राउ

वीरगंज । पर्सा प्रहरीले वीरगंज महानगरपालिका–१६ स्थित एक होटलबाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाका आधारमा आइतबार...

रोट्र्याक्ट क्लब अफ वीरगंज मेट्रोपोलिसद्वारा दलित प्राविलाई ७ थान पंखा सहयोग

वीरगंज । रोट्र्याक्ट क्लब अफ वीरगंज मेट्रोपोलिसले सामाजिक उत्तरदायित्वअन्तर्गत पर्साको श्री दलित प्राथमिक विद्यालय, महुवनलाई ७ थान पंखा सहयोग गरेको छ । विद्यालयमा गर्मीको समस्या...

लिटिल बडी प्रि स्कुलमा मेहन्दी प्रतियोगिता सम्पन्न, आकांक्षा बान्या प्रथम

वीरगंज । साउन महिनाको अवसरमा वीरगंज महानगरपालिका–८, पानीटंकीस्थित लिटिल बडी प्रि स्कुलले अभिभावकहरूबीच मेहन्दी प्रतियोगिता आयोजना गरेको छ। विद्यालय परिसरमा सम्पन्न प्रतियोगितामा अभिभावकहरूको उत्साहजनक...