Date
सोम, भदौ १५, २०८३
Mon, August 31, 2026

तिलावे पुल निर्माणकाे लागि युवाहरु आन्दाेलित

spot_img
spot_img
वीरगंज । पर्सा जिल्लालाई सदरमुकाम वीरगंजसंग जाेड मुख्य सडक हुलाकी राज्यमार्गमा पर्ने तिलावे पुल निर्माणकाे लागि युवाहरु आन्दाेलित भएका छन् ।
 
पर्सेली युवाहरुले पुल निर्माणकाे लागि तिलावे पुलस्थल मै पुगेर शनिबार विहान विराेध प्रदर्शन गर्नुकाे साथै हस्ताक्षर अभियान संचालन गरेका छन् ।
 
 तिलावे पुल निर्माण दबाब समुहकाे आयाेजनामा भएकाे प्रदर्शनमा सहभागिहरुले पैसा पर अगर बिकोगे,अइसा हि पुल देखोगो, नोटपर देब भोट तिलावे पर खइब चोट, दारु मासु खावोगे,अइसा बिकास पावोगे, भ्रष्ट ठेकेदार मुर्दावाद, पप्पु लुम्बिनी जेभी मुर्दावाद, पर्साबासी जिन्दावाद, युवा शक्ति जिन्दावाद लगायतकाे नारा लगाएका थिए ।
 
बिराेध प्रदर्शनमा बाेल्दै युवा नेता राकेश यादवले पर्सा जिल्लाकाे लाइफ लाइनकाे रुपमा रहेकाे तिलावे पुल निर्माण नभए सम्म जिल्लाकाे ग्रामिण भेगकाे विकास वताए । उनले लामाे समयदेखी ठेक्दारकाे लापरवाहीका कारण पुल निर्माण नभएकाे कारण पर्सा जिल्लाकाे विकास पछाडी परेकाे वताए ।
 
पप्पु लुम्बिनी जेभिले जालझेल गरेर पुल निर्माण कार्यलाई अलपत्र पारी भग्न खोजेको उनले आराेप समेत लगाए ।
 
विराेध प्रदर्शन कार्यक्रमा विभिन्न पार्टी संग आबद्ध युवाहरूको उपस्तिथि रहेको थियो । युवाहरूले एक स्वरमा तिलावे पुल निर्माणको लागि हामी कुनै पार्टी हेर्दैनौ र हाम्रो पर्सा जिल्लाको बिकासमा अवरोध गर्ने यो पुल जसारी पनि निर्माण हुनु पर्ने वताए ।
 
 भनी हाम्रो निशक्र्श हो हाम्रो एउटै चाहाना चाहे कसैले निर्माण गरोस पुल निर्माण हुनु पर्छ देशको अनेकौ योजनाहरु अलपत्र अवस्था छोडने पप्पु कन्स्ट्रक्सनले अहिले आएर अरुको काधमा जिम्मेवारी थोप्ने काम गर्दैछ।
 
सुरुमा पुल निर्माण गर्ने जिम्मा पप्पु कन्स्ट्रक्सनले लिएकाे थियाे । पप्पु कन्सट्रक्सनका पुर्व संचालक पर्सा क्षेत्र नं. ३ बाट निर्वाचित निलम्वित सांसद हरिनारायण रौनियार हुन् ।
 
पप्पुले ३ बर्षमा पुल निर्माण गर्न नसकेपछि लुम्बनी जेभीलाई पुल निर्माण जिम्मा दिएकाे थियाे । ६ बर्षमा ठेक्दारकाे लापरवाहीले पुल निर्माण हुन नसक्दा पर्साबासीहरुलाई सास्ती भाेग्नु परेकाे छ । हाल जिर्ण अवस्थामा रहेकाे पुलमा दिनहु घण्टाे सम्म जाम लाग्ने गरेकाे छ । जामकाे समयमा बिरामी बाेकेकाे एम्बुलेन्स आवत जावत गर्न नसक्दा केहीले जान पनि गुमाउनु परेकाे छ । 
 
शनिबार भएकाे विराेध प्रदर्शनमा जसपाका प्रदेश कमिटी सदस्य सलाउदी अहमद, पाेखरिया युवा समाजका भगवान दास तात्वा, सुजित गिरी, दिनेश मिश्रा लगायतकाे सहभागिता रहेकाे थियाे ।
 
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सूचीकरण तथा नवीकरण नगर्ने पत्रिकालाई लोककल्याणकारी विज्ञापनको रकम उपलब्ध नगराइने

काठमाडौँ । विज्ञापन बोर्डमा सूचीकरण तथा नवीकरण नगरी लोककल्याणकारी विज्ञापन प्रकाशन गर्ने पत्रपत्रिकालाई चालु आर्थिक वर्ष २०८३/८४ देखि त्यस्तो विज्ञापनवापतको रकम भुक्तानी नगरिने भएको...

हेलिकप्टरमार्फत बाढी प्रभावितलाई अत्यावश्यक सामानको व्यवस्थासहित उद्धार

रसुवा । सरकारले हेलिकप्टरमार्फत त्रिशूली नदी उत्तर–पश्चिमतर्फका नुवाकोट र रसुवाका बाढी प्रभावित जनतालाई  खाद्यान्न, नुन–तेललगायत अत्यावश्यक सामग्रीको व्यवस्था गरी राहत वितरण तथा उद्धार कार्यलाई...

एसिसी प्रिमियर कप क्रिकेट : बहराइनमाथि नेपालको जित

काठमाडौँ ।  एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिता अन्र्गत आज भएको खेलमा नेपालले बहराइनलाई पराजित गर्दै प्रतियोगितामा सुःखद सुरुआत गरेको छ । मलेसियाको बांगीमा भएको खेलमा...