Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

सांसद साहकाे पहलमा भेढहा खोलामा पुल निर्माण हुँदै

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. २८ बगही र वडा नं. २९ रतनपुरको बिचमा पर्ने भेढहा खोलामा पुल निर्माणकाे लागि प्रदेश सांसदसहित इन्जिनियरकाे टाेलीले सर्वे गरेकाे छ ।

पर्सा क्षेत्र नं. २ काे (क) का प्रदेश सांसद राजेशवर प्रसाद साहकाे उपस्थितीमा पूर्वधार विकास कार्यालय वीरगंजका इन्जिनियर बिबेकानन्द झा, संताेष यादव र लालबाबु रायकाे टाेलीले पुल निर्माणकाे लागि प्रारम्भिक सर्वे गरेकाे हाे ।

प्रदेश २ सरकारकाे भाैतिक पूर्वधार विकास मन्त्रालयकाे आर्थिक बर्ष २०७८/०७९ काे बजेट अन्तर्गत पुल निर्माण हुने प्रदेश सांसद साहले वताए । उनले एक कराेडकाे लागतमा पुल निर्माण हुने वताए ।

छठ लगतै पुल निर्माणकाे अन्ति सर्वे गरी निर्माणकाे काम पनि सुरु हुने सांसद साहले वताए ।

पुल निर्माणबाट पर्सागढी नगरपालिकाका र वीरगंज महानगरपालिकाका एक दर्जन वडाबासी लभान्वित हुने सर्भेकाे क्रममा स्थानियहरुले वताए । उनीहरुका अनुसार पुल नीर्माणले पर्सागढी नगरपालिकाका सबै वडा र वीरगंज महानगरपालिकाकाे वडा नं‍. २८, २९, ३०, ३१ का बासी लभान्वित हुने छन् । 

सर्भेमा नेपाली काङ्ग्रेसका जिल्ला सदस्य मदन यादव, क्षेत्रिय सभापति उमेश प्रसाद साह, वीरगंज महानगरपालिकाकाे वडा नं. २८ का बुथ सभापती सर्जुग महतो, स्थानिय नेता शर्मालाल ठाकुर, मुना तिवारी, हरेन्द्र महतो लगायतको सयाैंकाे सख्यामा स्थानियबासीकाे सहभागिता रहेको थियो ।

लामाे समयदेखी पुल निर्माणकाे लागि गाउँवासीले माग गरे पनि हुन सकेकाे थिएन । अहिले सांसद साहकाे पहलमा भाैतिक पूर्वाधार विकास मन्त्रालयले बजेट छुट्याएपछि पुल निर्माण हुने भएकाे हाे ।

यस्तै, साेही टाेलीले पर्सागढी नगरपालिकाकाे वडा नं‍‌. ४ हरदासपुरस्थित फन्टी खोलाको पनि निरिक्षण गरेकाे थियाे । साे खाेला भएर सवारी साधन आवगमनमा निकै समस्या भएपछि सांसद साहकाे पहलमा समस्या समाधानकाे लागि निरिक्षण गरिएकाे हाे ।

निरिक्षणकाे क्रमममा टाेलीले तत्कालकाे लागि हाेम पाइप राखेर ड्राइभ्रस बनाएर आवगमन सहज बनाउन सकिने सुझाव दिएकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषाको हंसपुरमा ३६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण

जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आएपनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर नगरपालिका–५, साविक सुगा निकास गाविस–३ का ३६५ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा...

सहयोगको बहानामा रकम उठाउनेमाथि निगरानी र कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयमार्फत नागरिकलाई सहज, सरल र प्रभावकारी सेवा उपलब्ध गराउन पाँच बुँदे निर्देशन जारी गरेको छ। मन्त्रालयका सहसचिव आनन्द काफ्लेद्वारा...

भोटेकोशी बाढीः एक हजार ३९५ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी हालसम्म एक हजार ३९५ जनाको शव फेलापरेको छ भने पाँच हजार १३० जना अझै सम्पर्कविहीन छन् । राष्ट्रिय विपद् जोखिम...