Date
शुक्र, कार्तिक १४, २०८३
Fri, October 30, 2026

चेतना बचतकाे साधारण सभा सम्पन्न

spot_img
spot_img

वीरगंज । चेतना बचत तथा ऋण सहकारी संस्थाको १६ औं वार्षिक साधारण सभा शनिबार सम्पन भएको छ । कार्यक्रमका प्रमुख अतिथी नेफ्स्कुनका सञ्चालक सदस्या हरेराम पटेलले सभाकाे उद्घाटन गरेका थिए ।

सभालाई सम्बाेधन गर्दै प्रमुख अतिथी सदस्य पटेलले संस्थाले सेवाग्राहीकाे मन जित्न सफल भएको वताउँदै बधाई दिए ।

अध्यक्ष जंग बहादुर प्रसादले सहकारी संस्थाले नाफा आर्जन गर्न सफल भएकोमा खुशी व्यक्त गरे । उनले अहिलेको अवस्थामा सहकारी एउटा गरिब, निमुखा, दैनिक ज्यालादारी गर्ने व्यक्तिको लागि सहकार्यको भूमिका निभाउन सफल हुँदै आएकोमा सबैलाई बचत गर्न आग्रह गरे ।

उनले सहकारीको मदतले साधारण व्यक्ति पनि आफ्नो जीवनलाई माथि उकास्न सफल भएको र सहकारीले आम जनतामाथि भएको शासनको बेथितिलाई तोडन सफल भएको बताए ।

कार्यक्रमका विशिष्ट अतिथि जिल्ला बचत तथा ऋण सहकारी संघ लि, पर्साका अध्यक्ष राजेश पंडितले शुभकामन दिदै यस संस्थाले लगानी मात्र होइन सामजिक क्षेत्रमा पनि ठूलो सफलता हासिल गरेको वताए ।

सभामा असगर अली, जिष्णु बराल, राजेन्द्र प्रसाद जयसवाल, नग नारायाण सिहं, कुन्दन पाल, बिजय कुमार गुप्ता, अनुप यादव लगायतकाे उपस्तीथि थियो ।

सभामा संस्थाका अध्यक्ष जंग बहादुर प्रसादले संस्थाको वार्षिक प्रतवेदन प्रस्तुत गरेका थिए भने कार्यक्रमकाे सञ्चालन अफजल अंसारीले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भारततर्फ तस्करी हुँदै गरेका १० वटा गाईगोरु भारतीय एसएसबीको नियन्त्रणमा

बारा । नेपालबाट भारततर्फ तस्करी गरी लैजाँदै गरिएका १० वटा गाईगोरु भारतीय सुरक्षा निकायले बरामद गरेको छ। भारतीय सीमा सुरक्षा बल (एसएसबी) र स्थानीय...

खेखरियाबाट भन्सार छलीका लत्ताकपडासहित मोटरसाइकल बरामद

वीरगञ्ज । बाराको विश्रामपुर गाउँपालिका–१ खेखरियास्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले भन्सार छली गरी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडासहित मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी बल...

जैविक तटबन्ध र पूर्वसूचनाले लालबकैया बाढीबाट जोगियो तेजापाकड घरारी

वीरगञ्ज । वर्षौँदेखि लालबकैया नदीको बाढीबाट पीडित रौतहटको परोहा नगरपालिका–३ तेजापाकड घरारीका बासिन्दाले यस वर्ष केही राहत महसुस गरेका छन्। बाढीको जोखिम कायमै रहे...