Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

चेतना बचतकाे साधारण सभा सम्पन्न

spot_img
spot_img

वीरगंज । चेतना बचत तथा ऋण सहकारी संस्थाको १६ औं वार्षिक साधारण सभा शनिबार सम्पन भएको छ । कार्यक्रमका प्रमुख अतिथी नेफ्स्कुनका सञ्चालक सदस्या हरेराम पटेलले सभाकाे उद्घाटन गरेका थिए ।

सभालाई सम्बाेधन गर्दै प्रमुख अतिथी सदस्य पटेलले संस्थाले सेवाग्राहीकाे मन जित्न सफल भएको वताउँदै बधाई दिए ।

अध्यक्ष जंग बहादुर प्रसादले सहकारी संस्थाले नाफा आर्जन गर्न सफल भएकोमा खुशी व्यक्त गरे । उनले अहिलेको अवस्थामा सहकारी एउटा गरिब, निमुखा, दैनिक ज्यालादारी गर्ने व्यक्तिको लागि सहकार्यको भूमिका निभाउन सफल हुँदै आएकोमा सबैलाई बचत गर्न आग्रह गरे ।

उनले सहकारीको मदतले साधारण व्यक्ति पनि आफ्नो जीवनलाई माथि उकास्न सफल भएको र सहकारीले आम जनतामाथि भएको शासनको बेथितिलाई तोडन सफल भएको बताए ।

कार्यक्रमका विशिष्ट अतिथि जिल्ला बचत तथा ऋण सहकारी संघ लि, पर्साका अध्यक्ष राजेश पंडितले शुभकामन दिदै यस संस्थाले लगानी मात्र होइन सामजिक क्षेत्रमा पनि ठूलो सफलता हासिल गरेको वताए ।

सभामा असगर अली, जिष्णु बराल, राजेन्द्र प्रसाद जयसवाल, नग नारायाण सिहं, कुन्दन पाल, बिजय कुमार गुप्ता, अनुप यादव लगायतकाे उपस्तीथि थियो ।

सभामा संस्थाका अध्यक्ष जंग बहादुर प्रसादले संस्थाको वार्षिक प्रतवेदन प्रस्तुत गरेका थिए भने कार्यक्रमकाे सञ्चालन अफजल अंसारीले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...