Date
सोम, असार ८, २०८३
Mon, June 22, 2026

राष्ट्रिय जनगणना २०७८ : पर्सामा गणक तालिम सम्पन्न

spot_img
spot_img

वीरगंज । पर्सामा संचालित गणक तालिम मंगलबार सम्पन्न भएकाे छ । “मेराे गणना मेराे सहभागिता” नाराका साथ हुन लागेकाे राष्ट्रिय जनगणना २०७८ काे लागि खटिने गणकहरुकाे लागि संचालित ४ दिने गणक तालिम सम्पन्न भएकाे हाे ।

स्थानिय स्तर मै शनिबारदेखी सुरु भएकाे तालिम मंगलबार सम्पन्न भएकाे जिल्ला जनगणना अधिकारी केशव ज्ञवालीले वताए । उनले कार्तिक २५ देखि मंसिर ९ गते सम्म राष्ट्रिय जनगणना २०७८ काे लागि गणकहरु खटिने जानकारी दिए ।

गणकहरुले सपरिवेक्षकहरुले सुचिकरण गरेकाे आफ्नाे गणना क्षेत्रकाे घर घरमा पुगेर मुख्य प्रश्नावली भर्ने छन् । उनीहरुले मुख्या प्रश्नावलीकाे पारिवारिक खण्ड, व्यक्ति खण्ड, जनसांख्यिक विवरण, शैक्षिक विवरण, प्रजजन सम्बन्धि विवरण, अपाङ्गता सम्बन्धि विवरण, बसाईसराई सम्बन्धि विवरण, आर्थिक क्रियाकलाप सम्बन्धि विवरण भर्ने छन् ।

कालिकामाई गाउँपालिकाकाे श्री जनता मावि मुडलीमा भएकाे तालिम समापन सत्रमा बाेल्दै स्थानिय जनगणना अधिकारी उमेश सहनीले राष्ट्रिय जनणना २०७८ सफल बनाउन सबैमा आग्रह गरे । उनले १० बर्षमा प्रत्येक १० बर्षमा गरिने राष्ट्रिय जनगणना हर्षाेउलासकाे साथ सफल बनाउनु पर्ने वताए ।

तालिममा स्थानिय जनणना अधिकारी सहनीकाे साथै प्रशिक्षक रामरतन प्रसाद, विजय यादव (अरुण) र सुबाेध कुमार सिंहले प्रशिक्षण दिएका थिए ।

पर्साकाे १४ स्थानिय तहमा ५१५ जना गणकहरु छनाैट भएका छन् । जिल्ला जनगणना कार्यालय पर्साका अनुसार वीरगंज महानगरपालिकामा सबै भन्दा बढी २३१, सखुवा प्रसाैनी गाउँपालिकामा २७ जना, पर्सागढी नगरपालिकामा ३४ जना, ठाेरी गाउँपालिकामा २२ जना, जिराभवानी गाउँपालिकामा २४ जना, जगरनाथपुर गाउँपालिकामा २५ जना, पटेर्वा सुगाैली गाउँपालिकामा २० जना, धाेबिनी गाउँपालिकामा १७ जना, पकहा मैनपुर गाउँपालिकामा १७ जना, बहुदरमाई नगरपालिकामा ३५ जना, पाेखरिया नगरपालिकामा २९ जना, बिन्दवासिनी गाउँपालिकामा १९ जना र कालिकामाई गाउँपालिकामा सबै भन्दा कम १५ जना गणक खटिने छन् ।  

पर्सागढी नगरपालिका र सखुवा प्रसाैनी गाउँपालिका गणकहरुकाे लागि पर्सागढीकाे बढनिहारमा, बिन्दवासिनी गाउँपालिका, पाेखरिया नगरपालिका र बहुदरमाई नगरपालिकाकाे बिन्दवासिनीकाे बहुअर्वा भाठामा, कालिकामाई गाउँपालिका, छिपहरमाई गाउँपालिका, धाेबिनी गाउँपालिका र पकहा मैनपुर गाउँपालिकाकाे कालिकामाईकाे मुडलीमा, ठाेरी गाउँपालिका, पटेर्वा सुगाैली गाउँपालिका, जिराभवानी गाउँपालिका र जगरनाथपुर गाउँपालिकाकाे जिराभवानीकाे सेढवामा तालिम संचालन भएकाे थियाे ।

यस्तै, वीरगंज महानगरपालिकाकाे वडा नं. १ देखी १३, १५, १६, १७, १९, २४ र २५ काे वीरगंजकाे ब्रहम चाैकस्थित रहेकाे सिदार्थ इन्टरनेशनल कलेजमा र वीरगंज महानरपालिकाकाे वडा नं. १४, १८, २०, २१, २२, २३, २६ देखी ३२ सम्मकाे भाेजगतकाे पुरानाे भवन परवानीपुरमा तालिम भएकाे जिल्ला जनगणना कार्यालय पर्साले जनाएकाे छ । 

तालिममा सुपरिवेक्षकहरुकाे पनि सहभागिता रहेकाे थियाे ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बिन्दवासिनीमाई टी–२० नकआउट क्रिकेट प्रतियोगिता सुरु, युवा नेता पटेलद्वारा उद्घाटन

वीरगंज । पर्साको वीरगंज महानगरपालिका–१९ मा शनिबारदेखि श्री बिन्दवासिनी माई टी–२० नकआउट क्रिकेट प्रतियोगिता सुरु भएको छ । श्री बिन्दवासिनी माई युवा क्लब, वीरगंज–१९...

जिराभवानी गाउँपालिकाले ल्यायो ४० करोड ८३ लाखको बजेट, शिक्षा-स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकता

सेढवा । पर्साको जिराभवानी गाउँपालिकाले १७औँ गाउँसभामार्फत आर्थिक वर्ष २०८३/८४ का लागि ४० करोड ८३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँपालिका अध्यक्ष अनोज चौधरीले...

वीरगंजमा लापसे चेकजाँच : ५ चालक नियन्त्रणमा, कारबाहीका लागि प्रहरीको जिम्मा लगाइयो

वीरगंज । वीरगंज महानगरपालिका–१४ स्थित गण्डक क्षेत्रमा सञ्चालन गरिएको लापरवाहीपूर्वक सवारी सञ्चालन (लापसे) सम्बन्धी विशेष चेकजाँच अभियानका क्रममा ५ जना चालकलाई नियन्त्रणमा लिइएको छ...