Date
मङ्ल, अशोज ६, २०८३
Tue, September 22, 2026

अजिज मियाँ माविले बाँडयाे छात्र/छात्राहरुलाई काेट र पाइन्ट

spot_img
spot_img

वीरगंज । पर्साकाे धाेबिनी गाउँपालिका वडा नं. ५ मा रहेकाे श्री अजिज मियाँ माध्यमिक विद्यालय धाेविनीले कक्षा ११ का छात्र/छात्राहरुलाई पाेशाक वितरण गरेकाे छ ।

विद्यालयले एक कार्यक्रमकाे आयाेजना गरी छात्र/छात्राहरुलाई निशुल्क काेट, पाइन्ट, स्वर्ट र टाई वितरण गरेकाे हाे ।गाउँपालिकाकाे वडा नं. ५ काे वडा स्तरिय याेजनाबाट विद्यार्थीहरुलाई पाेशाक वितरण गरिएकाे विद्यालयका प्रधानाध्यापक जितेन्द्र रामले वताए ।

यस्तै, विद्यालयमा अध्ययनरत अन्य सम्पूर्ण विद्यार्थीहरुलाई चिसाेकाे लागि न्यानाे कपडा (स्वइटर) वितरण गरिएकाे विद्यालयका प्रधानाध्यापक रामले जानकारी दिए ।

कार्यक्रममा पाेशाक वितरण गर्दै प्रमुख प्रशासकिय अधिकृत राजु साहले ईक्षा शक्ति भए गाउँमै गुण स्तरिय शिक्षा सम्भव भएकाे वताए । विद्यालयकाे व्यवस्थापन देखे पछि प्रशंसा गर्दै उनले स्तरियताकाे लागि इच्छा शक्ति हुनु पर्ने वताए ।

प्रधानाध्यापक रामकाे अध्यक्षता र वडाध्यक्ष मनाैवर अहमदकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा नेपाल शिक्षक महासंघ धाेबिनीका अध्यक्ष महम्मद आरिफ अन्सारी, विद्यालयका शिक्षक र शिक्षिकाहरुकाे उपस्थिती रहेकाे थियाे । कार्यक्रमकाे संचालन शिक्षक गाेबिन्द कुमार पटेलले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

शुक्रबारदेखि तीन दिन भारी वर्षाको सम्भावना, बाढी–पहिरो र डुबानको जोखिम

काठमाडौं । आगामी शुक्रबारदेखि आइतबारसम्म देशका धेरै ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले विशेष मौसम बुलेटिन जारी गर्दै केही स्थानमा...

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दै...

त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु

वीरगंज । त्रिपुरेश्वरमा सोमबार बसमा भएको आगलागीमा परी गम्भीर घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा २५ वर्षीय चालक दावा लामा रहेका...