Date
बुध, भदौ २४, २०८३
Wed, September 9, 2026

नेपालमा संचार क्षेत्रले खेलेकाे भूमिका महत्वपूर्ण छ : मन्त्री पाैडेल

spot_img
spot_img

वीरगंज । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले देशमा आमूल परिवर्तन ल्याउन सञ्चार क्षेत्रले खेलेको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै सञ्चार गृह तथा सञ्चारकर्मीको हक, हित र अधिकारका लागि सरकार सदैव क्रियाशील रहेको बताएका छन् ।

वीरगंजबाट संचालित सामुदायिक रेडियाे नारायणी एफएमको १६ औँ वार्षिकोत्सवको अवसरमा शुक्रबार बीरगंजमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले ओझेलमा परेका विषय वस्तुलाई सञ्चारमाध्यमले उठान गरी समस्या समाधानका लागि सहजीकरणको भूमिका खेल्दै आएको बताए ।

उनले गल्तीकाे खबरदारी गर्ने संचार क्षेत्र नै भएकाे वताए । नेपालमा संचार क्षेत्रले खेलेकाे भुमिका महत्वपूर्ण भएकाे जिकिर गर्दै  अब संस्कार र संस्कृतिको क्षेत्रमा पनि संचार क्षेत्र भुमिका खेल्नु पर्ने धारण राखे ।

उनले प्रदेश नम्बर २ को शैक्षिक सूचांक ७ वटा प्रदेश मध्ये सबै भन्दा न्यून रहेको हुँदा यस क्षेत्रको शैक्षिक विकासका लागि सङ्घ, प्रदेश र स्थानीय सरकारको सामूहिक प्रयास आवश्यक रहेको कुरामा जोड दिए । 

शिक्षामन्त्री पौडेलले नेपालको प्रमुख प्रवेशद्वार राजस्व असुलीको केन्द्र बीरगंज भएको बताउँदै बीरगंजले राज्यलाई पुर्‍याएको योगदानको प्रतिफल पाउनु पर्ने कुरामा जोड दिए । 

उनले वीरगंज क्षेत्रको शैक्षिक, औद्योगिक, पूर्वाधार विकासका लागि सरकार लागि पर्ने कुरामा जोड दिँदै सङ्कटकालीन अवस्थामा आफूले वीरगंजबाट पाएको मायाले माइती घर आएको जस्तो लाग्ने गरेकाे वताए । 

नेकपा माओबादी केन्द्रका स्थायी कमिटी सदस्य समेत रहेका मन्त्री पाैडेलले  समावेशी, समानुपातिक पहुँच र प्रतिनिधित्व भएको लोकतन्त्र आफुहरुले चाहेको वताए । हाम्रो प्रमुख विषय विकास र समृद्धि भएको उनकाे भनाई थियाे ।

उनले जब सम्म मदेशको विकास हुँदैन, तब सम्म देशको समग्र विकास नहुने वताए । 

कार्यक्रममा प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत प्रसाद साहले प्रदेश २ का सञ्चार गृह तथा सञ्चारकर्मीको संस्थागत विकासका लागि ठोस नीति बनाएर प्रदेश सरकार अगाडि बढ्न लागेको बताए । 

नारायणी एफएमका अध्यक्ष गोविन्द देवकोटाको सभापतित्वमा सम्पन्न कार्यक्रममा बीरगंज महानगरपालिकाका नगर प्रमुख विजय सरावगी, पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकाल, उद्योग वाणिज्य महासङ्घ प्रदेश नम्बर २ का अध्यक्ष गणेश लाठ, वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोध गुप्ता, नेकपा माओबादी केन्द्रका वीरगंज महानगर अध्यक्ष रहबर अन्सारी, जसपा पर्साका सचिव तबरेज अहमद लगायतकाे सहभागिता रहेकाे थियाे ।

कार्यक्रममा विभिन्न क्षेत्रमा याेगदान पुर्याएका एक दर्जन व्यक्तिहरुलाई सम्मान समेत गरिएकाे थियाे ।

वीरगंज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगी, नारायणी एफएमका संस्थापक अध्यक्ष रमेश भट्टराई, संस्थापक स्टेसन मेनेजर डा.शिवराम तिवारी, नारायणी एफएम कै शोभाकर बुढाथोकी, क्रान्ती साह, स्वास्थ्यकर्मी इन्द्रा लोहनी, एम्बुलेन्स चालक समसुल होदा मियाँ, भाेजपुरी भाषाकाे लागि याेगदान पुर्याएकाे भन्दै नागेन्द्र प्रसाद कानु, कुस्ती तर्फ सुमिर कुमार साह, महिला उधमी गुजेश्वरी गुप्ता, रेडियाेकाे ग्रामीण संवाददाता बिदुर खड्का र हन्ड्रेड ग्रुपलाई सम्मान गरिएकाे थियाे । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...