Date
आइत, साउन २४, २०८३
Sun, August 9, 2026

वीरगंजमा ई–रिक्साहरु व्यवस्थित नहुँदा दिनहुँ ट्राफिक जामको समस्या

spot_img
spot_img

वीरगंज । वीरगंजमा संचालित ई–रिक्साहरुको व्यवस्थापन हुन नसक्दा वीरगंजबासी सधैं ट्राफिक जामको समस्या झेल्नु परेको छ । जथाभावी ई–रिक्सा पार्किङ्ग, रोडमै रोकी सवारी ओलार्ने, चढाउने गर्नाले वीरगंज महानगर अस्तव्यस्त हुनुका साथैं दिनहुँ जामको समस्या झेल्नु परेको छ ।

ई–रिक्सा संचालनको लागि कुनै किसिमको मापदण्ड पनि बन्न नसकेकोले युवादेखि वृद्धवृद्धा तथा साना साना बालकहरुले पनि ई–रिक्सा चलाउने गरेको छन् । जसको परिणाम वीरगंज बजारमा दिनहुँ ट्राफिक जामको समस्या हुने गरेको छ । सानो उमेरका युवाहरु पनि लाइसेन्स विना ई–रिक्सा चलाई रहेकोले सवारी जामको समस्यादेखि दुर्घटनाको समस्यालाई नित्म्याइ रहेको छ ।

केही दिनदेखि मुख्य सडकमा ट्राफिक जामको समस्यालाई न्यूनीकरण गर्नका लागि ई–रिक्साहरुलाई डाइभर्ट गरिएको छ तर त्यसले मुख्य सडकमा नभई नगरको गल्ली गल्लीमा दिनहुँ जामको समस्या उत्पन्न हुने गरेको छ । घण्टाघरदेखि दक्षिणतर्फ जाने ई–रिक्साहरुलाई मिनाबजार, कुम्हालटोल हुँदै वीर्तासम्म पुग्नको लागि डाइभर्ट गरिएको छ भने वीर्तादेखि उत्तर घण्टाघर तर्फ आउने ई–रिक्साहरुलाई अलखियामठ, कैलाशचोक हुँदै घडिअर्वा गीता मन्दिरदेखि डाइभर्ट गरेर सिधै पानगल्ली हुँदै घण्टाघरसम्म पुग्नको लागि डाइभर्ट गरिएको छ ।

मुख्य सडकबाट डाइभर्ट गरेर महानगरको गल्ली हुँदै ई–रिक्साहरुलाई डाइभर्ट गरिएको छ तर त्यो व्यवस्थित नहुँदा मुख्य सडकमा नभई अब दिनहुँ गल्ली गल्लीमा जाम लाग्ने गरेको छ । वीरगंज महानगरलाई ई–रिक्साले अस्त व्यस्त बनाएको चौतर्फि रुपमा दबाब आउन थालेपछि विगत दुई वर्ष अघि लाइसेन्स विनाको ई–रिक्सा चलाउनेलाई कारवाहीको प्रक्रिया अगाडि बढाइएको थियो तर त्यो कार्यान्वय हुन नसक्दा अहिले पुनः वीरगंजमा ई–रिक्साहरुको विगविगी भएको छ ।

नेपाल सरकारले मुलुकलाई प्रदूषणमुक्त बनाउनका लागि ई–रिक्सा भित्र्याएको थियो तर जथाभावी रुपमा वीरगंजमा क्षमताभन्दा बढि ई–रिक्साहरु संचालनमा आएपछि अहिले महानगरको कुना कप्चामा पनि ट्राफिक जाम लाग्ने गरेको छ । जुन अहिले ट्राफिक प्रहरीहरुलाई व्यवस्थित गर्न धौ धौ परि रहेको छ ।

