Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

आन्दोलन निर्माण सम्बन्धि तीन दिने तालिम प्रारम्भ

spot_img
spot_img
वीरगंज । “हरवाचरवा मुक्तिको घोषणा गरौ, समाजिक न्यायपुर्ण श्रम सम्बन्ध कायम राखौ” भन्ने मुल नाराका साथ रास्ट्रिय हरवाचरवा अधिकार मंचका पदाधिकारी र सदस्यहरुका लागि नेतृत्व बिकास र आन्दोलन निर्माण सम्बन्धि तीन दिने तालिम प्रारम्भ भएको छ ।
 
रास्ट्रिय दलित नेटवोर्कको आयोजना द फ्रीडम फन्डको सहयोग र रास्ट्रिय हरवाचरवा अधिकार मंचको समन्वयमा महोतरीको लालगढमा आयोजित तालीमको उद्घाटन गर्दै रास्ट्रिय दलित नेटवर्कका अध्यक्ष गणेश बिकले पुस्तौपुस्ता देखि पीडित रहेको हरवा चरवाको समस्या सम्बोधनका लागि तिनै तहका सरकार गम्भीर हुनुपर्ने बताए ।
 
बिकले खास गरि प्रदेश न. २ मा हाल सम्म बिधमान रहेको हरवाचरवा प्रथाको उन्मुलनको लागि स्वयम् पीडितहरु अगाडि आउनुपर्नेमा जोड दिए ।
 
रास्ट्रिय हरवाचरवा अधिकार मंचका अध्यक्ष दशरथ मण्डलको अध्यक्षता भएकाे उद्घाटन समारोहमा नेपाल दलित मुक्ती संगठन प्रदेश न. २ का अध्यक्ष मीन रहपाल, द फ्रीडम फनडका कार्यक्रम सल्लाहकार ब्रहमदेव राम, सामुदायिक बिकास केन्द्र सप्तरीका कार्यवाहक अध्यक्ष बबिता चौधरी, रास्ट्रिय मुक्त हलिया समाज महासंघका पुर्ब अध्यक्ष राजु राम भुल, मुक्त कमैया समाजका बिनोद चौधरी लगायतले मन्तव्य ब्यक्त गरेका थिए ।
 
कार्यक्रम बारे प्रकाश रास्ट्रिय दलित नेटवोर्कका टिम लिडर हुकुम सार्कीले पारेका थिए भने स्वागत मन्तव्य रास्ट्रिय हरवाचरवा अधिकार मंचका महासचिव लगेन्द्र सदा र संचालन सन्जय महराले गरेका थिए ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...