वीरगंजमा ई–रिक्सा भित्र्याउने अवस्थामा वीमनपा र यातायात व्यवस्था कार्यालय एवं जिल्ला ट्राफिक प्रहरी कार्यालयसँग महानगरमा ३ सय र थप १ सय ५० गरि ४ सय ५० ई-रिक्सा भित्र्याउने सहमति भएको थियो । तर विस्तारै विस्तारै मादपण्ड नभएको मौका छोप्दै अहिले वीरगंज महानगरमा ५ हजार भन्दा बढिको हाराहारीमा ई–रिक्साहरु संचालनमा छन् ।

वीरगंज महानगरपालिका कार्यालयमा ३ सय ३९ वटा ई-रिक्साहरु मात्रै दर्ता भएका छन् भने ९० प्रतिशत भन्दा बढि ई–रिक्साहरु मापदण्ड विपरित संचालनमा छन् । यातायात व्यवस्था कार्यालयले ई–रिक्सा चालकको लाइसेन्स लिनको लागि विगतमा २ पटक फारम खोलेतापनि चालकहरु अटेर गरि लाइसेन्सको फारम समेत भर्दैनन् ।

यातायात कार्यालयबाट अहिलेसम्म १ सय देखि १५० जनाले मात्रै लाइसेन्स प्राप्त गरेका छन् । विगत लामो समयदेखि ई–रिक्सालाई मापदण्ड भित्र ल्याउने महानगरपालिकाले प्रयास गरेपनि त्यो कार्यान्वयन हुन सकेको छैन । महानगरपालिकाले वीरगंजमा संचालित ई–रिक्साहरुलाई मापदण्ड भित्र ल्याउनका लागि १० वटा रुट निर्धारण गरिएको छ । तर धेरै जसाेले त्याे रुटकाे पालना समेत गरेकाे पाइदैन् ।

अर्कोतर्फ दररेट कायम गर्नका लागि ई–रिक्सा संचालक समितिका पदाधिकारीहरुसँग दररेट माग गरिएकोमा हालसम्म कसैले ल्याएर नदिएको महानगरपालिकाको भनाई छ । रुट कायम भएपनि कार्यान्वयन हुन नसक्नु र दररेट कायम हुन नसकेको कारण ई–रिक्सा चालकहरुले उपभोक्तासँग मनोमानी रुपमा भाडा असुली रहेका छन् ।

वीरगंज बजारमा मात्रै आवत जावत गर्नका लागि उपभोक्तासँगै कसैले २० रुपैया लिने गरेको छ भने कसैले २५, ३० रुपैयासम्म लिने गरेका छन् । महानगरपालिको ई–रिक्सा व्यवस्थापनको लागि मापदण्ड बनाउन कुनै गृहकार्य नै गर्न सकेको छैन ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजको मुख्य सडक विस्तार अभियान, अव ६० संरचना हटाउन मात्र बाँकी

वीरगंज । त्रिभुवन राजमार्गअन्तर्गत वीरगंजको मुख्य सडकको दायाँ–बायाँ २५/२५ मिटर क्षेत्र खाली गराउने अभियान अन्तिम चरणमा पुगेको छ । सडक डिभिजन कार्यालय हेटौंडाले थालेको...

नयाँ आर्थिक वर्ष र नयाँ प्रहरी नेतृत्व आए पनि रोकिएन कवाडी करको नाममा अवैध असुली

वीरगंज । नयाँ आर्थिक वर्ष सुरु भएसँगै पर्सा प्रहरीले नयाँ नेतृत्व पाए पनि त्रिभुवन राजमार्गअन्तर्गत ड्राइपोर्ट–परवानीपुर सडकखण्डमा कवाडी करको नाममा हुँदै आएको अवैध असुली...

सर्वस्वहरण भएको लोकतन्त्र स्थापित गर्न मोर्चा बनाएका हौं, सहकार्य लामो जान्छ : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेपालमा लोकतन्त्रको सवलीकरण नभई ‘सर्वस्वहरण’ भएको दाबी गर्दै वास्तविक लोकतन्त्र स्थापना गर्न...